Wednesday, May 27, 2015

भूकम्प पीडितलाई इन्टरनेट बाट सहयोग सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्नेहरुको नामावली सरसर्ती हेर्ने हो भने नागरिक सहभागिता त्यस्तो बिघ्न उत्साहवर्धक देखीदैन । कोषको रकममा संस्थागत सहभागिता उल्लेखनीय छ । त्यसमा पनि धेरै कर्मचारीहरू कार्यरत सस्थामा सामूहिक यती दिनको तलब भनेर कट्टा गरिएको रकम विशेष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामबाट राहतकोषमा एक करोड सत्ताईस लाख जम्मा भएको छ ।  राष्ट्रसेवक होस वा सर्वसाधरण, कोषमा स्वच्छीक सहभागिता जति मात्रमा हुनुपर्ने हो त्यस्ती नभएको जस्तो देखिन्छ । कोषमा तिन अर्ब उनान्चालिस करोड रुपयाँ हुदाँ स्वेच्छीक सहभागितामा सर्वसाधरण नागरिकबाट प्राप्त रकम कति हो भन्ने प्रश्न गहन छ । कोषमा जम्मा भएको रकमको हिसाबकिताब दुरुष्त राखीए पनि अन्य मन्त्रालयमा निकासा भै खर्च भैजाने रकमको पारदर्शिताको बारेमा साधिएको मौनताले नागरिकलाई कोष प्रति उत्साह जगाउन नसकिएको हुन सक्छ । हुनपनि दाता जहिले पनि आफूले दिएको रकमको सम्बन्धमा बिश्वास्निय हुन खोज्छ । राज्यले सर्वसाधरणलाई विश्वास दिलाउनुको साटो कोषको बारेमा प्रश्न उठाएकै भरमा सर्वसाधरणलाई प्रहरी लगाएर पक्रिएर लगेकै भरमा कोषमा पैसा उठ्ने हैन ।



बिपतको घडीमा राज्यले सर्वसाधरणलाई जुन रूपमा विश्वास लिएर अगाडी बढनु पर्ने हो त्यो भने नभएकै देखिन्छ । कसैले दिएको पैसा कुन प्रयोजनको लागी कहाँ कसरी खर्च गरिन्छ भने कुराको विश्वास दिलाउन सक्ने भो भने संसारमा मनकारीहरुको कमी छैन । उदारणको रूपमा इन्टरनेटको माध्यमबाट भूकम्प पिडितहरुको लागी उठाईएको रकमलाई लिन सकिन्छ । नेपाल अमेरिका मेडिकल फाउन्डेसनको तर्फबाट डा विजय आचार्यको सक्रियतामा भूकम्प पिडितहरुको लागी ईन्टेनेटको माध्ययम बाट मात्र हाल सम्म साढे चार लाख अमेरिकी डलर उठाई सकिएको छ । सहयोग सङ्कलन गर्न उनले प्रयोग गरेको वेबसाई ईन्डीगोगो डट कममा उल्लेख भए अनुसार उनको लक्ष्य पाँच लाख अमेरिकी डलर अर्थात् पाँच करोड नेपाली रुपयाँ हो । त्यो पैसा उनको समूह भूकम्प पडितहरुको राहत र पुर्नस्थापनाको लागी खर्च गर्न चाहन्छन । ईन्डीगोगो डट कम जस्ता क्राउड फन्डीङ्ग वेबसाईट बाट सहयोग सङ्कलन गर्नको लागी त्यति सजिलो भने छैन । आफूले कहाँ , किन र कसरी खर्च गर्नको लागी सहयोग सङ्कलन गरिरहेको हो त्यसको बारेमा वेबसाईट सञ्चालक देखी दाताहरुलाई सम्म चित्त बुझाउनु पर्छ । संकललित रकमको सञ्चालन कार्यविधी निर्माण सम्बन्धमा डा आचार्यको समूहले पनि राम्रै मेहनत गरेको देखिन्छ ।

