Tuesday, June 4, 2013

अनलाईन फोटो स्टोरेज

आजभोली अलि गतिला स्मार्टफोन देखी डिजीटल क्यामरा सम्मले जो कोहीलाई फोटोग्राफर बनाई दिएको छ । फोटोग्रीफीमा साधारण ज्ञान भएकाहरु पनि साधरण अवश्थालाई असाधरण तरिकाले क्यामरामा कैद गरेर आफ्नो क्रियटीभिटीको परिक्षण गर्दछन । केही वर्ष अगाडी सम्म म्यानुवल क्यामरा चलाउदा मान्छेहरु रोजेर र सोचेर फोटो खिच्थे किनभने त्यसले क्यमराको रिल मात्र नाश गर्दैन थियो त्यसलाई धुलाएर फोटो निकाल्न पनि फेरी पैसा खर्च गर्नु पर्दथ्यो । तर अहिलेको डिजीटल फोटोग्राफीको जमानामा ठ्याक्कै त्यस्तो अवश्था छैन । मन लागेको अवश्थामा फोटो जती पनि खिच्न सकिन्छ तर यसको भण्डारण ठुलो चुनौती भएर रहेको छ । हुनलाई यो चुनौती तपाई हाम्रो मात्र हैन विश्वब्यापी समस्या हो । गत हप्ता मात्र याहु को फोटो भण्डारण गर्ने वेबसाईट फिल्करले १ हजार गिगाबाईट सम्मको फोटो निशुल्क भण्डारण गर्ने सुबिधा दिएको छ । याहुको फिल्कर मात्र हैन गुगलको पिकासा पनि फोटो भण्डारणको लागी कहलिएको वेबसाईट हो । आउनुसहोस यि र यस्तै केही अन्य वेबसाईट बारे चर्चा गरौ ।


फिल्कर  : विश्व प्रसिद्द ईन्टरनेट कम्पनी याहुको स्वामित्वमा रहेको यस वेबसाईटले गत हप्ता देखी १ टेराबाईट सम्मको फोटो निशुल्क भण्डारण गर्ने सुबिधा दिन थालेको छ । यसमा हाल प्रचलनमा रहेको सात मेगापिक्सल क्षमताको स्मार्टफोन वा डिजीटल क्यामराले खिचेका झण्डै पाँच लाख फोटो भण्डारण गर्न सकिन्छ । सर्वसाधरणको लागी यती फोटो खिचेर अपलोड गर्नु अलि अलि अस्वभाविक देखीन्छ तर ब्यबसायीक फोटोग्राफरहरुले याहु आईडी प्रयोग गरेर यसको उचित उपयोग गर्न सक्दछन । फिल्करको उल्लेखनिय अन्य बिशेशतामा स्मार्टफोनको लागी तयार गरीएको एप्लीकेशनको साहायताले वेबमा सोझै अपलोड गर्ने मिल्ने सुबिधा र यसमा भण्डारण गरेका फोटोहरुको गोपनियता हो । यसमा तपाईले साना साना भिडीयो पनि अपलोड गरेर राख्न सक्नु हुन्छ

पिकासा  : डेक्सटप कम्प्युटरमा एप्लीकेशन ईन्सटल गरेर समेत वेबमा फोटो अपलोड गर्न मिल्ने यस
साईटको स्वामित्व गुगलमा रहेको छ । फिल्करको जस्तै यसको पनि स्मार्टफोनमा प्रयोग गर्न मिल्ने एपलीकेशन हरु छन । यसमा १ गिगाबाईट सम्मका फोटोहरु निशुल्क अपलोड गर्न सकिन्छ । फिल्करको तुलनमा यसको भण्डारण क्षमता ज्यादै न्युन देखीए पनि पिकासको लागी गुगलले १ गिगाबाईट क्षमताको ईमेल सेवा शुरु गर्दा हटमेल, याहु जस्ता कम्पनीलाई जस्तो मनोबैज्ञानिक दबाब परेको थियो त्यस्तै अवश्था हो । यसै पनि फिल्करले आफ्नो भण्डारण क्षमता बृदी गरेको धेरे भएको छैन ।

स्मगमग  : अनलाईन भुक्तानी गर्ने समस्या वा निशुल्क उपलब्ध बिकल्पहरुले चित्त बुझाई रहेकोले हुन सक्छ यसलाई नेपाली प्रयोगकर्ताहरुले साखै प्रयोग गरेको देखीदैन तर विश्व बजारमा ब्यबसायीक फोटग्राफरहरुले आफ्नो फोटो भण्डारण गर्न रुचाएको वेबसाईटहरु मध्ये यो पनि अग्रपङ्गतीमा पर्दछन । यसमा ग्राहक बन्नको लागि कम्तीमा बार्षिक चालिस अमेरिकी डलर भुक्तान गर्नु पर्दछ तर जती पनि फोटो भण्डारण गर्न सकिन्छ । यस साईटमा उल्लेख भए अनुसार यसका तिनलाख भन्दा बढी प्रयोगकर्ता छन ।

फोटोबकेट : यस साईटमा विश्वभरीका प्रयोगकर्ताहरुले दश अर्ब भन्दा फोटो भण्डारण भण्डारण गरेको छ
भनिन्छ । यस तथ्यलाई आधारमान्दा पनि यसको लोकप्रियता आंकलन गर्न सकिन्छ । यसमा निश्चीत क्षमताका असंख्या फोटो भण्डारण गर्न सकिन्छ भने यसलाई फेसबुक जस्ता सामाजिक सञ्जाल  वेबसाईटहरुमा पनि जडान गरेर प्रयोग गर्न सकिन्छ । यस वेबसाईटमा अनलाईन फोटो एडिटिंङ्ग गर्ने सुबिधा समेत रहेको छ ।

माथीको लिष्टमा ईन्टाग्राम, फेसबुक जस्ता वेबसाईटहरुलाई समावेश नगरिनुका कारण मुलत: यि साईटहरु फोटो स्टोरेज गरेर राख्ने अभिप्रायले सञ्चालनमा रहेका हैनन भनिन्छ । यि  साईटहरुलाई फोटो शेयरीङ्ग गर्ने सामाजिक सञ्जाल वेबसाईट भन्न सकिन्छ  तर नेपली प्रयोगकर्ताहरुको बानी हेर्ने हो भने फोटो स्टोरेज गर्ने वेसाईटहरुमा फेसबुक १ नम्बरमा देखीन्छ ।  फेसबुकमा अपलोड गरीएका फोटोहरु अपलोड भै सक्दा यसको गुणस्तरमा कमी आई सकेको हुन्छ र यसमा अपलोड गरीएका फोटो कसलाई हेर्न दिने कसलाई हेर्न नदिने भन्ने सेटिङ्ग नमिलाउने हो भने यसको दुरुपयोग हुने सम्भावना प्रवल रहन्छ तर माथी उल्लेख गरीएका वेबसाईटहरु मुलत: फोटो स्टोरेज गर्नकै लागी निर्माण गरीएका हुनाले यी साईटहरु युजरफ्रेण्डली र गोपनियता र गुणस्तरको हकमा अगाडी छन ।  यसैले तपाई आफुले रोजेर माथीको कुनै पनि वेबसाइटमा फोटो भण्डारण गरेर राख्न सक्नु हुन्छ ।
यो लेख मिती २०७० जेठ १९ गतेको ब्लाष्टमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।