Sunday, October 20, 2013

स्मार्ट वाच

अंग्रेजी सिनेमा हेर्ने बानी भए तपाईले कहिले न कहिले जेम्स बण्डका तिलस्मी सिनेमा हेर्नु भएको हुन सक्छ । उनले अभिनय गरेका केही सिनेमामा अकल्पनीय तवरले कैयौ मुस्कील कामहरु उनले लगाएको नाडी घडीले हल गरी दिएको देखाईएको हुन्छ । सिनेमा देखाईएको जस्तो जादु गर्न नसक्ने भए पनि यस्तै प्रकारको बहुआयमिक घडीहरु अहिले मोबाईल कम्पनीदेखी सवारी साधन निर्माता कम्पनी हुदै खेलकुदका सामान उत्पादन गर्ने कम्पनीहरु उत्पादन गर्न लागी परेका छन ।  सोनी, सामसुङ, एप्पल मात्र हैन गुगल पनि स्मार्ट वाच बनाउनेको कम्पनीको लाईनमा लागेको छ ।  खेलकुदका सामान बनाउने एडीडास , नाईक आदी कम्पनीहरुले पनि यस प्रकारको घडी बजारमा ल्याईसकेका छन भने  कार निर्माण गर्ने कम्पनी निसानले पनि यस्तै प्रकारको स्मार्ट घडी बजारमा ल्याएको छ । केही समय अगाडी भारतमै पनि एक सत्र वर्षिय किशोरले यस्तै खालको घडी बनाएका थिए जुन मोबाईलमा चल्ने एन्ड्रोईड अपरेटिङ्ग सिस्टम चल्ने गर्दथ्यो । त्यसले फोनबाट नै ल्यापटप कम्प्युटर अन गर्ने देखी घडीबाटै ईमेल ईन्टेनेट चलाउने आदी काम गर्न सकिन्थो । एन्ड्रोइडली नाम दिइएको उक्त घडीमा ब्लु टुथ, जिपिएस, वाइफाइ तथा क्यामरा लगायतका सुविधा रहेको बताइएको थियो ।
निसान कम्पनीले बताए अनुसार उसले उत्पादन गरेको स्मार्ट घडीले कारचालकको स्वास्थ्य अवस्था ख्याल राख्ने गर्दछ । झट्ट हेर्दा अन्य  स्मार्ट घडी जस्तै  देखिने उक्त ‘निसान निस्मो’ नामको स्मार्ट वाचले  सवारी चलाई रहेको ब्यक्तिको  मुटुको धड्कन र शरीरसँग जोडिएका अन्य गतिविधिमाथि निगरानी राख्ने बताईएको छ ।  सो घडी लगाएर सवारी चालक गाडी भित्र पसे पछी त्यसभित्रको तापमानको सूचना दिने तथा स्थानीय मौसमबारे जानकारी प्रदान गर्ने गर्दछ । गाडीको औसत गति र इन्धन खपतका विषयमा पनि चालकलाई सचेत गर्ने बताईएको उक्त स्मार्ट घडीले  कारको कनेक्टिभिटी बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले दाबी गरेको छ । निसानले निर्माण गरेको स्मार्ट वाच सवारीचालकलाई मध्यनजर गरेर निर्माण गरीए झै एडीडास , नाईक आदीले निर्माण गरेको स्मार्ट घडिले खेलाडीहरुको दैनिकीलाई सहयोग पुर्याउने बताईएको छ । एडीडास कम्पनीले उत्पादन गरेको स्मार्ट घडीले खेलाडीको मुटुको घडकन नाप्ने लगायत कुन दिशमा दौडिरहेको आदी जानकारी दिने जिपीएस सिस्टम जडान गरिएको बताईएको छ ।  कम्पनीले यसलाई खेलाडीको पर्सनल ट्रेनरको रुपमा बिकास गर्ने बताएको छ ।  खेलाडीहरुलाई अभ्यासको क्रममा मनोरञ्जन दिन उक्त घडीबाट ब्लुटुथ डिभाईसको साहायताले संगित सुन्न सकिने बताईएको छ । 

सोनि, सामसुङ्ग, गुगलले निर्माण गरेको स्मार्ट घडीमा मोबाईलमा संचालन गरीने एन्ड्रोईड अपरेटिङ्ग सिस्टममा जडान गरिएको छ ।  ब्लुटुथ लगायत अन्य वायलेस डिभाईस कनेक्ट गर्ने माध्यम मार्फत सम्पर्क  स्थापीत गराएर  क्यालेन्डर, इमेल, फेसबुक, टि्वटर मोबाइलबाट डाउनलोड गरी त्यसमा इन्स्टल गरेर टच स्क्रीन मोबाईल चलाए झै घडीमा उक्त एप्लीकेशनहरु चलाउन सकिन्छ । सोनीको स्मार्ट घडीको कुरा गर्ने हो भने त्यसमा पावर वटन मात्र भेटिन्छ बाँकी सबै कुरा टच गरेर चलाउनु पर्दछ ।  ट्याबलेट पिसिको आकारमा रुपान्तरीत हुदै गरेका मोबाईलहरु हेर्दा प्रयोगकर्ताहरुले नाडी लगाउने यस्ता स्मार्ट घडीहरुलाई रुचाएर आत्मसाथ गरी हाल्छन होला भन्न सकिन्न तर पनि समिक्षकहरु कालान्तरमा यसले बजार लिने बताएका छन ।  एप्पलको आईवाच र  यसै महिनबाट बाट बिक्री शुरु हुने बताईएको गुगलको स्मार्टवाच बजारमा आए पछी  यसको बजार बृदी हुने बिश्वास गरीएको छ ।

नेपाली बजारमा औपचारीक बिक्री बितरण शुरु नभै सकेको यस प्रकार घडीहरुको मुल्य भने अन्य साधरण नाडी घडीको तुलनामा अलि बढी नै छ ।  बिदेशमा रहेका आफ्ना नातागोतालाई यस प्रकारको घडि ल्याईदिन भन्नु भयो भने सस्तो मानीएको पेबल ब्राण्डको स्मार्टवाचको  १५० डलर पर्छ भने मेटावाच नाम गरेको अर्को स्मार्ट वाचको तिन सय डलर पर्दछ । सामासुङ्गले पनि ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाच बजारमा ल्याएको छ जसको बजार मुल्य दुई सय उनान्सय अमेरिकन डलर पर्दछ भने भारतिय बजारमा यही घडी किन्न  तेईस हजार भारतीय रुपयाँ तिर्नु पर्दछ ।  सोनी कम्पनीले उत्पादन गरेको स्मार्टवाच भारतमा आठहजार भारतिय रुपयाँमाको हाराहारीमा खरिद गर्न सकिन्छ  ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।