किकस्टार्टर डट कम, न्यजेल्ली डट कम, रकेटवेब डट कम, ईन्डीगोगो डट कम, टिस्प्रीङ्ग डट कम , स्पोनसमडट कम, गोफण्डमी डट कम, रक त पोस्ट डट कम  आदी फण्डरेज गर्नको लागी नाम कहलिएका वेबसाईटहरु हुन ।  यी वेबसाईटहरु बाट सहयोग सङ्कलन गर्नको विश्वासनिय वातावरणको लागी विभिन्न चरण पार गर्नु पर्छ ।  यस सम्बन्धी प्रक्रिया माथि उल्लेख गरिएका वेबसाईटहरु नै पिच्छे फरक फरक प्रक्रिया हुन सक्छन्  । यहाँ सम्मकी कतिले तपाईँको परियोजना सुरु गरी सकेपछी पनि त्यसै वेबसाईटहरुमा उल्लेख गरिएको सर्त पुरा नगरे उठीसकेको पैसा सम्म नदिने हुन्छन् । जस्तो कि किकस्टार्टर ले तपाईँले आफ्नो परियोजनाको लागी उल्लेख गरेको रकम मध्य सतप्रतिशत  उठाउन सक्नु भएन भनेर कति पनि पाउनु हुन्न । न्युजेल्ली डट कममा च्यारीटी  वा पछि चाहिन सक्छ भनेर गरिने फण्डरेज प्रतिबन्ध गरेको छ । पैसा पनि पेपाल डट कम बाट मात्र झिक्न वा राख्न सकिन्छ । रकेटहब डट कम मा तपाईँले फण्ड कलेक्सन गरे बापत दातालाई उपहार दिन पाउनु हुन्छ तर कानुनत बर्जित सामग्रीको प्रयोग सम्भव छैन ।  ईन्डीगोगो डट कम मा सबै देशका मान्छेले परियोजना प्रस्तुत गर्न पाउदैनन । टिस्प्रीङ्ग डट कममा गएर तपाईँले टि-सर्ट डिजाईन गर्ने हो । मान्छेलाई मन परेर बिक्री भए त्यसैको केही हिस्सा तपाईँको खातामा जम्मा हुने हो । स्पोनसमडट कम बाट पैसा उठाउन तपाईँले आफ्नो परियोजना पेस गरेर मात्र हुन्न त्यसलाई प्रस्ट पार्ने भिडियो राख्नु पर्छ भने आफ्नो भौतिक अस्तित्व प्रमाणित गर्नको लागी आफ्नो परिचयपत्र पेस गर्नु पर्छ । अर्को एउटा एप्सब्याकर डट कम भन्ने वेबसाईट छ जसमा गएर तपाईँले आफूलाई दर्ता गरी मोबाइलमा चल्ने एप्लीकेशन तयार गर्नु भो भने उननिहरुले बेचेर तपाईँलाई केही हिस्सा दिन्छन ।

माथि उल्लेख गरिए झैँ संसारमा मनकारीहरुको कमी छैन । जस्तो सुकै कामको लागी भए पनि सहयोग मागी सकेपछी त्यसलाई पुष्टि गर्न सक्ने क्षमता चाही सहयोग माग्न सक्ने हुनु पर्छ । यस्तोमा सम्यक सेरटोकले गर्न लागेको कामलाई उदारणको रूपमा लिन सकिन्छ ।  अमेरिका स्थित एरिजोना युनिभर्सिटी बाट स्नाकोत्तर सम्यक भूकम्प पडितहरुको घर आँगनमा पुगेर त्यहाँ वास्तविक बस्तुस्थीत वर्णन गर्दै कविता लेख्न चाहन्छन । अबका थप चालिस दिन भित्रमा दश हजार उठाउने लक्ष्य लिएर संम्यकले लक्ष्य प्राप्ति गर्न सकेनन् भने उठिसकेको साढे चास सय पनि उनको हात पर्ने छैन ।  यसो बिचार गर्दा यो भन्दा अन्य महत्वपुर्ण कामको लागी सहयोग सङ्कलन जुरुरी देखिन सक्छ । तर  तपाईँले सहयोगको लागी कसैले जोरजर्बजस्ती गर्ने छैन । चित्त बुझ्छ सहयोग गर्नुस चित्त बुझ्दैन उनले उनले लक्ष्य प्राप्त गर्न नसक्लान अनि जम्मा भैसेकेको रकम दाताहरुलाई नै फिर्ता जान्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।