Monday, January 26, 2015

फेसबुकमा भारतीय सेलिब्रेटीहरु

पछिल्लो समयका चर्चित भारतीय गायक हनि सिंह पुराना जमानाका जानेमानेका सबै हस्तीहरुलाई पछि पार्दै फेसबकुमा सबैभन्दा बढी फ्यान फलोवलर भएका भारतीय सेलिब्रेटीहरुको सुचीमा एक नम्बरमा परेका छन् । योयो हनि सिहं भनेर चिनिने यी गायकको फेसबुक पेजलाई लगभग पौने तिन करोड फेसबुक प्रयोगकर्ताहरुले लाईक गरेका छन् । यिनको फेसबुक पेजलाई लाईक गर्नेहरुमा भारतियहरु पछि पाकिस्तानी , बङ्गलादेशी अनि त्यसपछि नेपालीहरू छन् । यिनका कुल फलोवरहरुको सात प्रतिशत प्रयोगकर्ताहरु नेपाली छन् ।

सामाजिक सञ्जाल वेबसाईट प्रयोगकर्ताहरुको हिसाबकिताब राख्ने वेबसाईट सोसलबेकर डट कमको अनुसार फेसबुकमा हनि सिंह पछि रुचाईएका भारतीय सेलिब्रेटिहरुमा नायिका दिपिका पादकुकोन,  क्रिकेटर सचिन तेण्डुलकर , गायिका श्रेया घोसल , नायक सलमान खान , संगितकार एआर रहमान, क्रिकेटर बिराट कोहली , महानायक अमिताभ बच्चन, गायक सोनु निगम र कमेडियन कपिल शर्मा पर्दछन ।
फेसबुकमा भएका फ्यान फलोवरलाई आधार मानेर माथि उल्लिखित सेलिब्रेटीहरुको प्रसिद्दीको कुरा गर्ने हो भने एआर रहमानलाई छोडेर लगभग सबैको नेपाल सबभन्दा बढी फलोवर भएको देशहरूको क्रममा चौथो स्थानमा पर्छ । उक्त साइटमा उपलब्ध  तथ्याङ्क विश्लेषण गर्ने हो भने अधिकांश भारतीय सेलिब्रेटीहरुका भारत पछि पाकिस्तान , पाकिस्तान पछि बङ्गलादेश र त्यसपछि नेपालमा नै सबैभन्दा फ्यान फलोवर छन् । कन्ट्रोभर्सी वा जुनसुकै कारणले होस  कमेडियन कपिल शर्माको लागी नेपाल उनका सबैभन्दा बढी फ्यान फलोवर भएको देशमा नेपाल तेस्रो नम्बरमा पर्छ । अन्यको हकमा नेपाल चौथो वा त्यो भन्दा अलि तल पर्छ । संगितकार एआर रहमानलाई नेपालमा भन्दा बढी श्रीलंकामा रुचाईन्छ ।

क्रिकेटर सचिन तेण्डुलकरको फ्यान फलोवरहरुमा नेपालीहरूको स्थान निकै तल छ । उनका फेसबुक फ्यान फलोवरहरुको देशको कुरा गर्दा सबभन्दा पहिले भारत त्यसपछि बङ्गलादेश, पाकिस्तान , युएई, अमेरिका र त्यसपछि मात्र नेपाल आउछ । दुई करोड भन्दा बढी फ्यान फलोवर भएका सचिनका फ्यानहरुमा नेपालीहरू एक प्रतिशत भन्दा अलिकति मात्र बढी छन् ।

चलचित्र क्षेत्रका भारतीय सेलिब्रेटिहरुमा नायक सलमान खानलाई नेपालमा सबभन्दा बढी रुचाइएका कलाकार भन्दा फरक पर्दैन । उनका कुल फ्यान फलोवरहरुमा ३ प्रतिशत अर्थात् सात लाख भन्दा बढी फ्यान फलोवर नेपाली छन् । सलमान खान पछि रुचाईएका भारतीय कलाकारहरुमा महानायक अमिताभ बच्चन हुन । उनका कुल फेसबुक फ्यान फलोवरमा झण्डै साढे चारलाख नेपाली छन् । त्यसो त अमिताभ बच्चनका फ्यान फलोवरहरुमा छिमेकी देशका सर्वसाधरण मात्र हैन प्यालेष्टाईन देखी ईथोपिया सम्मका हिन्दी चलचित्र हेर्ने सर्वसाधरणहरु पर्छन ।

यसो भनिरहदा भारतीय सेलिब्रेटीहरु लोकप्रियताको कसि भन्नु नै फेसबुक फ्यान फलोवर हुन भन्ने चाही हैन । जस्तो कि फेसबुक जस्तै अर्को लोकप्रिय सामाजिक सञ्जाल वेबसाईट ट्वीटरमा माथि उल्लिखित सेलिब्रेटीहरुको उपस्थिति नै मिल्दोजुल्दो छैन । ट्वीटरमा सवा एक करोड फलोवर भएका अमिताभ बच्चनको उपस्थिति फेसबुकमा टप सेलिब्रेटिहरुको क्रमाङ्कमा आठौ नम्बरमा पर्छ । अमिताभ बच्चन भन्दा ठ्याक्क आधा भन्दा कम फलोवर भएर पनि ट्वीटरका टप सेलिब्रेटहरुको दोस्रो स्थानमा रहेका नायक शाहरुख खानको उपस्थिति फेसबुकमा रहेका सेलिब्रेटिहरुको सुचीको टप टेनमा पर्दैन । फेसबुक ट्वीटरका कुनै पनि सामाजिक सञ्जाल वेबसाईटमा नरहेका तर लोकप्रियताको  उचाँईमा रहेका कलाकारहरू पनि मनग्यै छन् जस्तो कि इमरान खान, कङ्गना रानावत, ऐश्वर्या रायबच्चन , बिध्या बालन , केटरिना कैफ, सैफ अलि खान , करिन कपुर, काजोल , रणबिर कपुर आदी ।

सामाजिक सञ्जाल वेबसाईटहरुमा सक्रिय नदेखिका तर पनि चर्चामारहेका सेलिब्रेटिहरुको सोसल मिडिया सँगको सम्बन्धमा पनि कम रोचक छैन । राम्रो सँग कम्प्युटर वा मोबाइल चलाउन नजानेर आफूलाई सोसल मिडिया देखी टाढै राखेका सेलिब्रेटिहरु पनि मनग्यै छन् । ऐश्वार्या राय , बिध्याबाल आदी उदारण हुन । ऐश्वार्या रायले सार्वजनिक रूपमा आफू कम्प्युटरमा पोख्त नरहेको बताई सकेकीछिन भने बिध्या बालन सोसल नेटवर्किङ्क साइटमा लगानी गर्नु पर्ने सम परिवारलाई दिन उचित सम्झीन्छन । काजोलको सोसल नेटवर्किङ्ग साइट सँगको सम्बन्ध झनै रोचक छ । कुनै पनि सामाजिक सञ्जाल वेबसाईटमा प्रवेश नगरीसकेको काजोलको जब ट्विटरमा खाता खुल्यो तब उनको नामको खाताबाट सहकर्मी नायक शाहरुख खानको चलचित्र माईनेम ईज खानको बारेमा गरिएको टिप्पणीबारेमा उनले सफाई नै दिन पर्‍यो । यस्तोमा अब फेरी उनले सोसल नेटवर्किङ्ग वेबसाईट के चलाउथिन होला र ?

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।