Monday, June 16, 2014

मोबाइलमा वर्ल्डकप


यसभन्दा अघिल्लो वर्ल्डकप फुटबल प्रतियोगितामा समेत फुर्सद पाँउदा मात्र खेल हेर्न पाउनेहरुले कति बजे कुन कुन टिमको खेल छ भनी थाहा पाउन दैनिक पत्रिकाको खेल स्तम्भ हेर्नु पर्दथ्यो । सबै खेल हेर्न चाहनेहरु प्रतियोगिता सुरु हुनु अगाडी पत्रपत्रिकाले निकाल्ने खेलतालिका जतन गरेर राख्थे भने नकआउटमा खेलको नतिजाले अब को सँग को भिड्छ भन्ने थाहा पाउन प्रत्येक दिनको खेल तालिकामा कसले कति नम्बर प्राप्त गर्‍यो टिपेर राख्नु पर्थ्यो । अझ आयोजक राष्ट्रको समय र यहाँको स्थानीय समयको अन्तरले धेरैलाई रनभुल्लमा पार्दथ्यो ।

अघिल्लो वर्ल्डकप प्रतियोगिताको चारवर्ष समय अन्तरालमा मोबाइल टेक्नोलोजीमा ठुलो परिवर्तन भईसकेको छ । अब वर्ल्डकप प्रतियोगिताको नतिजाको उतारचढाव र तालिका थाहा पाउन खेलपत्रकार बनिरहन नपर्ने भएको छ । आठ दश हजार देखी झण्डै लाख रुपयाँ सम्मको मोबाइल बोक्नेहरुले एउटा एप्लीकेशन डाउनलोड गरेको भरमा कुन खेल कहिले र कहाँ हुने देखी वर्ल्डकप प्रतियोगिताको ईतिश्री थाहा पाउन सम्भव भएको छ ।


आईफोन देखी एन्ड्रोईड अपरेटिङ्ग सिस्टम भएको मोबाइलमा ईन्सटल (जडान) गरिने मोबाइल एपहरुवाट साधरणतय खेलको तालिका, प्रतियोगितामा सामेल कुनै पनि खेलाडीले गरेको गोल सङ्ख्या देखी कुनै म्याचमा रातो अथवा पंहेलो कार्ड प्राप्त गरेको भएको त्यसको विवरण, खेलको लाईनअप देखी टिममा खेलाडीहरुको फर्मेशन सम्म थाहा पाउन सकिन्छ । अझ आफूले रोजेको टिमको लाईभस्कोर , त्यसको प्रर्दशनको विश्लेषण, त्यसै टिमको खेल नछुटोस भनी सो टिमको खेल आउने समयको नोटिफिकेशन प्रयोगकर्ताको लागी धेरै उपयोगी देखीन्छन । प्रयोगकर्तालाई प्रभावित पार्न धेरै एप्लिकेशनहरुले त यस प्रतियोगितामा सामेल खेलाडीहरुको व्यक्तिगत विवरण समेत राखेका छन् । यसले यसै प्रतियोगिता बाट चम्कने खेलाडीहरुबारे बुझ्न सजिलो पर्ने देखीन्छन । अझ स्मार्टफोनमा हुने जिपिएसमा आधारित रहेर मोबाइलमा बोकेर विश्वको जुनसुकै कुनामा पुगे पनि प्रतियोगिताको खेल स्थानीय समय अनुसार कति बजे सुरु हुन्छ भनेर त्यसै मोबाइलमा देखाई दिन्छ । त्यस्तै प्रतियोगिता अवधिमा मा भएका महत्वपुर्ण गोल तथा क्षणलाई कुनै पनि बेला हेर्न मिल्ने गरी लिङ्क राखिने हुनाले खेल हेर्न छुटाउनेले पनि पछुतो मान्नु पर्दैन ।

