Sunday, June 29, 2014

गुगल एडसेन्सको हिसाब किताब

वेबसाईटमा गुगलको विज्ञापन राखेर कति सम्म कमाउन सकिन्छन ? ब्लगिङ्गको सन्दर्भमा मैले सबै भन्दा बढी सुन्ने गरेको प्रश्न यही हो । उत्तरमा म ५ वर्षमा गुगलले पेआउट गर्ने १०० डलर नहुन पनि सक्छ र १ दिनमा १०० डलर भन्दा बढी पनि हुन सक्छ भन्ने गर्छु  ।  धेरैले मेरो उत्तरको पहिलो उदारणमा ध्यान दिदैनन अनि दोस्रो उदारणमा यो कसरी हुन्छ भन्ने सोध्दैनन । गुगल एडसेन्सबाट कसरी पैसा कमाउने कुरा बुझ्नको लागी सबभन्दा पहिले गुगल एडसेन्स पोलिसि बुझ्नु जरुरी छ । गुगलमा एडसेन्स पोलिसिमा सिटिआर , सिपिएम , सिपिसि जस्ता शब्दहरू बाराम्बर प्रयोग हुने गर्दछन । आउनुहोस सबभन्दा पहिले यसबारे चर्चा गरौ  अनि दैनिक १०० डलर कसरी कमाउने त्यसबारे चर्चा गरौला।

सिटिआर : सिटिआर (क्लिक थ्रु रेट) भन्नाले प्रयोगकर्ताले कुनै वेबसाईटमा क्लिक गरेको सङ्ख्यालाई त्यो साइटमा देखिएको विज्ञापनको सख्याले भाग गर्दा आउने सङ्ख्या बुझिन्छ । यसलाई प्रतिसयमा नापिन्छ ।   उदारणको लागी तिन पटक क्लिक भएको विज्ञापन रहेको पेजमा तिन वटा विज्ञापन छ र १०० पटक पेज हिट भएको छ सिटिआर १ प्रतिशत हुन्छ ।  (सिटिआर = क्लिक / देखिएको विज्ञापन सङ्ख्या अर्थात् CTR = 3/300 * 100 )

सिपिसि : सिपिसि (कष्ट पर क्लिक)  भन्नाले प्रयोगकर्ताले कुनै वेबसाईटमा रहेको विज्ञापनमा क्लिक गरे बापत एडसेन्स प्रयोगकर्ताले प्राप्त गर्ने रकम भन्ने बुझीन्छ । कुनै पनि विज्ञापनको सिपिसि कति हो भन्ने कुरा चाही बिज्ञापनकर्तामा निर्भर रहन्छ । उदारणको लागी गुगलले फाईनान्स , मार्केटिङ्ग  आदीलाई धेरै पैसा दिन्छ ।

सिपिएम : सिपिएम भन्नाले एक हजार पटक कुनै विज्ञापन देखाए बापत प्राप्त हुने रकम भन्ने बुझीन्छ ।

आरपिएम : आरपिएम (रेभेन्यु पर थाउजेण्ड ईम्प्रेसन) भन्नाले एक हजार पटक बिज्ञापन देखाउदा प्राप्त हुने आम्दानी भन्ने बुझाउछ । उदारणको लागी २५ पटक विज्ञापन देखाउदा ०१५ डलर आम्दानी भएको भए त्यसको आरपिएम ६ छ भन्ने बुझीन्छ । (पेज आरपिएम = आम्दानी / पेज भ्यु * १०००)

कहिलेकाँही कुनै बिज्ञापनकर्ताले आफ्नो विज्ञापनको सिपिसि को सट्टमा सिपिएम निर्धारण गरेको हुन्छ । जस्ले गर्दा विज्ञापनमा क्लिक नै नभए पनि वेबसाईटको हिटीङ्ग को आधारमा पैसा कमाउन सक्छ । उदारणको लागी १ दिनमा १०० डलर कुन अवस्थामा कमाउन सकिन्छ यसबारे कुरा गरौ ।

