Wednesday, February 19, 2014

एउटा चराको अवसान

मासिक पचास हजार डलर आम्दानी गरिरहेको भनिएको फ्लापी बर्ड नामक मोबाईल गेमका सर्जकले एकएक सधैको लागी त्यसको बितरण बन्द गरीदिदाँ बिश्वभरीका टेकपण्डीतहरु आश्चर्यमा परे । सिएनएन देखि रोयटर्स सम्मका पत्रकारहरुले समेत त्यसको कारण पत्ता लगाउनु त परको कुरा त्यस गेमका सर्जक सँग अन्तर्वाता सम्म लिन सकेनन ।  अडकलबाजीका समाचारहरु आईरहे । फोर्ब्स पत्रिकाको स्थानिय सम्बाददाता भनिएकी  लान आन न्युगेनले  भेटेरै लिएको भनिएको अन्तरवार्ता सार्वजनिक भयो तर कुनै ठोस तथ्य बाहीर आउन सकेन ।

उनानन्तीस वर्षिय भियतनामी युवक दोङ्ग न्युगेनले सिर्जना गरेको त्यस फ्लापी बर्ड नामक मोबाईल गेमलाई एप स्टरोबाट मात्र पाँच करोड पटक डाउनलोड गरीएको थियो भने लगभग पचास हजारको हाराहारिमा त्यसैमा त्यसको रिभ्यु गरीएको छ । एन्ड्रोईड तथा आईओएस अपरेटिङ्ग सिस्सटम भएको मोबाईलमा चल्ने यो गेम यस वर्षको  शुरु देखीनै गुगलको प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न मिल्ने गेमहरुको सुचीमा माथी नै थियो भने अमेरिका र चाईना बाट डाउनलोड गरीएका गेमहरुको सुचीमा एक नम्बरमा थियो । गत फेब्रुवरी ९ मा डाउनलोड गर्न बन्द गरीएको यो गेम बेलायतबाट डाउनलोड गरीने एप्लीकेशनहरुको सुचीमा उकालो चढ्दै थियो ।  मोबाईल गेमका पारखीहरु यसलाई " नयाँ एङ्ग्री बर्ड (बिश्वब्यापी चर्चा कमाउन सफल अर्को मोबाईल गेम ) ”  रुपमा रुचाएका थिए । हाम्रो देशकै प्रयोगकर्ताहरुको कुरा गर्दा फेसबुक देखि ट्वीटर सम्म फ्लापीबर्डको आफ्नो उच्च स्कोरको सक्रिनसट अपलोड गर्न थालिएको छ । 

आलोचकहरुले यस गेमलाई प्रसिद्द कम्प्युटर गेम हेलिकप्टर (Helicopter Game) तथा  पिओ पिओ भर्सेस क्याकटक (Piou Piou vs. Cactus ) को नक्कल गरी बनाईएको मोबाईल गेम भनि आलोचना गर्ने गरेका छन भने सुपर मारियोका मालिकले आफ्नो गेमको धुन चोरेर प्रयोग गरेकोले तिनको कानुनी चेतावनी देखी डराएर दोङ्गले फ्लापीबर्डलाई बन्द गरेको समेत अनुमान गरेका छन ।  उदारणीय सफलता पाईरहेको गेमलाई बिना कुनै कारण अचानक बन्द गरीदिदाँ दोङ्ग लाई शंकास्पद नजरले हेर्न थालीएकोमा उनले फ्लापी बर्ड आफ्नो मैलिक सिर्जना भएको र अत्याधिक प्रयोग बढेर गएकोले आफ्नो गेम बन्द गरेको जनाएका छन । हुनलाई दोङ्ग मोबाईल गेम सिर्जना गर्नको लागी सिद्दहस्त नै हुन । उनैले बनाएको सुपर बल जगलिङ्ग तथा सुरकिन ब्लक फ्लापीबर्डको चर्चा चल्न थाले देखि एप्पल एप स्टोरको टप ट्वावन्टीमा रहेको छ । फ्लापीबर्डको अवसान पछी यसको सफलताको फाईदा लिदै यस्तै यसैको नक्कल गरी बनाईएका फ्लापी प्लेन, फ्लापी व्हील, फ्लापी पेग्वीन, फ्लापी एन्ग्रीबर्ड नाम गरेका मोबाईल गेमहरु एप्पलको आईओएस स्टरोमा उकालो लाग्दैछन ।

दोङ्गको सफलता र त्यसको कारकको चाही रहस्यमयी अन्त्य भए पनि भियतनामी सरकार दोङ्ग प्रति सकारात्मक छ ।  स्थीनिय भिएनएक्सप्रेसका अनुसार त्यहाँको अर्थ मन्त्रालयले दोङ्गले फ्लपीबर्ड बाट कमाएको पैसाको अनुसन्धान  गरी त्यसमा कानुनत: लाग्ने करलाई यस प्रकाको सफ्टवेयर निर्माण गर्ने ब्यक्ति तथा संस्थाको लागी प्रयोग गर्ने बताएका छन । हुनलाई दभर्ज डट कम ले भने जस्तै फ्लापी बर्डले मासिक पचासहजार डलर आम्दानी गरेको मान्ने हो भने यो गेम रिलीजभएको नौ महिनाको बिचमा दोङ्ग यसै गेमको पैसाले त्यहाँको करोडपती बनिसकेका छन जुन भियतनाम मात्र हैन बिकासोन्मुख एसीयाली देशकायुवाहरुको लागि उदारण नै हो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।