Sunday, June 16, 2013

मैले घुस दिए

आजभोली चियापसल देखी पाँच तारे होटल सम्म घुस खुवाएको खाएको कुरा हुन्छ तर यसको कारण र सो कार्यमा संलग्नहरुलाई सजाय वा मनौबैज्ञानिक दबाब दिएर हतोत्साही गर्न कसैको ध्यान गएको छैन । साधरणतया घुस खाने र ख्वाउने काम कुनै लेखापढी वा टिपोट गरेर नगरिने हुनाले मर्कामा परेको ब्यक्तीहरु पनि कानुनको साहारामा जान सक्दैनन । कानुनले खोज्ने प्रमाण तिनीहरु सँग हुदैन । प्रमाण राखेर घुस दिनेहरु दोहोरो मारमा पर्ने गरेका छन ।

हाम्रो देश नेपाल मात्र हैन नेपाल जस्ता अल्पविकसित र बिकासोन्मुख देशहरुको पनि मुख्य समस्या भनेको भ्रष्ट्रचार पनि एक हो । अझ सरकारी , अर्धसरकारी कर्मचारीहरु स्वयको कार्यशैलिको कारणले जनमानसमा होससेलमा अलोकप्रिय हुने गरेका छन ।  ब्यक्तीगत कुण्ठा र आक्रोश पनि समस्त कर्मचारीतन्त्रलाई एउटै बाकसमा हालेर बदनाम गर्नको लागी एउटा कारण हुन सक्छ तर सर्वसाधरणले प्रत्यक्ष काम लिनु पर्ने अड्डाका कर्मचारीहरु भन्ने बित्तिकै घुस्याहा सोच्ने समाजको बिकास हुन लागेको छ । यस्तो अवश्थामा सर्वसाधरणको यस किसीमको नकारात्मक धारणा परिवर्तन गर्नको लागी न स्वयं कर्मचारीतन्त्र अग्रसर छन न समन्धीत निकायले सरोकारवालाहरुलाई आश्वस्त पार्न सकेको छ ।
यसै परिप्रेक्ष्यमा काठमाण्डौमा रहेर सुचना प्रविधीको क्षेत्रमा काम गरी रहेका +Vivek Bhusal  ‌ र +Suman Humagain  लगायत केही युवाहरुले सामुहिक रुपमा एक वेबसाईटको निर्माण गरेका छन । अनौपचारिक रुपमा “मुभमेन्ट नेपाल” नाम दिएर समाजमा ब्याप्त बिकृती बिसंगती कम गर्न लागी परेका ति युवाहरुको आईपेडअब्राईब नामको वेबसाईट स्वंय आफैले भोगेको विसंगतीको परिणती पनि हो ।  उक्त वेवसाईटमा उनिहहरुले तपाईले कहिले , कहाँ , कुन कार्यलयमा कसरी घुस ख्वाउनु भो रिपोर्ट गर्न सक्ने ब्यबश्था गरेका छन । यस वेबसाईटलाई तपाई एन्ड्रोईड मोबाईलमा एन्ड्रोईड एप्लीकेशनको रुपमा पनि जडान गर्न सक्नु हुन्छ । यस वेबसाईट निर्माण गर्ने समुहका अगुवा बिशाल भुसालका अनुसार वेबसाईटमा राखेकै भरमा भ्रष्ट्रचार कम हुन्छ भन्ने हैन तर यसले सरोकारवालाहरुलाई जिम्मेवार र सजग चाही बनाउछ भन्ने चाँही हो । उनका अनुसार उक्त वेबसाईटमा तपाई आफुले घुस दिनु पर्नाको कारण लाई एउटा घटानाको रुपमा उल्लेख गरेर रिपोर्ट गर्न सक्नु हुन्छ । जुन सोही किसमीको काम गराउनु पर्नेहरुको लागि मार्गदर्शन हुन सक्दछ ।

परिक्षणको रुपमा रहेको यस वेबसाईटमा अहिले तपाई आफूले घुस ख्वाउनु भएको कारण रकम,  कार्यलय र सो कार्यलय रहेको जिल्ला सम्म तोक्न सक्नुहुन्छ बाँकी कुरा ब्यबहार घटनाले बताउछ । एउटै संस्था भित्रपनि घुस खाने र नखाने कर्मचारी हुन्छन कार्यलयको नाम तोकिदा बाँकी रहेका ईमान्दार कर्मचारीको पुग्ने चोटको बारेमा भने भुसालको धारण यस्तो छ – ब्यक्तीमा आफ्नो दायित्व र ईमान्दारीताको अंश जिवीत रहोस भन्ने हाम्रो कामना हो । रिपोर्ट गर्नेहरुले पनि समाजमा ब्याप्त बिकृतीलाई कम गर्ने अभियानमा साथ पुगोस भन्ने अभिप्रायले गलत कुरा रिपोर्टिङ्ग गर्दैन र रिपोर्टिङ्ग भएका कार्यलयका ईमान्दार कर्मचारीले पनि भ्रष्ट्राचार हुने गरेकै भए सो रोक्न आ आफ्नो तहबाट पहल गरुन भन्ने हाम्रो धारणा हो । घुस खानु , खुवाउनु मात्र हैन खाएको देखी देखी सो रोक्न पहल नगर्नु पनि एक किसीमको सजायको भागीदार हुनु हो । र मुख्य कुरा कसैल रिपोर्ट गरेकै भरमा सोझै सो कुरा पब्लिस हुदैन । आवशयकता अनुसार सो को अध्ययन पनि हुन्छ । घटना संवेदनशिल भएको खण्डमा रिपोर्ट गर्ने ब्यक्तीलाई सोझै सम्पर्क पनि गरिन्छ ।

त्यसो त घुस ख्वाएको बिबरण पर्दाफास गर्ने यो वेबसाईट र यसको कन्सेप्ट कँही कतै नभएको कन्सेप्ट भने हैन । छिमेकी भारतमै पनि आईपेडब्राईब डट कम भन्ने वेबसाईट छ जसमा तपाई घुस ख्वाएको कुरा मात्र हैन घुस खुवाउने कर्माचारीकै सर्कलमा कसैले गरेको उदारणिय काम , सहयोग शेयर गर्न सक्नु हुन्छ । अंकमा भन्दा नेपालमा भन्दा भारतमा भ्रष्ट्रचार ठुलो हुने गरेको छ । त्यसैले त्यहाँ आईपेडब्राईब लगायतका कन्जुमर कम्लेनका वेबसाइटहरु प्रसस्त छन । हामीकहा घुसा खाने लाई उजुरि गर्ने भरपर्दो निकाय नभएको कारणले ख्वाउनेहरु पनि दुईचार दिन गनगन गर्ने बाहेक केही हुन्न तर यस वेबसाईटले यस किसीमको प्रवृती हतोत्साही गर्ने अनुमान गरिएको छ । 
यो लेख मिती २०७० असार २ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस