Sunday, May 3, 2015

नेपालको महाभुकम्पमा प्रविधी

नेपालमा सरकारी संयन्त्रको सत्तोसराप गर्दा नछुट्ने नामहरू दूरसञ्चार र टेलिभिजन च्यानलहरुले गत सप्ताह आएको प्राकृतिक प्रकोपमा हताहत हुदाँ सबभन्दा बढी आवश्यकता पर्ने सञ्चारको साधनलाई सुचारु गर्नेको लागी नेपालको सरकारी सेवा मात्र हैन विदेशी बहुराष्ट्रीय कम्पनीहरूले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका थिए । जस्तो कि भूकम्प गएको चौबिस घण्टा बित्न नपाउदै इन्टरनेटको माध्यम बाट मोबाइलमा जस्तै कुरा गर्न सकिने एप्लीकेशन भाईबरले नेपालबाट बाहिर जाने र नेपालमा आउने कलहरुमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो भने त्यसको केही दिन पछि हाल माईक्रोसफ्टको स्वामित्वमा रहेको भाईबर जस्तै इन्टरनेटको माध्यमबाट निःशुल्क फोन गर्न सकिने एप्लीकेशन स्काईप बाट पनि निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाईएको थियो  ।


नेपालीहरूको बसोबास धेरै भएका कतिपय देशहरूका दूरसञ्चार सेवा प्रदायकहरुले नेपालमा गरिने कलदरमा छुटको ब्यश्था गरेका थिए । उदारणको लागी भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलले नेपालको लागि निःशुल्क फोनको सुविधा दिइएको घोषणा गरेको थियो भने अर्को भारतीय दूरसञ्चार सेवा प्रदायक भोडाफोनले भूकम्प प्रभावितहरुको सहयोगार्थ भारतबाट नेपालमा गरिने अन्तराष्ट्रीय कलदरमा भारी कटौती गरेको थियो ।  अमेरिकामा पनि स्प्रीन्ट तथा भेरिजोन नाम मोबाइल सेवा प्रदायकको नेटवर्कबा फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको थियो भने उक्त अवधीमा क्यानडाको टेलस नाम मोबाइल सेवा प्रदायकको नेटवर्कबाट फोन गर्दा कुनै शुल्क तिर्नु पर्दैन थियो ।

नेपालमा प्राकृतिक विपत्ति परेको बेला सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका ठुला कम्पनीहरूले कुनै न कुनै रूपमा सहयोग गरेका छन् । उदारणको लागी  नेपालमा आएको भूकम्पका कारण  सगरमाथा आरोहणमा गएका गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको मृत्यु भए पश्चात् सम्पर्क बाहिर रहेकोहरूलाई अथवा खोजी गरिरहेका परिवारका सदस्यहरूलाई खोज्न सहयोग पुग्नेगरी गुगलले पर्सन फाइन्डर नामक वेब एप्लीकेशन जारी गरेको थियो । त्यस्तै प्रसिद्ध सामाजिक सञ्जाल वेबसाईट फेसबुक वेबसाईटले फेसबुक प्रोफाईल भित्र सेफ्टीचेक भन्ने फिचर सक्रिय पारेको थियो । फेसबुकको सेफ्टी चेक टुलले आफू सुरक्षित रहेको खबर आफ्ना फेसबुक फ्रेण्डहरुसम्म पुर्‍याउन सहयोग गर्ने गर्दछ । फेसबुकले नेपालका भूकम्प प्रभावितलाई लक्षित गरी सुरु गरेको सेवा ‘मार्क सेफ’मा ७० लाख प्रयोगकर्ताले मार्क सेफ गरेको बताएको छ ।

सहयोग सङ्कलनको लागी एप्पल, फेसबुक, गुगल, पेपाल, आदीले आफ्ना वेब एप्लीकेशनहरुमार्फत सहयोग सङ्कलन गरेको थियो । जसअनुसार अनलाइन मार्फत फेसबुकले १०  मिलियन अमेरिकी डलर भन्दा बढी अर्थात् झण्डै एक अर्ब रुपैयाँ सहयोग जुटाएको थियो । गोफण्डमि डट कम , क्राउड राइज डट कम  नामक आदी क्राउडफण्डीङ्ग वेबसाईटले विभिन्न क्यापियनहरुको लागी करोडौ रुपया सहयोग सङ्कलन गरिरहेको छ भने माईक्रोसफ्टले एक्लैले १ मिलियन अमेरिकन डलर सहयो गर्ने घोषणा गरेको छ । त्यस्तै पेपालले अन्तराष्ट्रीय सङ्घ संस्थाको खातामा जम्मा हुने गरी सहयोग सङ्कलन गर्ने वेबसाईटको विकास गरेको छ । युनिसेफले अमेरिका, क्यानडा र बेलायतका नागरीकहरुलाई लक्ष्यीत गरी अनलाइन सहयोग सङ्कलन गर्ने वेवसाइटको विकास गरेको छ ।

विदेशमा मात्र हैन नेपालमै पनि अनलाइन सहयोग सङ्कलनको लागी पहल गर्नेहरुको लर्को लागेको छ । यसै सन्दर्भमा बिपत नपर्दा नियम अनुसार सञ्चालन नभएको भनेर कर्के नजरले हेर्ने गरेको अनलाइन ट्रान्जेक्सन सेवालाई प्रधानमन्त्री कार्यलयको आधिकारिक वेबसाईटले आत्मसाथ गरेको छ । जसअनुसार नेपालका क वर्गका वाणिज्य बैकहरुको एससिटि एटिएम कार्ड बाहकहरुले प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री कार्यलयको आधिकारिक वेबसाईट पैसा जम्मा गर्न सक्छन् । बिनासकारी महाभुकम्पमा निर्वाह गरेको भूमिकाको कारण  सामाजिक सञ्जाल वेबसाईटहरुमा त्यसको मुक्तकण्ठले प्रशंसा गर्नेहरु मनग्यै देखिए । सरकारी स्वामित्वको नेपाल टेलिकमले भूकम्प आएपछि प्रयोगकर्ताको  मोबाइलमा ब्यालेन्स नभएपनि कल र इन्टरनेट सुविधा दिएकोमा सो सुविधा निशुल्क् गरिएको जनाएको थियो । भूकम्प लगत्तै मोबाइल नेटवर्क अबरुद्द हुदाँ पनि थ्रिजि इन्टरनेट सेवाले मात्र काम गरिरहेको थियो भने  मोबाइल नेटवर्क सेवा सुचारु हुने बित्तिकै उपलब्ध नेटवर्क लोड नबढोस भन्नाको खातिर कुनै प्रयोगकर्ताले कल गर्दा पहिलो तिन मिनेटमा स्वतः: सम्पर्क बिच्छेद हुने व्यवस्था मिलाएको थियो ।
 यो लेख मिति २०७२ बैशाख  २० गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।