Sunday, September 15, 2013

ईन्टरनेटमा नेपाली नेताहरु

केन्द्रीय समितीले नेकपा - एमाले चुनावमा होमिने घोषणा गर्दा उसले चुनाव प्रचार प्रसारको लागी सामाजिक सञ्जालका वेबसाईटहरु अत्याधिक प्रयोग गर्ने बताएको थियो ।  भलै नेपालको कुल जनसंख्याको तिन प्रतिशत जनताले ईन्टरनेट चलाउदाँ हुन तर युवा र शहर बजारका भोटब्यांक लाई प्रभावित पार्ने उधेश्यले सञ्चालित राजनैतिक दलहरुको सामाजिक सञ्जाल रणनिती अचम्म लाग्दो छ ।गएको चुनावमै पनि नेपाली काँग्रेसका नेता नरहरी आचार्यले चुनावी प्रयोजनको लागी ब्यक्तीगत वेबसाईट निर्माण गरे । बाबुराम भट्टराईले प्रधानमन्त्री हुने बित्तिकै प्रधानमन्त्री कार्यलयको आधिकारीक सरकारी वेबपेज भन्दा आफ्नो नामको वेबसाईटलाई धेरै अफिसियल बनाई दिए ।
रामचन्द्र पौडेल ले पनि आधिकारीक फेसबुक पेज खोले । भलै उनले उनको वालमा गरीका उनि प्रतिकुल टिप्पणी पचाउन नसकेर फेसबुक नै बन्द गरेका हुन तर उनको सामाजिक सञ्जाल मोह उल्लेखनिय देखीन्छ । यो लहरमा एमालेका नेता रबिन्द्र अधिकारी , प्रदिप नेपाल पनि पर्दछन । काँग्रेस नेता मिनेन्द्र रिजाल , गगन थापा पनि फेसबुकमा सक्रिय रहेका नेताहरु मध्येमा पर्दछन ।  अधिकांश नेताहरुको फेसबुक खाता नियाल्यदा उनिहरु फेसबुकको प्राईभेसी पोलिसीमा मार खाईरहेका देखीन्छन । कयौले आफ्नो ईन्टरनेट अस्तित्व बचाई राख्न फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दै बसी रहेका भैटिन्छन यसो हुनुको मुख्या कारण आफ्नो फेसबुकको वालमा लेखेको स्टाटसमा कस कसले कमेन्ट गर्न सक्ने भन्ने कुरामा उचित ब्यबश्थापन गर्न नसक्दा देशको विध्यमान राजनैतिक अवश्थाबाट निरास केही प्रयोकर्ताको आक्रोस को शिकार भै दिनु हो । यस्तोमा धेरैको अन्तिम बिकल्प आफ्नो खाता डिएक्टीभेट गर्नु भई रहेको छ ।

काँग्रेस नेता नरहरी आचार्य देखि माओवादी अध्यक्ष्य प्रचण्ड सम्मको वेबसाईटको अवश्था मुल्याङ्क गर्दा के देखिन्छ भने राजनैतिक नेताहरु साच्चै ने सुचना प्रविधीको छलाङ्ग देखि उत्साही भएर यसको प्रयोग गरेका हैनन ।  यसवाट ईन्टरनेटमा झुण्डीएर बस्ने शहर बजारकै भए पनि केही सिमीत वर्गलाई प्रभावित पार्न चाहन्छन ।  हुनत सबै नेतहरुमा कम्प्युटर र ईन्टरनेटको राम्रो ज्ञान नहुन पनि सक्छ ।  भएकाहरु सँग समयको ब्यबश्थापन गरेर यसको प्रयोग गर्न यसको ब्यबहारिक अनुकुलता पनि नमिल्दो हो । वेबसाईट निर्माण र यसको उचित सञ्चालन नितान्त प्राबिधिक क्षमता भएकोले त्यसको ज्ञान सबैमा बराबरी नहुन सक्छ ।

