Sunday, October 12, 2014

नयाँ नामका इन्टरनेट ठेगाना


इन्टरनेट ठेगाना वा वेबसाईट भन्ने बित्तिकै डट कम भन्ने जमाना अब रहेन ।  डटकम झुण्डीएर रहने इन्टरनेटको ठेगाना अर्थात् डोमेन नेमको अनुपलब्धता सँगै त्यही डट कम भन्ने डोमेन एक्सटेन्सन (डोमेननेममा डट पछि आउने शब्द) लाई नै प्रतिश्थापन गर्ने शब्दहरू प्रशस्त मात्रमा प्रयोगमा आउन थालेका छन् । त्यसैले अब कसैले आफ्नो वेबसाईट ठेगाना बताउदाँ अन्तमा डटकम भन्ने शब्द बताएन भने खासै अनौठो नमाने हुन्छ । किनभने त्यो संम्भवत तपाईँले नसुनेको डोमेन एक्सटेन्सन हुन सक्छ ।

हाम्रो देशकै कन्ट्रीकोड डोमेन एक्सटेन्सन (वेबसाईट ठेगानाको अन्तमा डट एनपी आउने डोमेन) को कुरा गर्दा केही पहिले डट कम डट एनपी , डट ओआरजी डट एनपी , डट जिओभी डट एनपी आदी प्रयोगमा थिए भने त्यसपछि  डट ट्राभल डट एनपी , डट ईन्फो डट एनपी जस्ता केही थप डोमेनहरु प्रयोगमा आए । आजभोली नयाँ डोमेन दर्ता गर्न चाहने हो भने डट एजेन्सी डट एनपी देखी डट एक्सवाईजेड डट एनपी सम्मका डोमेन नेम एक्सटेन्सनहरु उपलब्ध छन् । मर्कन्टायल कम्युनिकेशन प्रालि मार्फत निःशुल्क दर्ता हुने हाम्रो देशको कन्ट्रीकोड टपलेभल डोमेन जे जति छन् ती सबै अङ्ग्रेजी अक्षरमा टाइप गर्नु पर्ने  खालका छन् । छिमेकी देश चिन र भारतको कुरा गर्ने हो भने अहिले त्यता स्थानीय भाषामा वेबठेगाना उपलब्ध हुन थाली सकेको छ । आजभोली भारतियहरुले डट भारत , डट सङ्गठन आदी एक्सटेन्सन भएका डोमेनहरु प्रयोग गर्न थाली सकेका छन् ।



किन यती धेरै डोमेन एक्सटेन्सनहरु प्रयोगमा ल्याईयो त ?
केही वर्ष पहिले देखीनै विश्वब्यापी ब्राण्ड भ्यालु बोकेर बसेका प्रयोगकर्ताहरुले आफ्नो ब्राण्ड नेम सुहाँउदो डोमेन नेम पाउन छोडे पछि यसको बिकल्पहरुको बारेमा चर्चा चल्न थालेको थियो । कोकोकोला , एप्पल , नाईक, टोयटा जस्ता विश्वभरीमा नाम कमाएका ठुला ठुला कम्पनीहरूले तत्कालीन अवस्थामा चलनचल्तीमा रहेका डोमेन एक्सटेन्सनको सट्टामा आफ्नो कम्पनीको नाम राख्न पाउनु पर्ने माग डोमेन नेमसम्बन्धी व्यवस्था हेर्ने संस्था आइक्यान समक्ष गरेका थिए । कालान्तर त्यही व्यवस्था सर्वसाधरणको लागी खुल्ला गरियो । आजभोली प्रत्येक हप्ता जस्तो नयाँ नयाँ डोमेन नेमहरु प्रयोगमा आइरहेका छन् । नयाँ डोमेन एक्सटेन्सन खरिद गर्ने प्रक्रिया अलि महङ्गो छ तर उपलब्ध भए सम्म आफूले रोजेकै डोमेन एक्सटेन्सन पाउन सकिन्छ ।

सर्वसाधरणको लागी नयाँ डोमेन एक्सटेन्सन मा डोमेन दर्ता गर्ने प्रावधान के छ ?
साधरणतय ईन्टेनेटमा तोकिएको शुल्क तिरेपछी आफूले चाहेको डोमेन खरिद गर्न सकिन्छ तर केही विशेष प्रकारका  पेसा वा ब्राण्ड बताउने डोमेन एक्सटेन्सनमा दर्ता गर्नको लागि आफू सो सँग सम्बन्धित रहेको प्रमाण पेस गर्नु पर्दछ । उदारणको लागी नेपालको कुनै कम्पनी वा व्यक्तिले डट युएस डोमेन एक्सटेन्सन निवार्ध प्रयोग गर्न सम्भव छैन । यस प्रकारको डोमेन प्रयोग गर्नको लागि आफू वा आफ्नोकम्पनी अमेरिकन भएको प्रमाण पेस गर्नु पर्छ । झुक्यार दर्ता गरेको खण्डमा पनि कुनै झोसपोल हुने बित्तिकै सो नाम गुमाउनु पर्ने खतरा हुन्छ । नेपलाकै कन्ट्रिकोड डोमेन एक्सटेन्सनको कुरा गर्ने हो भने पनि दर्ता गर्नको लागि पक्का कागजपत्र हुन जरुरी छ । डट लयर डट एनपी डोमेन दर्ता गर्नको लागि आफू नेपाली नागरिक र वकिल रहेको प्रमाण पेस गर्नु पर्दछ

यती धेरै प्रकारका डोमेन नेमहरु हुँदा के फाइदा छ त ?
धेरै प्रकारको डोमेन नेम एक्सटेन्सनको उपललब्धताले प्रयोगकर्ताहरुकको ब्राण्ड भ्यालु जोगाई राख्न मद्दत गर्दछ । साथसाथै जस्तो सुकै विषयवस्तुको वेबसाईटको ठेगानामा डट कम झुण्डीदा यसलाई व्यवस्थापन गर्न केही कठिनाइ थियो सो समस्या सामाथान हुन्छबिस्तारे हल हुँदै जान्छ । जस्तो कि इन्टरनेटमा अश्लील सामग्रीहरू प्रवाह गर्नको लाई प्रयोगमा रहेको डट एक्सएक्सएक्स जस्ता वेबसाईटहरुलाई स्कुल , कलेज हरुमा ठाडै प्रतिबन्ध लगाउन सकिन्छ भने यारिस डट टोयटा भन्ने डोमेननेम सुन्ने बित्तिके यारिस भन्ने टोयटाको कम्पनीको कुनै सवारी साधनको ब्राण्डनेम रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।
यो लेख मिति २०७१ आश्वीन २६ आईतवारको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।