Saturday, June 22, 2013

फेसबुकको नयाँ काम

त्यसो त फेसबुक र यसका संस्थापक ‌ मार्क जुकरबर्ग   लाई प्रयोगकर्ताले जे गर्दा सजिलो र रुचीकर हुन्छ त्यो गर्ने खालको मान्छे मानिदैन । यिनी प्रयोगकर्तालाई जे सजिलो हुन्छ त्यसो गर्न भन्दा आफुले गरेको काममा प्रायोगकर्तालाई बानी पार्न खप्पीस छन । त्यसैले फेसबुकमा सानातिना जे फेरबदल हुन्छ पहिले योसको नकारात्मक चर्चा शुरु हुन्छ , अनि प्रयोगकर्ता बानी पर्छन त्यस पछी अरु वेबसाईटहरु पनि त्यसको सिको गर्छन । यसै हप्ता पनि फेसबुकले आफ्नो मातहतका एप्लीकेशनहरुमा केही परिमार्जन गरेको छ जस्तो फेसबुक स्टाटसमा ह्यासट्याग राख्न पाईने , कमेन्टमा पनि फोटो राख्न पाईने र ईन्सटाग्राममा भिडीयो सेयर गर्न पाईने आदी ।


ह्यासट्याग :  चर्चित माईक्रो ब्लगिङ्ग वेबसाईट ट्वीटरको सिको गर्दै फेसबुकले पनि ह्यासट्यास सर्चको सुबिधा प्रयोगमा ल्याएको छ । त्यसो त यसको प्रयोग ट्वीटरमा मात्र हैन ईन्स्टाग्राम, लिङ्कदिन, पिन्टरेष्ट आदीमा पनि गरीन्छ  तर फेसबुकले यसको प्रयोग शुरु गरे सँगै प्रयोगकर्ताहरु बिच यसको प्रयोग बहुआयमिक र अन्तर्कृयात्मक रुपले गरीने अनुमान गरीएको छ ।  जस्तो कि कसैले कुनै चर्चामा रहेको बिषयको बारेमा ह्यास ट्याग दिए स्टाटस अपडेट गर्यो भने सो स्टाटस ह्यासट्याग सर्च गर्नेहरुले भेटन सक्नेछन र सो विषयको बारेमा उनिहरुले आफ्नो धारणा राख्न सक्नेछन । यस्तोमा समान बिचार भएका प्रयोगकर्ताहरु बिच मित्रताको अवसर सिर्जना हुनेछ भने आफ्नै सर्कलमा भएका साथीहरु बिच कुनै बिषयमा गरमागरम बहस हुन सक्छ । यसको सबभन्दा रमाईलो प्रयोग चाही म यहाँ छु त्यहाँ छु भनेर स्टाटस अपडेट गर्नेहरुले ह्यासट्याग दिएर स्टाटस अपडेट गरेको खण्डमा आफ्नो सर्कलमा रहेका फेसबुक साथीहरुलाई सो स्थानमा भेट्न सक्नेछन । स्मरण रहोस , ह्यासट्याग बाट स्टाटस अपडेट गर्दा सो स्टाटस सर्च गर्न मिले पनि युजरको प्राईभेसी सेटिङ्गमा कुनै असर पर्दैन । तपाईको स्टाटस जस जसलाई हेर्न मिल्ने बनाउनु भएको छ तिनीहरुले मात्र हेर्न सक्छ । यही फिचरकै कारणले नयाँ मान्छेले हेर्न पाउछ भन्ने हैन ।

फोटो कमेन्ट : अब तपाईले कसैको स्टाटसमा फोटो अपलोड गरेर कमेन्ट गर्न सक्नु हुन्छ । यसको लागी तपाईले कमेन्ट लेख्ने ठाँउको दाहिने तर्फ एउटा क्यामराको आईकन देख्न सक्नु हुन्छ जहाँ क्लीक गरेर कमेन्टमा फोटो अपलोड गर्न सकिन्छ । हाल सबै फेसबुक प्रयोकर्ताको वालमा यो सुबिधा नदेखीएको भए पनि प्रयोगकर्ताहरुको लागी यो फिचर उपयोगी हुने अनुमान गरीएको छ । साधरणतय स्टाटसमा र कमेन्टमा सिलसिलेवार अन्तर्कृया हुने गरेको भए पनि कुराकानीको क्रममा कसैले तस्वीर सहित आफ्नो धारण राख्न चाहेको खण्डमा यो सुबिधा प्रयोगमा आऊनु अगाडी सो सम्भव थिएन । यसको प्रयोग त्यस प्रकारको अवश्थामा प्रयोगकर्ताहरुको लागी उपयोगी हुने अनुमान गरीएको छ ।

भिडीयो सेयरिङ्ग : फेसबुकले विश्वप्रसिद्द फोटो सेयरिङ्ग एप्लीकेशन ईन्स्टाग्राम खरिद गरेको लगत्तै जस्तो  ट्वीटरले इन्स्टाग्रामको फोटोहरु त्यसको टाईमलाईनमा ईम्बेड भएर नआउने बनाएको थियो । प्रयोकर्ताले ट्वीटरको यो कदम खासै रुचाएका थिएनन तर पनि अझै ट्वीटरमा ईन्सटाग्रामका फोटो एक्सटरनल लिङ्कको रुपमा देखा पर्दछ । फेसबुक र ट्वीटर प्रयोगकर्ताको संख्याको आधारमा सोझो प्रतिष्टपर्धी नभए पनि यसको किसीमको टकराव घरीघरी देखीने गर्दछ । जस्तो कि तपाई ट्वीटरमा भिडीयो सेयरिङ्ग गर्न सक्नुन्छ जुन फेसबुकमा धेरै पहिले गर्न सक्नुहुन्थयो तर अहिले फेसबुकले यस काममा बाजी मारेको छ । फेसबुक प्रयोगकर्ताहरुले ईन्सटाग्राममा १५ सेकेन्ड सम्मको भिडीञो सेयरिङ्ग गर्न सक्दछन । ईन्स्टाग्राममा फोटोमा जस्तै तपाई भिडियोमा पनि कलर ईफेक्ट हाल्न सक्नु हुन्छ । त्यसैले पनि भनिरहन पर्दैन ईन्स्टाग्रामको फोटो मन पराउने प्रयोगर्ताहरुको लागि यो सुबिधा अन्य बैकल्पीक एप्लीकेनको प्रयोग बन्द गर्ने अवसर हो ।
 यो लेख २०७० असार ९ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस