Friday, November 14, 2014

कम्प्युटर चलाइ रहदाँ हुनसक्ने स्वास्थ्य समस्या

Computer Vision Syndrome
विज्ञहरुका अनुसार कम्प्युटर किबोर्ड, माउसलाई गलत ढङ्गले प्रयोग गर्नाले हातको नाडीमा रहेको स्नायुमा दबाब परि नाडी,  हातका औंला दुख्ने तथा सुनिने समस्या उत्पन्न हुन्छ । यद्दपी लामो समय सम्म कम्प्युटरमा काम गर्न थाले पछि आफसे आफ किबोर्ड तथा माउसलाई सही तरिकाले आफूलाई असहज महसुस नहुने गरी चलाईने हुनाले एकाधमा मात्र यस किसिमको समस्या आउन सक्दछ । साधरणतय कम्प्युटर नियमित चलाउनेहरुको हात तथा नाडीमा यस किसिमको समस्या आउनु अगावै धेरैमा कम्प्युटरकै कारणले आँखाको समस्या देखिन थाल्दछ । जसलाई बिज्ञहरुको भाषामा कम्प्युटर भिजन सिन्ड्रोम तथा साधारण बोलीचालीको भाषामा आँखा सुक्ने रोग भनिन्छ ।

कम्प्युटरमा काम गर्दा मोनिटरमा एकहोेरो हेरी रहने हुनाले आँखामा एक किसिमको थकाइ उत्पन्न हुनुको साथै आँखालाई ओसिलो बनाइराख्ने आँसुको सतह बन्न छाड्छ र  आँखा सुखा हुन्छ  । यसले गर्दा आँखा पोल्ने समस्या हुन्छ । बिज्ञहरुका अनुसार यसका साथै आँखा रातो हुने,  टाउको दुख्ने, घाँटी दुख्ने, कम्मर दुख्ने, रङ पहिचान गर्ने क्षमतामा पनि ह्रास आउछ  । यदि कुनै व्यक्ति प्रतिदिन तीन घन्टाभन्दा ज्यादा कम्प्युटरमा काम गर्छ भने त्यस्ता व्यक्तिमा यस किसिमको समस्या देखा पर्ने खतरा रहन्छ ।



स्वास्थ्य संस्थामा गएर नेत्र रोग बिषेशज्ञहरुलाई यस रोगको बारेमा परामर्श लिदाँ औषधीका अतिरिक्त कम्प्युटर चलाउने शैली सुधार्न सल्लाह दिने गरेका छन् । साधरणत आँखा सुख्खा हुने समस्या भएका बिरामीहरुलाई आँखा ओसिलो राख्नको लागी विभिन्न प्रकारका लुब्रिकेटिङ्ग आई ड्रपहरु दिने गरिन्छ । तर आई ड्रप प्रयोग गरेर कम्प्युटर चलाउनु पर्ने अवस्था आउनु पुर्वनै केही सावधानीका उपायाहरु अवलम्बन गरेमा यस किसिमका समस्याहरूबाट बच्न सकिन्छ ।  जस्तो कि  यस्तो अवश्थमा आफूले काम गर्ने कम्प्युटरको मोनिटर सीआरटीको सट्टा एलसीडी  राख्नेले पनि आँखाले केही राहत पाँउछ । मोनिटर परिवर्तन गर्न नसक्नेले कम्तीमा एन्टि ग्लेयर स्क्रिनको प्रयोग मात्र गरेको अवस्थामा पनि केही राहत हुने गर्दछ । किनभने एन्टि ग्लेयर स्क्रिनले कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाई नियन्त्रण गर्ने हुनाले आँखामा पर्न जाने नकरात्मक प्रभावलाई कम गरी आँखा दूख्ने वा थाक्ने समस्यालाई कम गर्छ ।

सकेसम्म  अध्यारो स्थानमा बसेर चलकिलो प्रकाश आउने गरी कम्प्युटर चलाउन उचित हुदैन । यसरी त कम्प्युटर मात्र हैन लामो समय सम्म  टेलिभिजन पनि हेर्नु हुदैन भन्ने गरिन्छ । बिज्ञहरुले आफ्नो कम्प्युटरको वा ल्यापटपको मोनिटर २० देखी २४ इन्चको फरकमा राखेर मात्र काम गर्न उचित हुने बताउने गर्दछन । आँखा र मोनिटरको समान्तर स्थानमा हुनु हुन्दा आँखाको तहबाट ५, १० डिग्री तल हुने गरी राख्नु उपयुक्त मानिन्छ  ।  कम्प्युटर भिजन सिन्ड्रोम बाट पिडीतहरुलाई डाक्टरहरुले प्रत्येक २० मिनेटमा २० फिट टाढा हेरेर २० पटक आँखा झिम्क्याउने सल्लाह दिने गरेका गर्दछन ।  यो एकदमै प्रभावकारी तरिका भएकोले हुन सक्दछ विभिन्न अपरेटिङ्गमा सिस्टम जडान गरिएका सबै जस्तो कम्प्युटरहरुमा प्रत्येक २० मिनेमा आराम लिने गरी कम्प्युटर लक वा हाईबरनेशनमा जाने सफ्टवेयरहरु  पाउन सकिन्छ । एकहोरो भए नियमित रूपमा यस तरिकाले काम गर्दा आराम लिने प्रक्रिया झन्झटिलो भएको ठान्नेहरुलाई पनि बिज्ञहरुले प्रत्येक १ घण्टामा ५ मिनेट आराम लिने सल्लाह दिने गर्दछन ।

प्रविधिको विकास सँगै यसले मानव जीवनमा सहजता मात्र हैन केही चुनौतीहरू पनि सिर्जना गरेको छ । यद्दपी निचोडमा के भन्न सकिन्छ भने आँखा दुख्छ भनेर कम्प्युटर नचलाउने हैन बरु सावधानीका उपायाहरु अवलम्बन गरेर यसको प्रयोग गर्ने हो भने आफैमा यो समस्या हैन यसले प्रयोगकर्ताको कामलाई सजिलो नै बनाई दिन्छ ।

( ब्यक्तीगत अनुभवमा आधारित यो लेख मिति २०७१ कार्तिक २३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।  )

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।