Sunday, May 18, 2014

भारतियहरुको अनलाईन सपिङ्ग

छिमेकी भारतमा पश्चीमाहरुले क्रिसमस खरिदारीको लागी लक्ष्यीत गरेर चलाएको ब्लाक फ्राईडे वा साईबर मन्डे जस्ता उत्सवहरु त औपचारीक रुपमा मनाईदैन तर त्यहाँको दिपावलीको किनमेलले त्यसलाई बिर्साई दिन्छ । अझ अनलाईन खरिदारीलाई लक्ष्यीत गरी शुरु गरीएको साईबर मन्डेको झल्को कुनै कुनै भारतिय वेबसाईटमा बार्हैमास देख्न सकिन्छ । नेपालमा जस्तै भारतमा पनि कम्प्युटर साक्षर र निरक्षर बिचको ठुलो खाडल हुदाँ हुदै पनि त्यहाँ कम्प्युटरजन्य कामकाज र कारोबारको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।  त्यता नेपालको जस्तो ट्राभल एजेन्सीहरु हवाईजहाजको टिकट मात्र बेचेर बसीरहेको पाईदैन । बहुसंख्यक भारतियहरुले ईन्टरनेटको माध्ययम बाट रेल तथा हवाईजहाको टिकट आफै खरिद गर्ने हुनाले त्यहाँका ट्राभल एजेन्टहरु  टुर अपरेटरको काम गर्न रुचाउछन । यसो हुनुमा त्यहाँको केन्द्रीय बैकले अङ्गालेको उदार अनलाईन कारोबारको निती प्रमुख कारण रहेको मानिन्छ । त्यहाँको कुनै पनि नागरीकले निजी तथा सरकारी बैकमा बैकखाता खोल्ने बित्तिकै अनलाईन कारोबार गर्न मिल्ने डेबिट कार्ड देखि ईन्टरनेट बैकिङ्गको सुबिधा साधरणतय निशुल्क प्राप्त गर्दछ । नेपाल अझ पनि सरकारी तवरबाट अनलाईन कारोबारलाई सोझो शब्दमा मान्यता दिईएको छैन । निजी क्षेत्रका  केही अनलाईन कारोबार सुरक्षीत छ भन्ने मान्यता बोकेका युवाहरुले भए गरेको नियम कानुनका सजिला नियमहरुलाई समातेर शुरु गरेको ईन्टरनेट बैकिङ्ग पनि स्पष्ट नितिको अभावमा अगाडि बढ्न सकेको छैन । तर हाम्रै छिमेकी भारतमा नुन देखी सुन सम्म ईन्टरनेटबाट भुक्तानी गरी निशुल्क होमडेलीभरी भई रहेको छ ।



भारतमा विश्वप्रसिद्द अनलाईन सपिङ्ग वेबसाईट अमेजन डट कमको भारतिय संस्सकरण देखी पत्रिका प्रकाशन गृह टाईम्स अफ ईण्डीयाको सम्म अनलाईन सपिङ्ग वेबसाईटहरु छन । जसमा तपाई दैनिक प्रयोगका भाँडाकुडा देखी  लुगाफाटो सम्म किन्न सक्नु हुन्छ । ईन्टरनेट मार्फत गरीने मोबाईल तथा डिजीटल डिभाईसहरुको खरिदबिक्री सामान्य हो जसको बारेमा एक अध्ययनले शहरी क्षेत्रकाको युवापुस्ता ईन्टरनेट बाट अनलाईन अर्डर गरेर मोबाईल किनेनन भने पनि  त्यसको बारेमा पहिलो पटक सुन्ने र अरु प्रयोगकर्ताहरुको यसबारेको धारणा चाही यसैबाट लिने तथ्य सार्वजनिक गरेको थियो  । क्यासकरो डट कम भन्ने एक भारतिय सोसल सपिङ्ग वेबसाईटले गरेको एक अध्ययन अनुसार साधरणतय भारतियहरुको ईन्टरनेटबाट लुगाफाट , मोबाईल र अन्य ईलेक्ट्रोनिक्स उपकरणहरु किन्न रुचाउछन ।
भारतमा नर्डस्ट्रोम, अमेजन , ओभरस्टक, सियर्स, जेसीपेन्नी , जस्ता अन्तराष्ट्रिय अनलाईन सपिङ्ग साईटहरुले आफ्ना सामानहरु भारतिय ग्राहकको ठेगानामा पठाई दिन्छ जुन कुरा नेपाली प्रयोगकर्ताहरुको हकमा पनि लागु गर्नको लागी ति वेबसाईटहरु राजी नै भए पनि नेपालको बैकमा भएको ईन्टरनेट खाता र एटीएम कार्डबाट सम्भव हुदैन ।

फ्रेस एन पिटल्स, प्रिङ्गो , सोसलहार्ट आदी आफ्ना नजिक मान्छेहरुलाई गिफ्ट तथा ग्रिटिङ्ग पठाउनको लागि कहलिएका भारतिय अनलाईन सपिङ्ग वेबसाईटहरु हुन भने ब्लुटोन, क्यारेटलेन जुभालिया नाम गरेका वेबसाईटहरुमा ज्वलेरी पाउन सइएकिन्छ  ।  मन्त्र , जोभी , जबोङ्ग, येभी, ईङ्कफ्रुट, फेसनएरा आदी लत्तकपडा खरिदबिक्रीको लागि कहलिएको वेबसाईट हो  ।  अझ ईन्कफ्रुट जस्ता वेबसाईटहरुमा तपाईलाई कस्ता डिजाईनका लुगा मन पर्ने हो आफै डिजाईन गरेर बनाउन समेत लगाउन सक्नु हुन्छ ।  फिल्पकार्ट, बाईदप्राईस, ईन्डीयाटाईम्स सपिङ्ग, ईबे , होमसपएट्टीन आदी ईलेक्ट्रोनिक्स उपकरणहरुको बिक्रीको लागी कहलिएका वेबसाईटहरु हुन । जुनमा जुनसुकै बेला पनि तपाईले लगईन गर्नु भो भने कतिपय सामानहरु बजारमुल्य भन्दा सस्तोमा बेचीरहेको भेट्न सकिन्छ ।  डेक्काथोलन,  प्लेग्राउन्डअलाईन आदी खेलकुदका सामान पाईने भारतिय ववेबसाईटहरु हुन भने फ्याबफर्निस, जासार, उर्बानडेकोर आदिमा फर्निचर तथा सजावटका सामान पाउने वेबसाईटहरु हुन  । बिगबास्केट, आरामसप, जपनाउ मा तपाईले खुद्राकिनमेलको सामान पाउन सक्नुहुन्छ भने क्राफ्टभिला , चुम्बक, अप्रुभ आदिमा हस्तकलाको सामान पाउन सकिन्छ ।

भारतमा जस्तो सुकै अनलाईन सपिङ्ग गर्नको लागी पनि प्रसस्त बिकल्पहरु छन जस्ले गर्दा प्रयोगरकर्ताहरु कुनै सामान  किन्नु अगाडी कुन बिक्रेताले कति मुल्यमा कुन सामान बेचीरहेको छ भनेर बिश्लेषण गर्न सक्दछ । जस्ले गर्दा प्रयोकर्ताहरु    जहिले सुकै उपयुक्त बिकल्प छनौट गर्ने सामर्थ्य राख्दछन भने बिक्रेताहरुको अरु भन्दा भरपर्दो र सस्तो हुनमा लागी परेका हुन्छन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।