Wednesday, June 4, 2014

फेसबुक पेज

अष्ट्रेलियाको एउटा रेष्टुरेण्टले नेपालमा रहेका फेसबुक प्रयोगकर्ताहरुलाई लक्ष्यीत गरी विज्ञापन दिए पछि सामाजिक सञ्जाल विज्ञ +Aakar Anil  ले "पैसाको नाश” भनेर ट्वीट गरे । वास्तवमा आकारको कुरा सही थियो । अष्ट्रेलियामा रहेको रेष्टुरेण्टका सम्भावित ग्राहक नेपाली हुन सक्थे तर तिनीहरू नैपालमै बसिरहेका नेपाली चाही हुन सक्दैन थिए । वास्तवमा ती रेष्टुरेण्ट सञ्चालकले त्यसरी फेसबुकमा विज्ञापन गर्दा अस्ट्रेलिया अझ त्यो रेष्टुरेण्टमा रहेको स्थान वरपर रहेका नेपालीहरूलाई मात्र देखाउन मिल्ने गरी विज्ञापन गरेको भए उनको सन्देश लक्ष्यीतवर्ग सम्म पुग्ने थियो  ।  अनि विज्ञापन गरे बापत उनले फेसबुकलाई तिरेको पैसाको सदुपयोग हुने थियो तर उनले जानी जानी वा अनजानमा त्यसो गरेनन । फेसबुकले आफ्ना बिज्ञापनकर्ताहरुलाई प्रयोगकर्ताको स्थान र रुचिलाई आधारमा मानेर विज्ञापन गर्ने सुविधा दिन्छ । जसले गर्दा विज्ञापनमा रहेको सन्देश लक्ष्यीत प्रयोगकर्ता सम्म सहजै पुग्ने गर्दछ ।

प्रविधिको विकास सँगसँगै एनसेल र नेपाल टेलिकमले नेपालीहरूको हातहात रहेको मोबाइलमा थ्रिजि सेवा उपलब्ध गराए पछि इन्टरनेट अझ धेरैको पँहुचको विषय भएको छ । ब्यपार व्यवसाय गर्नेहरु पनि यसै कुरालाई मध्यनजर गर्दै छापा र टेलिभिजनमा मात्र हैन अनलाइन सञ्चार माध्ययमा पनि विज्ञापन गर्न थालेका छन् । याद गर्नु भएको हुन सक्छ आफूले मतलब नराखेको भए पनि तपाईँको फेसबुक वालको वरिपरि र बिचमा विभिन्न किसिमका विज्ञापन आइरहेको हुन्छ । ती विज्ञापनमा तपाईँले बिना कुनै आग्रह पूर्वाग्रह एक पटक क्लिक मात्र गरी दिनु भयो भने त्यसपछि त्यस विज्ञापन सँग सम्बन्धित सामग्री स्वतः: तापईको टाईमलाईनमा देखा पर्न थाल्छन । आफ्ना कुनै पनि उत्पादनलाई प्रमोट गर्ने हिसाबले सामाजिक सञ्जालमा मुलत: दुई प्रकारले उपस्थिति दर्शाईन्छ । एक आफ्नो उत्पादनबारे जानकारी रहेको पेज बनाईएर स्वतः: स्फुर्त मनपराउने प्रयोगकर्ताले लाईक गर्ने पेज बनाएर अर्को तिनै पेजहरुलाई धेरै लाईक बढाउने हिसाबले फेसबुकलाई पैसा तिरी सम्पूर्ण लक्ष्यीत प्रयोगकर्ताको वालमा देखिने गरी । विज्ञापन गरेर लाईक गराएको कुनै फेसबुक पेजमा एक पटक लाईक गरेपछी अनलाईक नगरुञ्जेल फेरी फेरी उसको पेजमा गरेको अपडेटहरु स्वतः आउने गर्दछ ।

