Saturday, December 7, 2013

वेब होस्टीङ्ग अनुभव

मलाई सम्झना भए सम्म सम्भवत सन २००३/४ तिर हुनु पर्छ त्यतीबेलाको नाम चलेको माउन्ट डिजीट भन्ने वेबहोष्ट गर्ने कम्पनीले स्पेशल अफर भनेर २ मेगावाईट वेब स्पेश दुई हजारमा बेच्दथ्यो । अहिले त्यही कम्पनी १० मेगाबाईट वेब स्पेश त्यतीनै मुल्यमा दिन्छ । अझ गुगल गर्दै जानु भयो भने २ हजारमा १०० मेगावाईट वा ५०० मेगाबाईट वेब स्पेश सम्म पनि पाउन सक्नु हुन्छ । अझ केहीले त २ हजारमाको वेब स्पेश किन्दा १००० को डोमेन पनि सित्तैमा दिन्छन भलै त्यो डोमेन पछी ट्रान्सफर गर्न चाहेका ग्राहकको ढाड सेक्के गरी मुल्य लिओस । यसरि वेबस्पेशको बजारमा देखीने आश्चर्यजनक बजार भाउले धेरैलाई किन धेरै तिर्ने वा किन सस्तो नकिन्ने भन्ने भ्रममा पारेको देखिन्छ ।

मेरो एक दशक लामो ब्यवशायीक अनुभवमा त्यस्ता केही भोगाई बुझाईहरु छन जसले तपाईलाई कस्तो वेबस्पेश किन्ने भन्ने उत्तर देला नदेला तर के के बिचार गर्ने भन्ने कुरा चाही प्रष्ट पार्छ । जस्तो कि अनलिमीटेड वेबस्पेश, अनलिमीटेड ब्याण्डविथ आदी वेब स्पेशको ब्यापारको प्रयोग गरीने चित्ताकर्षक शब्द हुन । जसको पछी लाग्दा धेरै कुरा गुमाई न सक्छ ।


असिमीत ब्याण्डविथ / वेबस्पेश (Unlimited Bandwidth / Webspace)

बजारमा तपाईले अनलिमीटेडको फिचर सहितको वेबस्पेश बेच्ने कयौ भेट्न सक्नु हुन्छ । कयौले अनलिमीटेड वेबस्पेश बेच्दा हुन , कयौले अनलिमीटेड ब्याण्डविथ सहितको वेबस्पेश अनि कतिकोमा अनलिमीटेड एड-अन डोमेन, माईएसक्युएल डाटाबेस , अनलिमीटेड ईमेल आदी हुदोँ हो । यहाँ बुझ्नु पर्ने कुरा के छ भने कुनै पनि सर्भरहरुमा जडान गरिएका हार्डवेर र यसको बाट उत्पादन हुने रिसोर्सेस हरु चाँही कुनै पनि अर्थमा अनलिमीटेड हुदैनन । कयौले अनलिमीटेड वेबस्पेश र यसमा हुने फिचरहरुको कुरा गरे पनि तपाईको वेबसाईटले साच्चैनै अनलिमीटेड रिसोर्सहरु प्रयोग गर्न थाले तपाईको वेबसाईटलाई सस्पेन्ड गरी दिन्छ । तपाई जति नै सुकै ठुलो वा नाम चलेको कम्पनीको कुरा गर्नुहोस कसैले पनि अनलिमीटेड सुबिधा दिएर वेबहोष्टीङ्गको ब्यपार गर्न सम्भव छैन । यसो किन पनि हो भने कुनै पनि कामको लागी प्रयोग गरीने कुनै पनि मेसिनमा कुनै न कुनै प्रकारको सिमीतता हुन्छ त्यसैले असिमीत क्षमताको वेब होष्टीङ्ग सम्भव छैन । यस बारे थप जानकारीको लागी मेरो पछिल्लो ब्लग हेर्नुहोस । त्यस्तै +Paul Ciszewski ले लेखेको यो लेख पनि अनुसरणिय छ ।

भिपीएस / डेडीकेटेड सर्भर / शेयर्ड सर्भर (VPS / Dedicated / Shared Server)

एउटा फ्ल्याटको कुनै कोठा जहाँ बसुञ्जेल तपाई आगन, बाटो आदी सोही फ्ल्याटमा बस्ने कुनै अन्य छिमेकीहरु सँग शेयर गर्नुहुन्छ । तपाईले चाहेर पनि तपाईको आफ्नो कोठाको साईज बढाउने आदी काम गर्न सक्नु हुन्न तपाईको लागी जे तोकीएको छ त्यसैमा तपाई आफ्नो काम चलाउनु पर्दछ भने वेबहोस्टीङ्गको भाषामा हामी त्यसलाई शेयर्ड होष्टीङ्ग भन्दछौ । शेयर्ड वेबहोस्टीङ्गमा सर्भरको रिसोर्सेजहरु शेयर गरिने गर्दछ । यस्तोमा तपाईको वेबस्पेस वा भनौ सर्भरको पर्फमेन्स त्यही सर्भरमा राखेको अर्को साईटले खपत गर्ने आदी कुरामा भर पर्दछ ।  अनलिमिटेड फिचर सहितका सस्ता सस्ता वेबहोष्टी प्याकेजहरु यसै प्रकारका शेयर्ड होस्टीङ्ग बिक्री गरिन्छ । अनलिमिटेड भनिए पनि रिसोर्सेज हरु एक अर्कामा शेयर गरीरहेको कारणले प्रयोगकर्ताहरु पत्तो पाएका हुदैनन । साधरणतय यस्ता प्याकेजहरुमा प्रयोगकर्ताले धेरै रिसोर्सेजहरु धेरै प्रयोग नगरुन भनेर टर्म एण्ड कण्डीसनमा केही न केही क्लज राखीएका हुन्छन ताकी कसैले साच्चीकै अनलिमिटेड रिसोर्स प्रयोग गर्न थालेको खण्डमा त्यसको अकाउण्ट सस्पेण्ड गर्न पाईयोस ।

