Saturday, November 1, 2014

विश्वब्यापी रूपमा स्मार्टफोनले क्यामरालाई बिश्थापन गर्दै

झण्डै एक दशक अघिको कुरा गर्ने हो भने दसैँ सकिएर तिहार लाग्नु अघिको समय भनेको फोटो स्टुडियोहरूमा भीडभाड हुने बेला हो । यो बेला धेरैलाई परम्परागत एनालग क्यामराबाट खिचिएका फोटोहरू धुलाउने चटारो हुन्थ्यो । चाडबाडको बेला परिवारका सबै सदस्यहरू भेला भएर खिचिएका फोटोहरू कतिपयले फ्रेमिङ्ग गरी भित्तामा झुण्याउथे । प्रविधिको विकास सँगै समयले कोल्टे फेरिसकेको छ । एनालगबाट फड्को मारी सकेका डिजिटल फोटो स्टुडियोहरू बन्द त भइसकेको छैनन् तर त्यहाँ उस बेलाको जस्तो भीडभाड देखिँदैन । शहरबजारमा धेरैको हातमा डिजिटल क्यामरा छ । डिजिटल क्यामरा नहुने सँग सस्तोमस्तो भए पनि स्मार्टफोन भए पनि छ । सबभन्दा मुख्यकुरा त फेसबुक , इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुमा छन् जस्का भित्ताहरु (वाल) मा अपलोड भएका फोटोहरूले फोटो स्टुडियोको भीडलाई बिर्साई दिन्छन् ।

एक अध्ययन अनुसार  डिजिटल क्यमराबाट खिचिएको फोटोहरू मध्ये लगभग पैतिस प्रतिशत प्रयोगकर्ताहरुले उक्तफोटो कम्प्युटरमा सेभ गरेर मात्र राख्दछन भने सत्र प्रतिशत प्रयोगकर्ताहरू मात्र स्टुडियो सम्म पुगी फोटो धुलाउने गर्दछन । सबभन्दा चाख लाग्दो तथ्य त के छ भने त स्टुडियो सम्म पुगी फोटो धुलाउने भन्दा पनि बढी लगभग तेइस प्रतिशत प्रयोगकर्ताहरु उक्त फोटो सामाजिक सञ्जाल वेबसाईटसाईटमा अपलोड गरी त्यसैमा चित्त बुझाउने गर्दछन । बिबिसी, आएस्टकफोटो, सिनेट, मेकयुजअफ जस्ता अनलाइन पोर्टलहरुमा छापिएका समाचारहरुलाई आधार मानी उक्त तथ्याङ्ग सार्वजनिक गर्ने ट्रिट डट कम भन्ने बेबसाईटले गरेको अध्ययन अनुसार अहिले विश्वको कुल जनसङ्ख्याको लगभग बहत्तर प्रतिशत जनसङ्ख्याले मोबाइल फोन प्रयोग गर्ने गर्दछन् ।
मोबाइल फोन बोक्नेहरु मध्येपनि झण्डै पचासी प्रतिशत प्रयोगकर्ताहरू क्यामरा भएको मोबाइल फोन बोक्ने गर्दछन । तुलनात्मक रूपमा ल्याटिन अमेरिकन तथा केही अफ्रिकन देशका जनताहरू सँग मोबाइल फोनको पहुँच कम छ भने युरोप तथा अमेरिकीमुलका मानिसहरू सँग मोबाइलको पँहुच सहज छ । दक्षिण एसियाली देशका सर्वसाधारणहरू सँग मोबाइलको पहुँच मध्ययम छ । यो तथ्याङ्क विश्वको कुल जनसङ्ख्यालाई आधार मानेर लिइएको हुनाले कुनै पनि देशको वास्तविक अवस्थालाई चित्रण त गर्दैन तर व्यवशब्यापी ट्रेण्ड अनुमान गर्न सकिन्छ । हाम्रो देशको तथ्याङ्क यो भन्दा बढी हुन सक्दछन किनभने रोजगारी तथा अध्ययनको लागी बिदेशिएका नेपालीहरूले घरपरिवारलाई ल्याई दिने कोसेली तथा पारिवारिक आग्रहको धेरैको रोजाइमा मोबाइल फोन जस्ता ग्याजेटहरु नै धेरै हुने गर्दछन ।

ट्रिट डट कमले सार्वजनिक गरेको उक्त अध्ययन अनुसार लगभग फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुका लगभग पचहत्तर प्रतिशत गतिविधिहरू फोटोसँग सम्बन्धित हुने गर्दछ । विश्वका जुनसुकै स्थानका भएपनि अधिकांश प्रयोगकर्ताको फेसबुक गतिविधि फोटोअपलोड गर्न, फोटो ट्याग गर्ने र फोटो कमेन्ट गर्ने कार्य सँग सम्बन्धित हुने गर्दछन । चिनेजानेकाम मान्छेहरू फेसबुकमा फोटो सेयर गर्ने मात्र हैन आफूले खिचेका फोटो जोकोहीले हेर्न मिल्ने गरी इन्स्टाग्राममा तथा टम्बलर जस्ता वेबसाईटमा फोटो राख्नेहरु पनि प्रसस्तै छन् ।

विश्वप्रसिद्द इन्टरनेट जायन्ट कम्पनी याहुको फोटो सेयरिङ्ग सोसोल नेटवर्किङ्ग वेबसाइट फ्लीकरमा अपलोड गरिएका फोटोहरूमा गरिएको एक अध्ययन अनुसार त्यसमा अपलोड भएका अधिकांश फोटोहरू आइफोन तथा निकोन क्यमरा बाट खिचिएका भेटिएका छन् ।  कुनैपनि फोटोलाई डिजिटल्ली इनह्यान्स नगरुञ्जेक इन्टरनेटका केही अनलाइन टुल्स तथा  सफ्टवेयरबाट उक्त फोटो कुन क्यामराबट कहिले खिचिएको हो भनेर थाहा पाउन सकिन्छ । अझ आईफोनबाट खिचिएको फोटोहरूको तथा कुन स्थानबाट खिचिएको हो भन्ने समेत पत्तो पाउन सकिन्छ ।

हालसम्म उपलब्ध मोबाईलफोनहरु मध्ये नोकियाको लुमिया सिरिजको मोबाइलमा सबभन्दा बढी अर्थात् एकचालिस मेगापिक्सेलको लेन्स जडान गरिएको छ । यिनै तथ्याङ्कहरुले के देखाउछ भने विश्वब्यापी रूपमा एनालग क्यामरालऐ डिजिटल क्यामरा र डिजिटल क्यामरलाई स्मार्टफोनहरुले बिस्थापन गर्दैछन । त्यसैले आजकल भन्ने गरिन्छ फोटो एल्बममा राख्न हैन फेसबुक प्रोफाईल पिक्चर बनाउनको लागी खिच्ने गरिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।