Sunday, February 15, 2015

फेसबुकमा नेपाली सेलिब्रेटीहरु

सार्वजनिक महत्वको अलि संवेदनशील विषयमा नायिका रेखा थापाले मुख मात्र खोलिन भने पनि केही रङ्गपत्रकार हरुलाई काम पुग्छ । उनको बैद्धीकताको धज्जी उडाईन्छ । विगतमा उनले  दिएका विबादस्पद अन्तर्वाताहरुको सामाजिक सञ्जालमा छ्यासछ्यास्ती सेयर गरिन्छ । यति हुदाँ हुँदै पनि सामाजिक सञ्जाल वेबसाईट फेसबुकमा रेखा थापा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरुमा सबभन्दा बढी रुचाईएकी नायिका हुन । उनको फेसबुकमा खासै गहन विषयवस्तु हुदैन । अझ कतिपय अवस्थामा त उनको स्टाटस पनि अरू कसैले लेखि दिए झैँ लाग्छ । उनको फेसबुक वालमा देखिने कुरा भनेकै विभिन्न पत्रपत्रिकामा तथा अनलाइन पोर्टलहरुमा छापिएको उनको समाचार , उनकै फिल्मको प्रोमोशनल पोष्टर , विभिन्न कार्यक्रममा खिचिएको उनको फोटो आदी हुन । उनको फेसबुक पेजलाई साढे बार्हलाख प्रयोगकर्ताहरुले लाईक गरेका छन् र आफ्नो फेसबुक पेजमा सबभन्दा बढी लाईक पाउने सेलिब्रेटि यिनै हुन । यसका अतिरिक्त अरु पनि उनको नामबाट बनाईएका केही फेसबुक पेज छन । जसलाई कसले चलाउछ भन्ने जानकारी छैन ।

कुनै ब्राण्ड विशेषलाई छोडेर सेलिब्रेटीहरुको मात्र कुरा गर्ने हो भने रेखा थापा पछि दोस्रो नम्बरमा पर्ने सेलीब्रेटीको फेसबुक पेज लाईक झण्डै आधा भन्दा अलिकति बढी छ । दोस्रो नम्बरमा परेका गायक यामा बुद्धको पेजलाईक आठलाखको हाराहारीमा छ । नेपाली पप सङ्गीत क्षेत्रका जल्दाबल्दा गायक यामा बुद्ध खासै पुराना गायक भने हैनन । तेस्रो नम्बरमा माओवादी नेता डा. बाबुराम भट्टराई पर्छन । यसो त सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरूमा यिनै पहिला हुन । फेसबुक होस वा ट्वीटर यिनले लेखेका स्टाटसहरु कतिपय अवस्थामा समाचार बन्छन । यिनलाई सामाजिक सञ्जाल वेबसाईटहरुमा सबै भन्दा बढी गाली खाने नेता भन्दा पनि खासै फरक पर्दैन । झण्डै दैनिक जस्तो सामाजिक सञ्जाल वेबसाईटहरुमा आफ्ना कुनै न कुनै धाराणा राख्ने डा भट्टराईलाई फरक बिचारधारा राख्ने वा नेपाली राजनीति देखी बिरक्तीएका कतिपयहरुले सामान्य शिष्टाचारको समेत ख्याल नगरी बचन लगाउछन र पनि यिनी आक्रमक भएर जवाफ फर्काएको देखिदैन ।

फेसबुक सेलिब्रेटीहरुमा चौथो नम्बरमा लोक गायिका मुना थापामगर पर्छिन । यिनको फेसबुक पेजलाई ७ लाख २५ हजारभन्दा बढीले लाइक गरेका छन् । ‘मैले मन पराएको छु’  बोलको गीतबाट ०६७ सालमा उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड जितेकी मुनाले २५ सयको हाराहारीमा लोकदोहोरी गीतमा स्वर दिई सकेकी बताईन्छ । पाँचौ नम्बरमा पनि लोक गायिका नै पर्छिन । लोक गायिका सुनिता दुलालको फेसबुक पेजलाई ७ लाख  १० हजारभन्दा बढीले लाइक गरेका छन् ।  फेरि आयो माइत जाने दिन,  मेरै दिलमा फुल्यौ निरमाया, उनको लागि व्रत बसेको, शिरमा फुललगायत दर्जनजति गीति एल्बम बजारमा ल्याएकी छिन् । फेसबुक सेलीब्रेटीहरुको सुचीको छैटो नम्बरमा गायिका अञ्जु पन्त पर्छिन । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बोलको आधुनिक गीत गाएर चर्चा कमाएकी अञ्जुले थुप्रै आधुनिक तथा चलचित्रका गीतमा स्वर दिएकी छिन् भने पछिल्लो समय उनी कला भन्दा अरुनै कारणले चर्चामा छिन । सातौ नम्बरमा पूर्व मिसनेपाल माल्भिका सुब्बा पर्छिन । पछिल्लो समयमा टेलिभिजन पत्रकारिता र समाजसेवामा पहिचान बनाउदै गएकी सुब्बाको फेसबुक पेजलाई छ लाख चार हजारको हाराहारीमा लाईक गरिएको छ ।

फेसबुक सेलीब्रेटीहरुको दोस्रो नम्बरका गायाक यामा बुद्दा तेस्रो नम्बरका नेता बाबुराम भट्टराई , चौथो नम्बरकी लोक गायिका मुना थापा मगर र पाचौ नम्बर कि सुनिता दुलाल, छौटो नम्बर कि गायिका अञ्जु पन्त र सातौ नम्बरकी माल्भिका सुब्बाको फेसबुक धेरै सानो अन्तर भएकोले यिनीहरूको स्थान तलमाथि भैरहन्छ । उदारणको लागी अघिकल्लो महिनाम छौटो स्थानमा रहेकी माल्भिका सुब्बा एक स्थान तल झेरर सातैमा पुगेकी छिन भने उनलाई झण्डै दुई हजार लाईकको मात्र फरकले गायिका अन्जु पन्तले पछि पारेकी छिन ।

फेसबुकमा मदनकृष्ण श्रेष्ठको भन्दा हरिवंश आचार्यको उपस्थिति दर्हो छ । हरिबंश आचार्यको फेसबुक पेजलाई चार लाख चौवालिस हजार प्रयोगकर्ताहरुले लाईक गरेका छन् । नवौ नम्बरमा परेका पत्रकार तथा हेल्प नेपाल नेटवर्कका नामक गैरसरकारी संस्थाका संस्थापक रविन्द्र मिश्र पर्दछन ।

माथि उल्लिखित सेलिब्रेटीहरुमा दोस्रो नम्बरका गायक यामा बुद्ध , सातौ नम्बरकि टेलिभिजनकर्मी माल्भिका सुब्बा , आठौ नम्बरका कलाकार हरिवंश आचार्य बाहेक सबैको पेजलाई फेसबुकले भेरिफाई गरेको छ । जसको नाममा फेसबुक पेज खोलीएको हो उसैले सो खाता चलाई रहेको छ भन्ने पक्का गरिसकेपछी मात्र फेसबुकले सम्बन्धितको पेजमा भेरीफाईड लोगो राख्ने गर्दछ । आफू प्रधानमन्त्री हुदाँ ताका आफ्नो फेसबुक पेज भेरिफाई गर्न पहल गरेका पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई पेज बल्ल आएर भेरिफाई भएको छ ।
यो लेख मिति २०७१ साल फागुन ३ गते आईतबारको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।