Wednesday, August 21, 2013

IOM Entrance Exam को Online Form

कुनै जागिरको लागी होस वा कुनै विश्व बिध्यालयमा परिक्षाको लागी होस , आफुले भरेको आवेदन फारमको गोपनियता बारेमा तपाईको धारणा के छ ? साधारणतय कुनै पनि आवेदन फारममा कुनै पनि ब्यक्तीको ब्यक्तीगर बिबरण समेटिएको हुन्छ जसम उसको पिताको नाम देखि उसको ईमेल ठेगाना , सम्पर्क फोन नम्बर , ईमेल ठेगाना उल्लेख गरिएको हुन्छ जसलाई कसैले गोप्य रहनु पर्छ भन्ने ठान्दछन भने कसैले त्यसको गोपनियतालाई बेवास्ता गर्छन । तर ईन्टरनेटको कुरा गर्ने हो भने कसैले पनि भरेको अनलाईन फर्मलाई कुनै पनि अवश्थामा गोप्य राख्नु पर्छ भन्ने मान्यता राखीन्छ ।

तर त्रिभुवन बिश्वबिध्यालय अन्तर्गत "ईन्सीच्युट अफ मेडीसिन (IOM)" को कुरा गर्नु हुन्छ भने त्यसले लिने प्रवेश परिक्षामा सहभागीहरुको अनलाईन फारम सजिलै एक्सेस गर्न सकिन्छ । यसको लागी थोरै अक्कल लगाए हुन्छ । जस्तो कि आईओएम अन्तर्गतको स्नातक तहको कुनै पनि परिक्षामा सहभागी हुनेहरुको पुरै ब्यक्तीगत बिबरण, मोबाईल नम्बर, ईमेल ठेगाना, नागरिकता नम्बर, उसले प्लस टु वा सो सरहको परिक्षमा प्राप्त गरेको प्राप्ताङ्क आदी थाहा पाउन सकिन्छ । आईओएमको यस्तो भद्रगोल अनलाईन सिस्टमको फाईदा उठाएको कुनै परिक्षाको ब्यक्तीगत बिबरण , फोटो आदीलाई कसैले दुरुपयोग चाँही नगरीदियोस । अहिले लाई त्यो डाटा कसरि एक्सेस गर्ने त्यो चाही जानौ ।

हाल सञ्चालन हुन गैरहेको (BN (Psychiatric Nursing),  BN (Community Health Nursing),    Bachelor of Science in Medical Imaging Technology (B.Sc.MIT), Bachelor in Science in Medical Laboratory Technology (BSc.MLT),  Bachelor in Public Health (BPH), Bachelor of Ayurvedic Medicine & Surgery (BAMS),     Bachelor of Ayurvedic Medicine & Surgery (BAMS), Bachelor of Pharmacy (B. Pharm), Bachelor in Dental Surgery (BDS), Bachelor of Science in Nursing (B.Sc. Nursing), Bachelor of Science in Nursing (B.Sc. Nursing), Bachelor of Optometry (B.Optom), Bachelor in Audiology & Speech Language Pathology (BASLP), Bachelor of Medicine & Bachelor of Surgery (MBBS))  कोर्षको प्रवेश परिक्षाको परिक्षार्थीको आवेदन फारम एक्सेस गर्ने ठेगाना http://iom.edu.np/bachelor_online/application/applicationprint/id/XXXXX हो । यहाँ दिएको ठेगानामा XXXXX को सट्टमा 10000 देखी शुरु हुने र 11000 भन्दा मुनिको (यो अँक परिक्षार्थीको संख्यामा भर पर्दछ ) राख्नुहोस । जो सुकैको अनलाई फारम एक्सेस गर्न सकिन्छ ।

अझ IOM मा फारम भर्ने सबै परिक्षार्थीको फोटो एकै पटक हेर्न मन लागेको भए यहाँ क्लीक गर्नुहोस