तर यसो भन्दैमा आईओएस तथा एप्पल स्टोरमा राखिएका ब्राजिल बर्ल्डकप फुटबल प्रतियोगिता सम्बन्धी जुनसुकै मोबाइल एप्लीकेशन डाउनलोड गर्नु पनि बुद्दिमानी हुदैन । खेल अवधिभर माथि उल्लेख गरिएका सबै विवरणहरू जुनसुकै बेला अध्यावधी भईरहनु कम्तीमा यस्ता एप सञ्जचालन गर्ने सानो समूह र ब्यक्तिबिशेशको लागी कठिन विषय हो । अझ खासै नाम नचलेका कम्पनी तथा डेभलपरहरुको एप डाउनलोड गर्ने हो भने यसै प्रतियोगिता अवधिभर प्रयोगकर्ता बटुलेर कालान्तरमा त्यस मोबाइल एप्लीकेशनलाई कुनै ब्यपारिक प्रयोगजनको लागी बेचि दिन सक्दछन । ब्यपारिक प्रयोजनको लागि जडान गरिएको एप्लीकेशन तपाईँको मोबाइलमा भए पछि मोबाइलमा अनावश्यक बिजापन आउने , तपाईँको व्यक्तिगत विवरण अन्य कार्यको लागी पनि प्रयोग हुने हुन सक्दछ । यसको लागी बेलैमा सचेत भए भरपर्दा एप्लीकेशनहरु डाउनलडो गर्न उचित हुन्छ । उदारणको रूपमा केहीलाई तल समेट्ने प्रयास गरिएको छ ।

द फिफा एप : बर्ल्डकप प्रतियोगिताको मुख्य आयोजक फेडरेशन अफ द ईन्टरनेशनल एसोसियसन (फिफा) ले प्रयोगमा ल्याएको यस एप्लीकेशनलाई आधिकारिक मान्न सकिन्छन । यस एप्लीकेशनमा फुटलबल प्रतियोगिता सम्बन्दी तात्कालिक समाचार, टिम बिशेकको राष्टिय क्रमसंख्या, खेल सुरु हुने समय, स्थान र त्यसको परिचय, टिमको खेलाडीहरुको प्रोफाईल आदी पाउन सकिन्छन । फिफाले आफै अध्यावधी गर्ने भएकोले यसमा भएका सामग्रीलाई आधिकारिक मान्न सकिन्छ । हाल यो एप्लीकेशन एन्ड्रोईड, आईओएस अपरेटिङ्ग सिस्टम जडान भएको मोबाइल तथा ट्याबलेट पिसीमा जडान गर्न सकिन्छ ।

ईएसइपिएन एफसि फुटबल एण्ड वर्ल्डकप कप : टेलिभिजनमा वर्ल्डकप प्रतियोगिताको लाईभ प्रसारण गर्ने अनुमति पाएको अमेरिकन च्यानल ईएसपिएनले प्रयोगमा ल्याएको यो एप्लीकेशन पनि धेरै महत्वपुर्ण छ । यस एप्लीकेशनमा प्रतियोगिता अवधिमा मा भएका महत्वपुर्ण गोल तथा क्षणलाई कुनै पनि क्षणमा हेर्न मिल्ने गरी राखिएको छ । एन्ड्रोईड र आईओएस अपरेटिङ्ग चल्ने जुनसुकै डिभाईसमा डाउनलोड गर्न मिल्ने यो एप्लीकेशनमा खेलतालिका , खेल बिज्ञहरुको विश्लेषण, टिमको विवरण आदी पनि पाउन सकिन्छ ।

फुटबल वर्ल्ड २०१४ : मोबाइलको लागी नेपाली पात्रो बनाउने शङ्कर उप्रेतीले बनाएको यो एप्लीकेशन खेलको विवरण, खेलको टाईमलाईन, लाइन-अप, समुगत विवरण, खेल सुरु हुने अन्त हुने समय का अतिरिक्त सम्बन्धित खेलको बारेमा ट्वीटरका अफिसियल ह्यास ट्याग प्रयोग गरेर गरिएका ट्वीटहरु पनि समावेश हुने गर्दछ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।