Wednesday, November 12, 2014

एडसेन्स खाता बन्द हुन बाट बच्ने १२ काईदा

गुगल एडसेन्सको हिसाब किताब गर्ने हो भने भन्नै पर्छ यसको बारेमा अलिअलि बुझेर पनि मैले कमाउन चाही सकिन । हुनलाई मैले गुगलबाट पैसा कमाउछु भनेर ब्लगिङ्ग शुरु गरेको चाही हैन तर ब्लगिङ्ग गरेरै कसैले कमाई रहेको छ भन्ने थाहा पाए पछी भने लोभ लाग्दो रहेछ । अब कमाउनको लागी म सँग कुनै ब्लग छैन । अलिअलि कमाई हुने गरेको ब्लगलाई कसैले रिपोर्ट गरी दिएकोले मेरो लगभग सबै जस्तो साईटहरु एडसेन्सले ब्लक गरेका छन । शत्रुलागे पछि कति सम्म हुन्छ भने blog.anish.com.np जस्तो औसत नेपाली  वेवसाईटको भन्दा कम भिजिट हुने साईटमा पनि एडसेन्स बन्द भएको छ । कमाउनु नसक्नुको अर्को मुख्य कारण चाँही मेरो अल्छी बानि ब्यहोरा र नेपाली भाषामा सञ्चालनमा रहेका ब्लगहरु हुन ।

आजभोली गुगल एडसेन्स बाट पैसा कमाउनकै लागि खोलीएका साईटहरुको (made for adsense) विज्ञापन फेसबुकमा खुबै देखिन थालेका छन् । सिरियस ब्लगरहरुले त्यसरी पैसा कमाउदैनन भन्ने लाग्छ मलाई । तर त्यसरी पैसा नकमिने भने हैन । यो चाही एक डेढ महिना पैसा कमायो साइट बन्द गर्‍यो । अनि फेरी त्यस्तै नयाँ साइटको धन्दा सुरु गर्‍यो भने जस्तो हो । किनभने गुगल हामीले सोचे भन्दा कयौ गुणा बाठो छ । यसले सित्तै कसैलाई पनि पैसा दिदैन । यसले थोरै पैसा कमाउनेहरुलाई नजरअन्दाज गरी दिदाँ केहीले कमाउने मात्र हो ।  गुगलबाट पैसा कमाउन सजिलो छैन । पैसा कमिन थाल्यो भने पनि धेरै कुरा बिचार गर्नु पर्दछ , जस्तो कि

  1. झुक्केर पनि आफ्नो एड आफै क्लिक नगर्नुहोला । यदि क्लिक भैहाल्यो भने यो फर्म भरेको राम्रो ।
  2. गुगल एडसेन्स ले जेनेरेट गरेको कोडलाई मोडिफाई नगर्नु होला । (आजभोली यो समस्या छैन तर केही पहिले नेपाली कन्टेन्ट भएको साइटमा कसैगरी पनि एड देखाउदैन थियो त्यसैले धेरै डेभलपरहरु गुगल एडसेन्सको कोडमा google_langage = "en"; थपेर एड देखिने बनाउथे । खासमा यो गर्न नहुने कुरा हो । गुगलले एडसेसन् ब्यान्ड गर्नको लागि यही एउटा गल्ती काफी छ । )
  3. गुगल पोलिसि अनुसार , पपअप, सफ्टवेयर डाउनलोड गर्ने पेज, आईफ्रेम आदिमा एडसेन्स राख्न पाइदैन ।
  4. कन्टेन्ट नभएको वा एकदमै थोरै कन्टेन्ट भएको थ्याङ्कयुज , वेलकम पेज, स्पाल्स पेज आदीमा एडसेन्स राख्न पाईदैन ।
  5. एडल्ट कन्टेन्ट, जातीय सदभाव भड्काउने सामग्री भएको कन्टेन्ट, टोरेन्ट लिङ्ग भएको पेज, आदीमा झुक्केर पनि एडसेन्स राख्न हुदैन । ह्या के था पाउला भन्नुहोला मैले यो पोस्टमा केही टोरेन्ट लिङ्गहरु राखेर पब्लीस गरेको ७२ घण्टा भित्रमा यो कन्टेन्ट हटाऊ भनेर गुगल बाट इमेल आएको थियो ।
  6. तपाईँको साइटमा वा अझ भनौ सर्भरमा कसै गरी मालवेयर आदी ईन्सटल भए नभएको निक्यौल गर्नुहोस ।
  7. एउटा नाम चलेको ब्लगले पहिले पहिले राम्रो गुगल एडसेन्स देखीयोस भने राम्रो राम्रो किवर्ड हाईड गरेर राखेको थियो रे पछि गुगल ब्यान्ड गर्देछ । राम्रो एडसेन्स देखियोस भने झुक्केर पनि किवर्डहरु हाईड गरेर राख्न हुदैन ।
  8. भिडियो वा कुनै लिङ्कको छेउमा प्रयोगकर्तालाई झुक्काउने गरी एडसेन्स राख्न हुदैन । आजभोली देखिने गरेको ब्याकग्राउन्डमा युट्युबको स्क्रिनसट भएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस भनेर गुगल एडसेन्समा क्लिक गराउने काइदा एकदमै गलत हो ।
  9. अरूको साइटबाट कन्टेन्ट चोरेर एडसेन्स बाट पैसा कमाउछु भनेर सोच्नु गलत हो । कन्टेन्ट चोरेको पत्ता लगाउने copyscape.com जस्ता साईटहरु मनग्यै छन् । कन्टेन्ट चोरेको प्रमाण सहित गुगललाई रिपोर्ट गर्दिनु भनेको पनि तपाईँको एडसेन्स बन्द हुन सक्ने एउटा कारण हो ।
  10. एडसेन्सको पोलिसि अनुसार एडसेन्सको माथि तल क्लिक गर्नुहोला । डाउनलोड गर्न / भिडियो हेर्न तल क्लिक गर्नुहोला जस्ता प्रयोगकर्तालाई झुक्याउने शब्द राख्न पाईदैन । स्पोन्सर लिङ्क आदी लेख्नलाई गुगलले रोक्दैन ।
  11. एउटा पेजमा बढीमा ३ वटा एड युनिट , ३ वटा लिङ्क युनिट वा २ वटा भन्दा बढी सर्च बक्स राख्न पाईदैन ।
  12. आफ्नो साइटको ड्रपडाउन मेनुको मुनि पट्टी गुगल एडसेन्स राख्न पाइदैन ।
एडसेन्स सँग सम्बन्धीत अन्यब्लगहरु
गुगल एडसेन्सको हिसाब किताब
अनलाईन काम र आम्दानी
ठुला ईन्टरनेट कम्पनीहरुको आयस्रोत 
  

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।