मानिलिनुस तपाईँको वेबसाईटमा रहेको विज्ञापनको  सिटिआर (वेबसाईटमा क्लिक गरेको सङ्ख्यालाई त्यो साइटमा देखिएको विज्ञापनको सख्याले भाग गर्दा आउने सङ्ख्या) १ प्रतिशत छर सिपिसि (कुनै वेबसाईटमा रहेको विज्ञापनमा क्लिक गरे बापत एडसेन्स प्रयोकर्ताले प्राप्त गर्ने रकम) ०.२५ डलर छ भने तपाईँले दिनमा १ सय डलर कमाउन तपाईँको पेज ४० हजार पटक हिट हुनु पर्दछ । अथवा वेबसाईटमा रहेको विज्ञापनको सिटिआर १ प्रतिशत र ०.२५ सिपिसि छ भने सो विज्ञापनमा ४ सय पटक क्लिक हुनु पर्दछ । बिज्ञापनदाताले आफ्नो विज्ञापनको सिपिसि सट्टा सिपिएम पनि तोकेको हुन सक्छ । माथि उल्लेख गरे झैँ दैनिक ४० हजार पटक हिट हुने बेबसाईटमा राखेको विज्ञापनको सिपिएम एक देखि डेढ डलर छ भने ४० देखि ६० डलर आम्दानी हुन सक्छ । यहाँ याद राख्नु पर्ने कुरा के छ भने  दैनिक ४० हजार पटक पेज हिट हुनको लागी ५०० वटा पेजभएको वेबसाईटमा प्रत्येक पेज कम्तीमा ८० पटक हिट भएको हुनु पर्छ । 

माथीको उदारण पढेर तपाईँले मनमनै दैनिक १०० डलर कमाउने सोचीसक्नु भएको भए म तपाईँलाई त्यति सजिलो नभए पनि असम्भव चाँही छैन भन्न चाहन्छु । यदि तपाईँको अङ्ग्रेजीमा लेख्ने बानी छ भने तपाईँले अन्तराष्ट्रीय पाठक पाउन सक्नु हुन्छ नत्र नेपालीमा लेखेर यती कमाउनको लागी धेरै नै पापड बेल्नु पर्छ । माथि भनिहाले नि १ प्रतिशत सिटिआर भएको विज्ञापनको सिपिसि ०.२५ डलर छ भने सो पेज ४० हजार पटक हिट हुनु पदर्छ । आजकल गुगलले नेपाली भाषामा भएका वेबसाईटहरुको एडसेन्स एप्लीकेशन नै स्वीकृत गर्दैन भने गुगलले नेपाली भाषा नबुझ्ने हुनाले सिपिसि ०.२५ डलर र सिटिआर १ प्रतिशत भएको विज्ञापन नै आफ्नो साइटमा पाउन मुस्किल हुन्छ ।  एउटै आर्टिकलको पेजभ्यु ८० भन्दा पाउनु भनेको तपाईँको आफ्नो वेबसाईटमा ५०० वटा भन्दा बढी आर्टिकल रहनु भन्दा गार्हो हो । तपाईँको वेबसाईटमा ५ सय भन्दा बढी आर्टिकल हुन सक्छन् तर प्रत्येक आर्टिकल कम्तीमा ८० जना भन्दा बढी हेर्ने गरिको स्तरिय हुनु अर्कै कुरा हो । नेपाली भाषामा लेखिने तपाईँको वेबसाईटको दैनिक ४० हजार भन्दा बढी हिट हुनथाले पछि त्यसलाई गुगल बाट बचाई राख्न झनै गार्हो हुन्छ । गुगलले नेपाली भाषाको वेबसाईट विज्ञापन नदिने नीति लिएकोले महिनाको २९ औ दिन गुगल एडसेन्स बन्द हुन सक्छ । जस्तो कि , कसैले मेरो वेबसाईटमा गुगलको विज्ञापन राखेको कुरा देखि नसहेर गुगललाई पोल लगाई दिएको हुनाले मेरो बेबसाईटलाई गुगलले प्रतिबन्ध लगाएको छ ।

गुगलबाट दैनिक १०० डलर कमाउन सकिन्छ तर सजिलो छैन । तर जब तपाईँ गुगलबाटै दैनिक १०० डलर कामउन थाल्नु हुन्छ त्यही वेबसाईटमा अन्य विज्ञापन राखेर त्यसलाई डब्ल्याउन सक्नुहुन्छ ।

यदी तपाईले साच्चीकै वेबसाईटबाट पैसा कमाउने सोची सक्नु भएको भए यि किताबहरु डाउलोड गरी पढ्नु उपयुक्त हुन्छ ।

E-Book - Affiliate Marketer’s Handbook
GoogleCash - Make Money with Online Affiliate Programs
Investing uncertain economy Dummies
Jeremy Palmer - High Performance Affiliate Marketing
Make $500 Per Day Online Gambling Secrets
Make Money Online with Foolproof Adwords Campaigning
The Crash Course To Affiliate Marketing

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।