Friday, June 20, 2014

ठुला ईन्टरनेट कम्पनीहरुको आयस्रोत

बिल गेट्स, सेर्गे ब्रिन, ल्यारी पेज, मार्क जुकरबर्ग आदी यस्ता नाम हुन जो बिगत केही वर्षदेखी विश्वभरीका धनाढ्यहरुको सुची तयार गर्ने फोर्ब्स पत्रिकाको उपल्लो सुचीबाट बाहीरिएका छैनन । अझ बिगत चार वर्षदेखी दोस्रो नम्बरमा रहेका बिल गेट्स त यस वर्ष पहिलो नम्बरमा उकालो चढे । उनि पहिले पनि धनाढ्यहरुको सुचीमा पहिलो नम्बरमा थिए र फेरी त्यही स्थानमा पुगे ।  माईक्रोसफ्टका बिल गेट्सको प्रमुख आयस्रोत सफ्टवेयर हो । अर्का धनाढ्य मार्क जुकरवर्ग को सम्पतीको स्रोत फेसबुक हो ।  सेर्गे ब्रिन र ल्यारी पेजले चाँही गुगलबाट यस्तो बिघ्न सम्पती कमाएका हुन । गुगलमा सर्च गर्दा वा त्यसबाट आफुले खोजेको नतिजा हात पार्दा कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन । हो त्यही सर्च ईन्जीनबाट संस्थापकहरुले आर्जन गरी  विश्वभरीका प्रमुझ १० धनाढ्यहरुको  सुचीमा परेका छन  ।

प्रयोगकर्ताको सर्च रिजल्ट पेजको उपल्लो स्थान र दाँया तर्फ बिज्ञापन राखेर मात्र गुगलले आफ्नो आम्दानीको ६२ प्रतिशत हिस्सा प्राप्त गर्ने गर्ने गर्दछ । गुगलका अतिरिक्त यस कम्पनीका अन्य वेबसाईटहरु पनि छन जसबाट गुगले आय आर्जन गर्ने गर्दछ । गुगल नेटवर्कका अन्य वेबसाईटहरु गुगल एडवर्ड, गुगल एडसेन्स ,गुगल एप्स आदी यस्ता केही गुगल उत्पादनहरु हुन जसबाट गुगलले आय आर्जन गर्ने गर्दछ । जस्तो कि गुगल एडवर्ड बाट यसका प्रयोगकर्ताहरुले आफ्नो उत्पादनको बिज्ञापन गर्न सक्दछन भने गुगल एप्सबाट गुगलको केही उत्पादनहरुलाई पर्सनलाईज्ड गरी प्रयोग गर्न दिन्छ  । यसैबाट गुगलले पैसा कमाउने गर्दछ । उदारणको लागी गुगलले सर्वसाधरण प्रयोगकर्ताहरुलाई जिमेल निशुल्क चलाउन दिए पनि ठुलाठुला कम्पनीहरुलाई उनिहरुको ईच्छाअनुसार जिमेल लगायतका उसका अन्य केही उत्पादन परिमार्जन गरी प्रयोग गर्न दिन्छ र यसै बाट पैसा कमाउने गर्दछ ।  गुगलको कुल आम्दानीमा गुगल नेटवर्कका माथी उल्लेखित लगायत अन्य वेबसाईटहरुको हिस्सा २१ प्रतिशत छ ।  हालसालमा गुगलले खरिद गरेका अन्य उत्पादनले पनि गुगललाई राम्रै आम्दानी दिईरहेको छ । उदारणको रुपमा गुगलले मोबाईल बानाउने कम्पनी मोटरोला किनेर यसैबाट आफ्नो आम्दानीको ८ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।

सफ्टवेयर बजारमा माईक्रोसफ्टको एकलौटी बजार बिल गेटसको प्रमुख सम्पतीको स्रोत हो । बिल गेटको सम्पतीको कुरा हुने बित्तिकै हामीले सम्झीने गरेको विन्डोज अपरेटिङ्ग सिस्टम र यसैमा निहित रहेर सञ्चालन हुने अन्य अफिस प्याकेज प्रयोग्रामहरु मात्र उनको सम्पतीको स्रोत हैन । यसको लाईसेन्स बिक्रीबाट प्राप्त हुने रकमले त माईक्रोसप्टको कुल आम्दानीको ४७ प्रतिशत स्थान मात्र ओगटेको छ ।  सफ्टवेयर ब्रिकी पश्चात प्रयोगकर्ताहरुलाई प्रदान गर्ने कर्पोरेट सपोर्टबाट पनि माईक्रोसप्टले आम्दानी गर्ने गर्दछ । पछिल्लो चरणमा माईक्रोसफ्टले हात हालेको हार्डवेयर सर्भिसले पनि यसलाई राम्रै मुनाफा दिईहरेको छ । माईक्रोसफ्टको एक्सबक्स गेमिङ्ग कन्सोल र नोकियाको ब्यापार केही यस्ता उदारणहरु हुन जसले यसलाई हार्डवेयरको क्षेत्रमा यसको आम्दानीको १४ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।

स्टीभ जब्सको निधन हुनुपुर्वनै यसका आलोचकहरु समेत जब्सको आयुको बारेमा यकिन गर्न सकिन्न तर एप्पलको चाही  लामो छ  भन्थे । नभन्दै जब्सको मिहनतले अदितिय स्थान ओगेटको भनिने एप्पलले अझै पनि आफ्नो स्थानबाट डगमगाउनु परेको छैन । प्रयोगकर्ताको जिवनशैलीमा एप्पलका उत्पादनहरु यसरी भिजेका छन कि कसैले यसको बजार बिश्थापन गर्ने सोच्न पनि नसकिने अवश्था छ । यसको कारणको रुपमा यसको बजार रणनितीलाई पनि लिन सकिन्छ । जस्तो कि एप्पलले न अरु कसैले बनाई दिएको हार्डवेयरमा आफ्नो सप्टवेयर ईन्सटल गर्ने अनुमती दिन्छ न आफ्नो सफ्टवेयर कसैको हार्डवेयरमा जडान हुन सक्ने बनाउछ । आईफोन, आईप्याड, आईपोड, म्याकबुक, आईट्युन एप्पलका यस्ता उत्पादनहरु हुन जसमा हार्डवेयर र सफ्टवेयर दुबै उसैका मात्र लाग्छन । एप्पलको आईफोनको बजार ठुलो र एकलौटी जस्तो छ तर पनि यसले कम्पनीलाई आम्दानीको ५५ प्रतिशत हिस्सा मात्र दिईरहेको छ । ट्याबलेट कम्प्युटरलाई एप्पलले आईप्याड नाम दिएर बिक्री गर्यो जसले कम्पनीलाई आम्दानीको १८ प्रतिशत हिस्सा दिलाई रहेको छ । 

नेपालका सर्वसाधरण प्रयोगकर्ताको पँहुच भन्दा अलि माथी रहेको म्याकबुक एप्पलले निकालेको ल्यापटप कम्युटर हो । जसलाई नेपालमा किन्दा अन्यको तुलनामा तिन चार गुना बढी मुल्य भुक्तान गर्नु प्रर्दछ यसको पनि विश्वबजारमा राम्रो स्थान छ । कम्पनीलाई यसैले मात्र १३ प्रतिशत भन्दा बढी मुनाफा दिलाई रहेको छ भनिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।