Wednesday, January 29, 2014

बिकल्पका वेबसाईटहरु

अमेरिका स्थीत प्रिन्सटन विश्वबिध्यालयका John Cannarella   र जोसुआ स्पेकलरको एक अध्ययन अनुसार हाल देखीएको फेसबुकको प्रसिद्दी र प्रयोग  सन २०१७ सम्ममा ८० प्रतिशतले घट्नेछ ।  +Joshu   मेकानिकल तथा एरोस्पेशश ईन्जीनियरीङ्गका ति शोधार्थीहरुले अनलाइन सामाजिक नेटवर्क को उदय र पतन बारे अध्ययन गर्नको लागी ईपिडीमियोलोजिकल मोडेलको प्रयोग गरेका थिए । ईपिडीमियोलोजिकल मोडलको प्रयोग मुख्यत: सरुवा रोगको
नियन्त्रण र प्रकोपको बारेमा अध्ययन गर्नको लागी गरीन्छ ।  क्यानारेला र जोसुआले आफ्नो तर्क साबित गर्नको लागी कुनै बेला फेसबुक झै चर्चाको शिखरमा रहेको माईस्पेशको उदारण दिएका छन । उनिहरुका अनुसार प्रयोगकर्ताहरुको रुची र प्रयोगबिधी पछील्ला वर्षहरुमा माईस्पेशको चर्चाको शिखरबाट ओरालो लाग्ने क्रममा जुन अनुपातमा घट्दै गईरहेको थियो अहिले फेसबुकको अवश्था पनि अहिले त्यस्तै छ ।

यदी माथी उल्लेख गरीएएको अध्ययन वास्तवमै बस्तुपरक छ भन्ने मान्ने हो भने प्रश्न उठ्न सक्छ ईन्टरनेट भन्ने बित्तीकै फेसबुक बुझ्ने प्रयोगकर्ताहरु फेसबुक चलाउन छोडेपछी के गर्लान त ? यो प्रश्नको उत्तर त्यती जटिल भने छैन किनकी सामाजिक सञ्जालका अन्य वेबसाईटहरु प्रयोगकर्ताको संख्याको हिसाबले फेसबुकका भन्दा नगण्य होलान तर पनि उल्लेखनिय छन र यसका वास्तवीक प्रयोगकर्ताहरुलाई रिझाएर राखेका छन ।  उदारणको लागी आउदाँ वर्षहरुमा ईन्टरनेटको ठुलो हिस्सामा आफ्नो कब्जा जमाएर राख्न लागेका केही वेबसाईटहरुको बारेमा चर्चा गरौ । जसलाई फेसबुकको बिकल्प भन्दा पनि फेसबुक चलाएर दिक्क भएका प्रयोगकर्ताहरुले विकल्प प्रयोग गरेका वेबसाईट भन्न सकिन्छ ।


मिडीयम डट कम :  प्रसिद्द माईक्रोब्लगिङ् वेबसाईट ट्वीटरका सहसंस्थापक ईभान विलीयम्सको यो वेबसाईटको परिचयमानै "एक सय चालिस अक्षर भन्दा बढी अक्षरमा लेखेर आफ्नो साथी सर्कल भन्दा पनि बाहीर पुर्याउन सकिने ” भनेर यो ट्विटर र फेसबुकको विकल्प हुन सक्छ भन्ने कुराको संकेत गर्न खोजेका छन ।  हाल गुगलको स्वामित्वमा रहेको प्रसिद्द ब्लगिङ्ग वेबसाईट ब्लगरका संस्थापक कम्पनीका मालिकहरु मध्ये एक विलीयम्सले यसलाई ठाडै ब्लगिङ्ग वेबसाईट भन्न नचाहे पनि यो एक प्रकारको ब्लगिङ्ग वेबसाईट नै हो तर यसको प्रश्तुतिकरण प्रसिद्द ब्लगिङ्ग वेबसाईट वर्डप्रेस , ब्लगर भन्दा पृथक छ । अनि यसका समावेश भएका सामग्रीहरुले लेखकिय क्षमताको एउटा उचाई कायम राख्न खोजेको छ भनिन्छ त्यसैले हुन सक्छ बजारमा अहिले यसको चर्चा छ ।  भोलीका दिनमा यदी ईन्टरनेट ज्ञानको लागी भन्ने शोचको बिकास भयो भने यो साईटले धेरैलाई पछाडी छोडेर अगी बढ्नेछ ।

