
कम्प्युटरमा प्रयोगकर्ताहरुलाई अत्यावश्यक पर्ने केही उत्पादन एडोबकै भएता पनि मिडीयामा यसको अन्य कम्पनीको जस्तो चर्चा भएको पाईदैन । यसो नहुनुको कारण कम्पनीको आफ्नो बजारनिती पनि हुन सक्दछ त्यसलै एप्पल, गुगल तथा माईक्रोसफ्टका उत्पादनहरु बजारमा आउनु भन्दा धेरै अगाडी देखी बजारमा बिभीन्न खाले अडकलबाजी आउने गरेको भएता पनि एडोबका उत्पादनले प्रयोगकर्ताको रुचीमा डेरा जमाई सक्दा पनि यसको चर्चा हुदैन । एडोबको बजार निती कुरामा भन्दा काममा आधारित रहेको देखीन्छ उदारणको लागी यसले डेक्सटप एप्लीकेशन देखि भिडीयो एडीटिङ्ग तथा भिजुवल ईफेक्ट सफ्टवेयर सम्मको निर्माण गरेको छ । यसमा केहीलाई धेरैले निर्वीकल्प मानेका छन । जस्तो उदारणको लागी प्रोर्टेबल डकुमेन्ट फर्माट भएका फाईलहरु अझै केहि वर्ष उत्तिकै प्रयोगमा रही रहन्छन । लिनक्स देखी म्याक र विन्डोज सिस्टममा पनि चल्ने यस फाईललाई गुगलले पनि आफ्नो अनलाईन एप्लीकेशनमा उत्तिनै महत्व दिएको छ
एडोब फोटोसप, ईनडिजाईन, ईलुष्ट्रेटर , फायरवर्क्स, एक्रोब्याट आदी एडोब सिस्टम निर्मीत डेक्सटप सफ्टवेयर जुन धेरै मात्रमा ग्राफिक्समा काम गर्ने प्रयोगकर्ताहरुले प्रयोग गर्ने गर्दछन । माईक्रोसफ्टले फ्रन्टपेजको उत्पादन बन्द गरेर धेरैको स्मृतीवाट हराई सकेको भएता पनि वेब डिजाईनिङ्ग सिक्नेहरु अझै पनि यस कम्पनीको वेब डिजाईनिङ्ग टुल्स ड्रिमवेयरको कुरा गर्दछन । हुनलाई ड्रिमवेयर मात्र हैन एडोब सँग वेब डिजाईनरहरुलाई उपयोगी देखीने एडोब कन्ट्रीब्युट, म्युज, फ्लास बिल्डर त एडोब फ्लास को निर्माण गरेको छ । अँ साच्ची एडोब फ्लासको कुरा गर्दा एडोबले सन २००५ तिर माईक्रोमिडिया भन्ने कम्पनी खरिद गरेको थियो जसले माईक्रोमिडिया फ्लास भन्ने सफ्टवेयर निर्माण गरेको थियो । जसलाई अहिले एडोब फ्लास भनिन्छ । जहिले सम्म फ्लास माईक्रोमिडियाको अधिनमा थियो त्यसताका वेबमा झल्याकझुलुक देखीने चलायमान दृष्य रहेका एनिमेशहरु प्रशिद्द थिए । अहिले फ्लास एनिमेशन प्रयोग गरेर वेबसाईट बनाउने चलन लगभग पुरै हटीसकेको छ तर पनि जाभा फ्रेमवर्कमा आधारित एनिमेशन प्रोग्रामहरुको प्रसिद्दी उल्लेखनिय छ । वेब डिजाईनिङ्गमा धेरै प्रयोगमा रहेको पिएचपी , एएसपीएक्स लगायतका सर्भर साईट स्क्रीप्टले बजारमा आफ्नो आकार तय गरीसकेको भए ता पनि एडोबको कोल्डफ्युजन , लगायत एडोब कन्टेन्स सर्भरलाई प्रयोगकर्ताहरुले खासै रुचाएनन तर भिडीयो एडीटिङ्ग तथा भिजुवल ईफेक्ट दिने सफ्टवेयरको रुपमा एडोब प्रिमीयर तथा एडोब अफ्टर ईफेक्टको प्रसिद्दी तथा प्रयोग चर्चायोग्य छ । ईन्टरनेटमा आधारित ईलर्निङ्गको क्षेत्रमा एडोब क्याप्टीभेटको प्रयोग पनि उल्लेखनिय रहेको पाईन्छ ।
बहुउपयोगी उत्पादनको कारणले प्रयोगकर्ताको मन जितिसकेको एडोबले जो कोही सफ्टवेयर बनाउने डेभलपरको मन भने जित्न सकेको छैन जस्तोकी यसै वर्षको मध्यतिर रेडईट डट कम भन्ने कम्पनीले गरेको सर्भेमा यो कम्पनीले विश्वका प्रमुख दश सफ्टवेयर निर्माता कम्पनीहरु मध्ये काम गर्न नरुचाईने कम्पनीको सुचीमा नवौ नम्बरमा पर्दछ जुन कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्दछ ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।