Sunday, August 25, 2013

बिश्वब्यापी ईन्टरनेट सेवा बिस्तारका प्रयासहरु

विश्व ईन्टरनेट बजारको आधा भन्दा बढी हिस्सा ओगटेका गुगल, फेसबुक , अमेजन जस्ता ईन्टरनेट कम्पनीहरु प्रयोगकर्ता बढाउन आफै ईन्टरनेट बाढ्न लागी परेका छन ।  ईन्टरनेटमा रमाईरहेका विश्वको कुल जनसंख्याको एक तिहाई जनसंख्या र गाँस बाँस कपासको लागी संघर्ष गरी रहेका दुई तिहाई जनसंख्या बिचको प्रविधी पहुँचको खाडल पुर्न केही सघाउ पुगोस भनेर लागी परेका ति कम्पनीहरुको योजना भने केही महत्वाकांक्षी देखीन्छ ।  स्वाभावैले नाफाको लागी सञ्चालनमा रहेका ति वेबसाईटहरुको पहिलो प्राथमिकता नेपाल जस्ता बिकासोन्मुख देशहरु भने हैनन । भलै यो परियोजनामा अल्पबिकसीत देशहरुमा रहेका केही संम्भावित प्रयोगकर्ताको सम्भावना प्रति लक्ष्यीत देखाईएको होस तर  प्रारम्भैमा बिकसीत देशका पोटेन्सीयल युजर जहाँ ईन्टरसनेट बिस्तार गर्न खासै ठुलो लगानी र पुर्वाधारको निर्माण गर्नु पर्दैन त्यता तिर तिनीहरुले ध्यान बढाएको पाईन्छ ।

गुगल लुन परियोजना

विश्वप्रसिद्द ईन्टरनेट जायन्ट कम्पनी गुगलले गुगल लुन परियोजना अन्तर्गत  करिब २० किलोमिटर उचाई सम्म हावाको दिशामा उड्न सक्ने  सोलार एनर्जी जडान गरीएको बेलुन न्युजिल्यान्डको साउथ आइल्यान्डस्थित क्राइस्टचर्च बाट परिक्षणको लागी छोडेको छ । यसले  पृथ्वीमा रहेको बेस स्टेसनमा जोडिएर पश्चिमबाट पूर्वतिरको दिशामा उड्दै आफ्नो वरिपरि इन्टरनेट सेवा उपलब्ध गराउँछ जसलाई प्रयोगकर्ताले घरको एन्टिनामार्फत डिभाइसमा कनेक्सन गरेर प्रयोग गर्न सक्दछन । बेलुनमा जोडिएको जीपीएस सिस्टमले यसको सही स्थिति बताउने जानकारी दिईएको छ । परिक्षणको लागी बिभिन्न ठाँउबाट करिब ३० वटा बेलुन छोडीएको छ भने गुगलले यसको प्रभाव मुल्याङ्क गरेर थप स्थानमा सेवा बिस्तार गर्ने जनाएको छ । गुगलको यस परियोजनाले नेपाल जस्तो बिकासोन्मुख देशका प्रयोगकर्ताहरुलाई के सहयोग पुग्छ त भन्ने हो भने परियोजना पुर्ण सफल भयो भने नाम्चे देखी केचनाकलन सम्म ईन्टरनेट  छ्यासछ्यास्ती हुन सक्दछ । पुर्ण सफल हुन नसकेको अवश्थामा गुगल लुन पनि नेपाली ईन्टरनेट प्रयोगकर्ताहरुको लागगी गुगलको अन्य असफल परियोजना जस्तै एक हुनेछ ।