फेसबुकमा कसैको (फेसबुक) स्टाटस माथी कसैले कमेन्ट गर्दा त्यो लामो समय सम्म पनि टाईमलाईनको अग्र भागमा देखीन सक्ने भएकोले कुनै स्टाटस माथिको प्रतिकुल टिप्पणी धेरै राजनैतिक ब्यबक्तित्वहरुलाई आफ्नो राजनैतिक मर्यदा जोगाई राख्न अप्ठ्यारो परेको देखीन्छ । यस्तोमा बिकल्प कि सो टिप्पणी मेटाउनु पर्ने वा खाता डिएक्टीभेट गर्नु पर्ने भैदिन्छ  । यती भन्दा पनि फेसबुकको कुरा सकिन्न किन भने अहिले केही राजनैतिक  ब्यक्तित्वहरु एक सय चालिस शब्दमा समेट्नु पर्ने फेसबुकको वाल जस्तो तर फोटोको लिङ्कमा क्लीक नगरुञ्जेल अक्षरमा मात्र देखीने टाईमलाईन जसलाई ट्वीटर भनिन्छ , त्यसमा लागेका छन । ट्वीटरमा अहिले काँग्रेसका रामशरण महत, माओवादीका नेता बाबुराम भट्टराई , नेपाल सदभावना पार्टिका नेतृ सरिता गिरी , राप्रपा नेपालका कमल थापा, नेकपा एमालेका रबिन्द्र अधिकारी आदी सक्रिय छन ।  यि मध्येमा पनि रबिन्द्र अधिकारी लगभग आफ्नो कुरा भन्ने देखि बाहेक दोहोरो सम्बाद गर्दैनन र नियमीत पनि छैनन ।

सरिता गिरीले भगवान गौतम बुद्दको बारेमा गरेको टि्वीटलाई धेरैले स्वीकार गर्न नसक्दा उनि प्रतिकुल गरिएको टिप्पणीबाट आजित भएर यो लेख तयार गर्दाको अवश्था सम्ममा आफ्नो खाता प्रोटेक्ट (फलो नगरी उनको टाईमलाईन हेर्न नमिल्ने गरी राखीएको अवश्था) राखेकी छिन । प्रम हुदाकै ताका पनि बाबुराम भट्टराई आक्कल झुक्कल ट्वीट गरीरहन्थे , उनको जती फलोवर अरुको नेताहरुको थिएन तर पनि उनले ट्वीट आलोचना खप्न सकेनन । आजभोली आफ्नो सोचाई प्रतिकुल टिप्पणी देख्न नपरोस भनी धमाधम ब्लक (आफ्नो टाईमलाईन हेर्न नमिल्ने) गर्न थालेका छन । ट्वीटर चलाउने धेरैलाई थाहा छ एउटा मात्र ट्वीट गरेको मान्छेले समेत बाबुराम भट्टराईलाई फलो गरेको छ ।

नेताहरुको ट्विटर र तिनीहरु सँग पर्ने सर्वसाधरण ट्वीटेको जुहारीको बारेमा थाईल्याण्ड स्थीत ईन्सीच्युट अफ ईन्फर्मेशन टेक्नोलोजीमा पिएडी गर्दै गरेका एकेन्द्र लम्साल भन्छन - ट्वीटर भनेको जङ्गल हो तपाई त्यहाँ ठुलो स्वरले चि्याउने कि अरुको कुरा सुन्ने त्यसमा भर पर्छ । धेरै नेताहरुको सामाजिक सञ्जाल प्रयोग गर्ने शैलि पनि एकेन्द्रले भने झै देखीन्छ - केही नेताहरु दोहोरो सम्वादमा विस्वास राख्छन कोही एकहोरो भाषण छाटेर अलप हुन्छन । आलोचना बाट त अलप हुनेहरु पनि बच्दैनन किन भने ट्विटरको रमाईलो पक्ष के पनि हो भने तपाईको टाईमलाईनमा तपाईले लेखेको देखीन्छ । तपाई सँग गरीने सम्वाद वा तपाईको ट्विट माथीको टिप्पणी देखिन्न र धेरैलाई सर्च गरी गरी कसले कसको बारेमा के भन्यो भनि हेर्ने ईच्छा पनि नहुदो हो । नत्र फेसबुक भन्दा ट्वीटर असहिष्णु देखीन्छ । नेताले चाँही दाँया वाया केही लेख्न हुन्न ट्वीट रिट्वीट हुदै फैलिहाल्छ । अनि शुरु हुन्छ १४० चालिस शब्दको ब्यङ्ग बाण !
यो लेख मिती २०७० भाद्र ३० गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।