एउटा जम्मै फ्ल्याट जहाँका सबै सुबिधाहरु स्वय तपाई आफै प्रयोग गर्न पाउनु हुन्छ , त्यसमा रहेका कोठालाई तपाई आफ्नो आवश्यकता अनुसार पार्टेशन गर्न सक्नु हुन्छ , केही बिग्रीए भत्कीए त्यसको मर्मत संहार गर्ने दायीत्व पनि तपाईकै हुन आउछ भने वेबहोस्टीङ्गको भाषामा हामी त्यसलाई भिपीएस होष्टीङ्ग भन्दछौ । धेरै तलाको एउटा ठुलो घरको फ्ल्याट फ्ल्याट भाडावाला सबै ब्यहोर्ने गरी जिम्मा लगाए झै भिपीएस होष्टीङ्गमा पनि रिसोर्सेहरु प्रयोगकर्तालाई भाग लगाए बाडीएको हुन्छ ।  यस प्रकारका सर्भरहरुमा राखीएका एप्लिकेशन आदीको सञ्चालन गर्ने दायित्व स्वयम प्रयोगकर्ताको हुन्छ । साधरणतय आफै वेबसाईट बनाएर एक भन्दा बढी वेब साईट आफ्नै मातहतमा सञ्चालन गर्ने प्रयोगकर्ताहरेल यस प्रकारको वेबस्पेश होष्टीङ्ग प्याकेज खरीद गर्ने गर्दछन ।  यसमा आफ्नो आवश्यक्ता अनुसारको सफ्टवेयर प्रयोग गर्न पाईने , सिस्टम सेटिङ्गलाई पनि सोही अनुसार परिमार्जन गर्न सकिने हुन्छ ।

सुबिधा सुरक्षा र परिवारका सदस्य संख्याको आधारमा एउटा सिङ्गै घर लिएर बसे झै ठुला ठुला कम्पनीले आफ्ना डाटा सुरक्षीत राख्नको लागी डेडिकेटेड सर्भर राख्ने गर्दछन । यस प्रकारको सर्भर प्रयोग गर्दा रिसोर्सेजहरु कसैलाई पनि शेयर गर्नु पर्दैन । सर्भरका कुन प्रकारको सफ्टवेयर राख्ने , रुट एक्सेस कसलाई दिने आदी यस प्रकारको वेबस्पेश प्रयोग गर्ने प्रयोगकर्ता स्वयंमले निर्धारण गर्न सक्दछ । सुरक्षाको दृष्ट्रीकोणले यसलाई शेयर्डहोस्षीङ्ग सर्भर भन्दा उत्तम मानिन्छ तर सञ्चालन खर्च महङ्गो हुन्छ । पुरै सर्भर आफै सञ्चालन गर्नु पर्ने भएको सो सम्बन्दी ज्ञान राम्रो हुन जरुरी छ । यसबारे थप जानकारिको लागी यहाँ हेर्नुहोला ।

फ्रिल्यान्सरकी रजिष्टर्ड कम्पनी (freelancer vs registered company)

मेरा एक परिचितको एउटा ब्लग थियो । कहिले काँही खोलेर हेर्ने गर्दथे । एक दिन अचानक सो साईट खोल्दा "Server Not Found" भन्ने म्यासेज देखे । सर्भरमा केही समस्या छ  होला भन्ने ठाने । धेरै दिन पछी फेरी ट्राई गरे । फेरी त्यही म्यासेज आयो । बुझ्दै  जाँदा होस्टीङ्ग कम्पनीले उसको खाता डिलीट गरी दिएछ । कारण जे पनि हुन सक्दछ । हुन सक्छ उनको अकान्टबाट सर्भरमा सुरक्षा खतरा उत्पन्न भयो । (उसको स्क्रीप्टमा केही समस्या भएको हुनाले हुन पनि सक्दछ । ) वा उसले जो सँग वेब स्पेस लिएको थियो सो रिसेलरले अन्जानमा अकाउन्ट डिलीट गरी दियो तर सर्भरमा ब्याकअप राख्ने प्रोभिन थिएन (सस्ता वेब स्पेश बेच्नेहरुमा यो समस्या हुन सक्दछ । ) कारण जे पनि हुन सक्दछ तर ग्राहकमा यस प्रकारको समस्य पर्नु भनेको सर्भरवाला र सस्तोमस्तो थोरे वेबस्पेश ठिकैको भाउमा बेच्ने रिसेलरको बदमासी यो हो  । फ्रिल्यान्सर ठिक हो भन्ने ठान्ने हो भने सो वेबस्पेश फ्रिल्यान्सरले बेचेको हो । कम्पनी ठिक हो भन्ने हो भने सर्भर एउटा नाम चलेको कम्पनीको हो । मेरो बुझाईमा वेब स्पेश कम्पनी वा फ्रिल्यान्सर सँग किन्ने भन्दा पनि तपाईको वेबसाईटको सुरक्षा राम्रो गरि दिने वा परेको बेलामा सो सम्बन्धी जस्तो सुकै सहयोग गर्न सक्ने सँग गर्न उपयुक्त हुन्छ ।

क्रमश :