त्यसो त नेपालमा पैसा तिरेर फेसबुक पेजमा लाईक बढाउनेहरुको सङ्ख्या कमै छ  ।  सर्वाधिक लाईक भएका नेपाली फेसबुक पेजहरुमा ब्यपारीक भन्दा पनि समाचार संस्था ,  कलाकार, गैरनाफामुलक संस्था धेरै छन् ।  उदारणको लागी बिबिसी नेपालीसेवाको फेसबुकपेजलाई नौ लाख सत्तरीहजार प्रयोगकर्ताहरुले लाईक गरेका छन् भने नेपाल प्रहरी मुख्यालयको आधिकारिक फेसबुकपेजलाई २ लाख सन्ताउन्न हजार प्रयोगकर्ताले लाईक गरेका छन् । बिबिसी नेपाली सेवा र नेपाल प्रहरी दुवैको पेज फेसबुकबाट सम्बन्धितको आधिकारिक पेज हो भन्ने मान्यता पाएका  'भेरिफाईड फेसबुक पेज' हुन । त्यसो त बिबिसिकै पत्रकार रबिन्द्र मिश्रको फेसबुक पेजपनि 'भेरिफाईड' पेज छ । नेपालबाट सञ्चालित भेरिफाईड फेसबुक पेजहरु अत्यतन्त नगन्य छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुनु अगावै उनी लगायत सामाजिक सञ्जालमा छाएका कतिपय नेताहरूको फेसबुक पेजलाई फेसबुकले भेरिफाईड गरीदिएको थियो भने नेपालमा प्रधानमन्त्री हुदाँ पनि फेसबुक चलाउने गरेका बाबुराम भट्टराईको पेजलाई अहिले सम्म फेसबुकले भेरिफाई गरेको छैन । 

नेपालको प्रमुख प्रकाशनगृह मध्ये एक कान्तिपुरको फेसबुकपेजलाई यो लेख तयारपार्दा सम्म ८ लाख नब्बे हजारले लाईक गरेका थिए भने अर्को प्रकाशन गृह नागरिकको अफिसियल फेसबुक पेजलाई पाँचलाख बार्हहजारले लाईक गरेका छन् । छापामाध्ययम नआईसकेको अनलाइन खबर भन्ने अर्को चर्चित अनलाइन वेबपोर्टलको आधिकारिक फेसबुक पेजलाई पनि सवा तिन लाख प्रयोगकर्ताले लाईक गरेका छन् । यी तथ्याङ्कहरुमा सबभन्दा चाखलाग्दो कुरा त यमबुद्द भनिने खासै नाम नचलेका नेपालका एक र्यापर (गायक) लाई छ लाख त्रिसठ्ठीहजार प्रयोगकर्ताले लाईक गरेका छन् जुन सङ्ख्या इन्टरनेटमा छाएका सेलिब्रेटि मानिने हरिबंश आचार्य, डा बाबुराम भट्टराई गगन थापाको भन्दा पनि धेरै हो । सोसलबेकर नाम गरेको फेसबुक प्रयोगकर्ताको तथ्याङ्क निकाल्ने गरेको एक वेबसाईटका अनुसारमा नेपालमा १८ देखी २४ वर्ष समूहका फेसबुक प्रयोगकर्ताहरु धेरै छन् । यस कुराको पुष्टि फेसबुकमा यमोबुद्दको प्रख्याती र अष्ट्रेलिया उच्च अध्ययन सम्बन्धी परामर्श दिने एक संस्था र अमेरिकन एम्बेसीको फेसबुक पेज मनपराउनेहरुको सङ्ख्याले पनि पुष्टि गर्दछ ।
ब्राण्डलाईक
बिबिसी नेपाली सेवा970864
इ-कान्तीपुर890783
यमबुद्द अफिसियल663682
नागरीन्युज राष्ट्रीय दैनिक512151
डा बाबुराम भट्टराई487518
एनसेल442553
हरीबंश आचार्य438356
एस ट्राभल्स332964
अनलाईन खबर328769
एसट्राभल्स261631
नेपाल प्रहरी प्रधान कार्यलय257854
स्पारो एसएमएस212922
204617
रबिन्द्र मिश्र201671
अमेरिकन एम्मेसी , नेपाल178967
यती यएरलाईन्स174876
युनिटिङ्गनेपाल123726
गिफ्टमाण्डु86871
सेतोपाटी77102