क्वरा डट कम :  यो एक प्रश्नोत्तर वेबसाईट हो । जसमा तपाईले आफु दर्ता भएर आफुलाई मनमा लागेका जस्तो सुकै प्रकारको प्रश्न सोध्न सक्नु हुन्छ भने आफ्नो रुचीको विषयबस्तुमा प्रवेशगरी उत्तर पनि दिन सक्नु हुन्छ । सर्सर्ती हेर्दा यस प्रकारको वेबसाईट यस भन्दा पहिले याहुले सञ्चालनमा ल्याई सकेको हो तर  अहिले क्वएरा डट कम चर्चामा छ । कारण यसको असिमीतता र विषयबस्तुको प्रस्तुतीकरण पनि हो । यस वेबसाईटमा प्रश्न गर्ने तथा उत्तर दिने प्रयोगकर्ताहरुलाई यस अन्य प्रयोगकर्ताहरुले आवश्यकता अनुसार प्रस्तुतीकरण परिमार्जन लाई अभिप्रेरित गर्ने गर्दछन  जस्ले गर्दा यसमा रहेका साम्रगीहरु कुनै एक प्रयोगकर्ताको भन्दा पनि समुदायको भैदिन्छ ।

पिन्टरेष्ट डट कम :  भलै फेसबुकले इन्स्टाग्रामलाई खरिद गरीसकेको होस , हाल सम्म पनि यसको मौलिकता कायमनै
छ ।  पिन्टरेष्ट डट कमलाई पनि ईन्स्टाग्राम जस्तै फोटो वेब सेयरिङ्ग वेबसाईटको बर्गमा राखीए पनि प्रयोगको हिसाबले यो अलि फरक छ । यसमा आफुले खिचेका फोटो मात्र हैन आफुले सिर्जना गरेका डिजिटल ईमेज ,  ईन्फोग्राफिक्स (ग्राफ तथा बिभिन्न प्रकारका चित्रहरुको प्रयोग गरी तथ्याङ्ग प्रस्तुतिकरण गर्ने बिधी) मेटेरियल आदी पनि सेयर गरिन्छ । सोसोल सेयरिङ्ग वेबसाईटहरुमा राम्रो पहिचान बनाउदै गरेको यस वेबसाईटमा फोटोलाई पिन , लाईक गर्ने सुविधाको कारणले गर्दा यस साईटको प्रयोग गुणात्मक रुपमा बृदी हुदै गरेको छ ।  याहुको फिल्कर , गुगलको पिकसा, फेसबुकको ईन्स्टाग्राम जस्तै यो यसलाई पनि फोटो सेयरिङ्ग वेबसाईट भनिए पनि प्रयोगकर्ताहरु किन पनि यसको पछी लागेका छन भने यसमा आफु वा आफ्ना परिचितले खिचेका ब्यक्तीगत फोटो मात्र हैन रमाईला उपयोगी फोटो पनि भेटिन्छन ।

फोरस्क्वायर डट कम : यो मोबाईल उपकरणहरुमा चल्ने लोकेसन बेस्ड सोसल नेटवर्किङ्ग वेबसाईट हो । यसमा कुनै स्थान विसेशमा पुगेर प्रयोगकर्ताले "चेक ईन"  गर्ने गर्दछ । ओपनस्ट्रिट म्यापको साहायताले चल्ने यो एप्लीकेशनले प्रयोगकताहरुलाई प्रयोगमा उत्साहित गर्नको लागी बिभिन्न ब्याजहरु दिने गर्दछ ।  धेरै प्रयोगकर्ताहरु हुने हो भने यसै एप्लीकेशको साहायताले कुनै पनि शहरमा धेरै नामचलेको स्थानहरुको बारेमा जानकारि प्राप्त हुन सक्दछ । मोबाईलको प्रयोग बढे सँगै बिदेशमा यस उपयोगिता साथै प्रयोग उल्लेखनिय रुपमा बढेको पाईन्छ  र यो स्थान बिशेशको जानकारिको लागि उपयोगी पनि छ । तर  तत्कालको कुरा गर्नु हुन्छ भने  नेपाली प्रयोगकर्ताहरुले यसबाट पुर्ण फाईदा लिने भन्ने कुरा गार्हो छ ।  

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।