Sunday, August 17, 2014

एउटा चाईनिज मोबाइलको सफलताको कथा

गत सप्ताह भारतमा नाम चलेका ब्रोडिसट दैनिकका प्रविधि स्तम्भ एक चाईनिज मोबाइल कम्पनीले भारतमा गरेको ब्यपारको चर्चा गर्दैमा बित्यो । भलै यसअघि 'ईण्डीया डोमिनेटेड'  दक्षिण एसियाली बजारमा उक्त कम्पनीको यस्तो बिघ्न चर्चा पहिले नभएको होस , टाइम फोर्ब्स जस्ता अन्तराष्ट्रीय सञ्चार माध्यमले जिओमी नाम गरेको उक्त चाईनिज मोबाइल कम्पनीको खुलेरै प्रंशशा गरेको थिए । एप्पलको चाईनिज प्रतिश्पर्थी भनिने उक्त मोबाइल कम्पनीले आफ्नो बजार भारत, सिङ्गापुर, चिन, मलेसिया, ताईवान लगायत हङ्गकङ्गमा मात्र सीमित गरेको भए पनि बिश्वबजारमा स्थापित कम्पनीहरू सँग प्रतिश्पर्था गर्न आतुर देखिन्छ । धेरैले यस कम्पनीले सामसुङ्ग तथा एप्पलको मोबाइल बजारको ठुलो हिस्सा कब्जा गर्न सक्ने अनुमान गरेका छन् ।


भारतमा त्यस्तो बिघ्न चर्चा हुनुको कारण हेर्दैमा चित्ताकर्षक  देखिने आईफोनको जस्तो जिओमीको एमआईथ्री नाम गरेको एन्ड्रोईड मोबाइल फोन थियो । जसको बिक्री अकल्पनीय रूपले सफल रहयो । धेरैले यसलाई कम्पनीको बजार रणनिती पनि भने । तर २.४ चार सेकेन्डमा बिस हजार मोबाइल फोन बिक्री हुनु चानचुने कुरा थिएन ।  फिल्पकार्ट डट कम भनिने भारतको एक नाम चलेको अनलाइन सपिङ्ग वेबसाईटमा यस अघि २ पटक पनि यसरी नै हारालुछ भएको थियो । फिल्पकार्ट बाट नै पहिलो पटक लगभग चालिस मिनेटमा दश हजार फोन बिक्री भएको थियो भने दोस्रो पटक पाँच सेकेन्डमा १५ हजार फोन सकिएको थियो । पछिल्लो पटक २० हजार फोन दोस्रो पटकको भन्दा आधा समयमा बिक्री भएको थियो ।  यही आँउदो बुधवार २० हजार मोबाइल फोन वेबसाईटमा राखिने बताइएको छ भने यसलाई वेबसाईटमा बिक्री हुने बित्तिकै खरिद गर्न पचहत्तर हजार भन्दा बढीले उक्त वेबसाईटमा  आफूलाई दर्ता गरीसकेका छन् । फिल्पकार्ट भारतमा जिओमी मोबाइल अनलाइन बिक्री गर्ने आधिकारिक वेबसाईट हो

यती कुरा गरीरहदाँ धेरैलाई लाग्न सक्छ । यती धेरै प्रयोगकर्ताले उक्त फोन रुचाउनुको कारण के हो त ? सबभन्दा पहिले त यसको मूल्य नै भन्न सकिन्छ । भारतीय बजारमा तेर्ह हजार नौ सय उन्नासय भारतीय रुपयाँ मूल्य राखिएको उक्त फोन त्यति नै मूल्य र विशेषता भएको अर्को कम्पनीको त्यस्तै मोबाइल फोन पाउन मुस्किल देखिन्छ । निश्चय पनि नयाँ एन्ड्रोईड संस्सकरणको अपरेटिङ्ग सिस्टम भएको तेर्ह मेगा पिक्सल क्यामरा , दुई दशमलब तिन गिगाहर्ज क्वाडकोर प्रोसेसर , सोर्ह गिगाबाईट फ्लास मेमोरी , पाँच इन्चको एचडी स्क्रीन र सबभन्दा लोभलाग्ने कुरा तिनहजार पचास एमएएच लिथिनियम आएन ब्याट्री भएको मोबाइल फोन त्यो मूल्यमा पाईदैन । एन्ड्रोईड अपरेटिङ्ग सिस्सटम भएको यस मोबाइलमा अन्य एन्ड्रोईड भएका जस्ता सफ्टवेयर फिचर त छदैछन । यसमा जडान गरिएको हार्यवेयर चाँही यसको विशेषता हो । एसमा एप्पलको आईफोनमा जस्तै कहीँ कतै उक्त फोन हराएमा बेबसाईटबाट नै लक तथा ट्रेस गर्न सकिन्छ । कम्पनीले आफ्नो प्रयोगर्ताहरुलाई अन्य एन्ड्रोईड मोबाइल उत्पादक भन्दा फरक तरिकाले सन्तुष्टी दिनको लागी बिचबिचमा सफ्टवेयर फिचरहरु अपडेट गर्ने गर्दछ । त्यही कुरालाई केही भारतीय मिडियाले जिओमीले आफ्ना ग्राहकहरुको डाटा चाईना लाग्छ यो सुरक्षित छैन भनेर हल्ला गरिरहेका छन् । आधिकारिक रूपमा पुष्टीहुन नसकेको यो आरोपलाई प्रतिश्पर्थी कम्पनीहरूको बजार रणनितिको रूपमा ब्यख्या गर्नेहरु पनि कम छैनन् ।

र अन्तमा , नेपालमा बजारमा आधिकारिक बिक्री सुरु भै नसकेको यो फोन मोबाइल उत्पादन र बिक्रीको क्षेत्रमा एक किसिमले सफलताको कथा हो । झण्डै आधालाख पर्ने सामसुङ्गको ग्यालेक्सी एस फोरको जस्तै विशेषता र कतिपय कुरामा उम्दा देखिएको मोबाइल फोन त्यसको भन्दा आधा भन्दा कम दाममा पाउन थाले पछि प्रयोकर्ताहरु लोभिनु त स्वभाविकनै हो । यसले प्रयोगकर्ताको रुचिलाई पनि आत्मसात गर्छ । त्यसमा माथि बजारको माग भन्दा उत्पादन र आपुर्ति कम गरे पछि प्रयोगकर्ताउहरुको कौतुलता उत्पन्न हुनै नै भयो । यही रणनितको साथ यो चाईनिज कम्पनी उकालो लाग्दै गरेको देखिन्छ ।
यो लेख २०७१ भाद्र गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।