ईन्टरनेट डट ओआरजी

सिलीकन भ्यालीका सेलीब्रेटी गिक मार्क जुकरबर्गले नेतृत्व गरेको यस परियोजनामा नोकिया, सामसुङ, क्वालकम, एरिक्सन, ओपेरा  जस्ता ठुला ठुला कम्पनीहरुले पनि साथ दिएका छन तर यसको परियोजना महत्वाकांक्षी देखीन्छ । ईन्टरनेट चलाउन नपाएका विश्वको कुल जनसंख्याको ४ अर्ब सम्भावीत प्रयोगकर्तालाई ईन्टरनेट सञ्जालमा समावेश गराउन लक्ष्य छ ।  परियोजनाको आधिकारीक वेबसाईटमा यसलाई प्रविधीको क्षेत्रमा काम गरी रहेका स्थानीय बिज्ञहरु संगको सहकार्यमा काम अगाडी बढाईने बताईएको छ । यसमा गुगलले जस्तो बेलुन उडाएर ईन्टरनेट दिन वा अमेजनले जस्तो ईन्टरनेटको वायरलेस सिग्नल छोडि दिएर ईन्टरनेट चलाउने कुरा त छैन तर पनि गाँस बाँस र कपास सँग जुधिरहेका विश्वका एक तिहाई जनसंख्यालाई कसरी कमप्युटर वा ईन्टरनेट चलाउने स्मार्टफोनट बानी पार्ने त्यो ठुलो समस्या हो । नेपालको कुरा गर्ने हो भने यही परियोजना को नाममा आँउदा केही वर्षमा साना तिना गतीविधीका समाचार सुन्नु होला । तर जुकरवर्गले भने जस्तो नेपालीहरु पनि कनेक्टिभिटी इज अ ह्युमन राइट भन्दै ईन्टरनेट चलाएर बस्लान भन्न सकिन्न  किन भने यसको लागी अझ धेरै गर्नु छ ।

अमेजन वायरलेस

गुगल लुन र ईन्टरनेट डट ओआरजी प्रोजेक्टको चर्चा चलीरहेको बेला प्रसिद्द ई-कमर्स वेबसाईट अमेजनले पनि आफ्नै वायरलेस नेटवर्क फैलाउने कुरा अगाडी आएको छ । ब्लुमबर्ग डट कम का अनुसार अमेजनले गोप्य रुपमा ग्लोबल स्टार नामक सेटलाईट कम्पनी सँगको मिलेर आफ्नै अमेजन वायरलेस नेटवर्कको परिक्षण गरेको छ । कम्पनीले आधीकारीक रुपमा गुगल लुन वा ईन्टरनेट डट ओआरजी जस्तो ईन्टरनेट सेवा बिस्तार गर्ने परियोजनाको रुपमा यसलाई प्रष्ट्याएका नभए पनि यसै क्षेत्रमा काम गरीरहेका बिज्ञहरुले त्यसको सम्भावान प्रचुर देखेका छन । यसै पनि अमेजन ईकमर्स साईट भै कन पनि प्रविधीको क्षेत्रमा किन्डल जस्ता ईबुक रिडरहरुलाई बेचेर प्रविधी को क्षेत्रमा केही गर्न लागी परेको कम्पनी हो ।

तर नेपालको लागी अमेजनको वेबसाईटमा राखीएको प्रोडक्ट होस वा वायरलेस सिग्नलको पहुँच धेरै टाढाको कुरा हो किनभने ईन्टरनेट डट ओआरजीका केही प्रोजेक्टहरु ईन्टरनेटको क्षेत्रमा लागी परेका केही ब्यक्तिहरुले हात पार्लान , केही काम पनि गर्लान तर गुगल (बे)लुन नेपाली आकाशमा उड्नको लागी गुगलको यो परियोजना सफल हुनु पर्दछ भने नेपालमा अनलाईन ट्रान्जेक्सनको सुबिधाको नभएको हुनाले नेपाल बाट धेरै न्युन प्रयोग कर्ता रहेको अमेजनले नेपालमा कुनै दिन वायरलेस नेटवर्क बिस्तार गर्छ  भनेर अमेजन आफैले पनि सोचेको छैन होला