Saturday, November 30, 2013

ब्लाक फ्राईडे देखि साइबर मन्डे सम्म

हामीले भर्खरै जस्तो वर्षभरीका मुख्य चाडहरु मनाई सक्दा पश्चीमाहरु वर्षभरीकै ठुला चाडहरु मनाउन लागी परेका छन । यसै महिनाको कुरा गर्ने हो भने उनिहरुले गत बिहिबार थ्याङ्कस गिभीङ्ग डे मनाए भने त्यसको भोली पल्ट ब्लाक फ्राईडे । अब साईबर मन्डे  आउदैछ । क्रिसमस मनाउनेहरु सबै जस्तो  नजीकिदो क्रिसमसको सेरोफेरोमा बिभिन्न बाहानमा ब्यस्त हुदैछन । ब्लाक फ्राईडे र साईबर मन्डे दुबै क्रिसमस खरिदारीको लागी चलेको चलन भए पनि साईबर मन्डेको उति बिघ्न लामो ईतिहास छैन । नत कुनै धार्मिक वा पैराणीक कार्य सँग सम्बन्धीत छ । यो चलन झण्डै एक दशक अगाडी एउटा अनलाईन सपिङ्ग सञ्चालन गरीरहेको वेबसाईटले आफ्ना पुराना बिक्रीबितरणलाई विश्लेशण गरी सुरु गरेको चलन हो  जुन  धेरै हदसम्म नेपाल भारतका सर्वसाधरणले लक्ष्मीपुजाको दिन धेरै सामान किन्ने र बेच्नेले पनि यसै बेलामा बिभीन्न खाले अफर दिने चलन सँग मिल्न जान्छ ।

साईबर मन्डे नामैले ईन्टरनेट सँग सम्बन्धीत छ । यसको चलन शुरु हुनु भन्दा पहिले पनि थ्याङ्स गिभीङ्ग डे  लगत्तै आउने सोमबार क्रिसमस मनाउने शहर बजारमा खरिद बिक्री बढ्ने गरेको पाईएको थियो ।
यही चहलपहललाई मध्यनजर गरी अनलाईन सापिङ्ग  वेबसाईट सञ्चालन गरीरहेका वेबसाईटवालाहरुले ग्राहकहरुलाई अनलाईन सपिङ्गमा बानी पार्न यसको चलन चलाएका हुन । जुन वर्षेनी सफल पनि हुदै गएको छ । अमेरिकाबाट शुरु भएको यो चलन अहिले युरोप सम्म फैलिएको छ । एसियालीहरुको कुरा गर्दा जापानीहरुको यस प्रतिको चाख उल्लेखनिय छ ।

ईन्टरनेटमा ( ब्लाक ) फ्राईडे देखीनै क्रेतालाई लोभ्याउने गरीका अविस्वासनिय अफरहरु भेटिन्छ । अरु बेला छ सात सय अमेरिकन डलर पर्ने सामान यो बेला झण्डै आधा जस्तो दाममा पाईन्छ । सामसुङ्ग, एप्पल जस्ता बजार कब्जा गरेर बसेका कम्पनीहरुले औपचारिक रुपमा यस अवसरको लागी भनेर सामानको मुल्यमा हेरफेर गरेका हुन नहुन ईन्टरनेटमा यसैका उत्पादनहरुमा अकल्पनीय छुट पाईन्छ । एप्पलले नयाँ आईफोन फाईभको मुल्य आधिकारीक रुपमा छ सय डलरको हाराहारीमा राखेको किन नहोस यस पालीको ब्लाक फ्राईडेको अवसरमा चार सय डलर सम्ममा बेचेको भेटियो  । माईक्रोसफ्टका अफिस प्याकेजको अरु बेला तिन सय डलर सम्म पर्छ । एक छिन गुगल गर्दा डेढ सय डलरमा ओरिजिनल लाईसेन्स भेटियो ।  यस्तै अन्य कारणहरु पनि छन जस्ले गर्दा मान्छेहरु युरोप यो हिँउ पर्ने जाडोमा पनि मध्यरातमा डिपार्टमेन्ट स्टोर अगाडी लामबद्द देखीए । हुनलाई यो सब भन्नु ब्यपारको एक रणनितीनै हो तर पनी मान्छेहरु सित्तै पाईयो भने झै लागी परेका छन ।

ब्लाक फ्राईडे सपिङ्गका आलोचकहरुले यसलाई कमअसल सामानका सल्टाउने अवसरका रुपमा निन्दा गर्ने गर्छन भने यसका समर्थकहरु ब्लाक फ्राईडे वा साईबर मन्डे जे नाम दिए भए पनि क्रेतालाई सामान किन्न उत्साहीत पार्ने यस अवसरले बिक्रेताको नाफामा असर गरेको नभई ब्रिकेताको क्रय क्षमता बृदी गर्न मनोबैज्ञानिक दबाब पारेको भन्ने गरेका छन ।   आलोचकहरुका भनाईलाई बल पुर्याउने गरी कतै कतै अरुबेला पाईने समानमा चलाखी पुर्वक त्यसको क्षमता , गुणस्तर कम गरी सामान बिक्री गरेको पाईए पनी ठुला ठुला कम्पनीहरुले बजार बिस्तार लागी ठुलो संख्यामा सामान खरिद गर्ने बिक्रेताहरलाई ठुलै प्रतिशतमा छुट दिने गरेको हुनाले सबै क्रेता ठगीएका हुन भन्न सकिन्न तर जुन सुकै खरीदारी गर्दा पनि उपभोक्ता चनाखो हुनु पर्ने कुरा चाँही  अन्तीम सत्य हो ।

नेपालमा न ब्लाक फ्राईडेको सपिङ्ग गर्ने चलन छ न साईबर मन्डेको नाममा भारी छुट दिएर उपभोक्ता आकर्षित गर्ने ठुला अनलाईन सपिङ्ग साईट नै छन तर पनि बिदेशमा साथी भाई ईस्टमित्र रहेका नेपालीहरुले यसै अवसरमा फाईदा लिन सक्छन । बेला यही हो , बिदेशमा रहेका तपाईका आफन्त ईष्टमित्रलाई केही ल्याई दिन भन्न लाग्नु भएको भए , अमेजन डट कम, वालमार्ट डट कम , बेष्ट बाई डट कम यस्ता केही वेबसाईटहरु हुन जसमा तपाईले सोमबार सम्म चल्ने अफरहरु भेट्न सक्नु हुन्छ । सामान किनी मान्ने नमाग्ने , पठाउनेले पठाउन सक्ने नसक्ने आफ्नो ठाँउमा छ तर केही पठाई दिन्छु भनेको भए किन्नको लागी चाही यो राम्रो अवसर हो ।

केही ब्लाक फ्राईडे तथा साईबर मन्डे डिल
वेब होष्टीङ्ग सम्बन्धी ब्लाक फ्राईडे साईबर मन्डे डिल
वर्डप्रेस होष्टिङ्ग , प्रिमीयर थिम सम्बन्धी ब्लाक फ्राईडे साईबर मन्डे डिल
वालमार्ट डट कम मा साईबर मन्डे

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।