कमान्डलाईन वा भनौ टर्मिनलमा केही फरक कमाण्डहरुले लेखेर काम गरिने भएको हुनाले हुन सक्छ धेरैलाई गिटहब धेरै नै गार्हो लाग्छ । तर केही कमाण्डहरु मात्र भए पनि सम्झीने भने गिटहब धेरैले सोचे जस्तो अप्ठेरो छैन र यसको महत्व बुझे पछी त झनै काम गर्न सजिलो र रमाईलो छ ।
यहाँ म युबुन्तुको Apache सर्भरमा रहेको www(html) भित्र रहेको डाईरेक्ट्रीमा रहेको कुनै पनि वेबसाईटको सबै फाईलहरु कसरी गिटहब मा पुस (अपलोड) गर्ने भन्ने बारेमा मैले जानेको तरिका बताउन गई रहेको छु ।


सबै भन्दा पहिले तपाईले गिटहबलाई तपाई को हो भनेर चिनाउन पर्ने हुन्छ त्यसको लागी ईमेल र आफ्नो नाम लेख्नु होला । उदारणको लागि मेरो गिटहब ईमेल [email protected] होआ त्यसैले त्यही राखे username w38g0ru राखे

git config - - global user.email "[email protected]"
git config - - global user.name w38g0ru

अब सबै भन्दा पहिले www(html) फोल्डर भित्र रहेको जुन साईट (फोल्डर) लाई गिटहबमा अपलोड गर्ने हो त्यसमा पस्ने । उदारणको लागी : cd /var/www/html/mysite यो कमाण्डले mysite भन्ने फोल्डरलाई गिटहबमा पुस गर्न खोजीएको हो भन्ने जनाउछ ।

अब गिटहबलाई ईनिसियट (सञ्चालन गर्ने)

git init

(यस कमाण्डले /var/www/html भित्र रहेको mysite भन्ने फोल्डरमा गिट ईनिसियट हुन्छ र यसले .git भन्ने एउटा हिडेन फोल्डर बनाउछ । फेरी फेरी यसै साईटमा (गिटहबमा) काम गर्ने हो भने त्यो फोल्डरलाई डिलिट हुन दिन हुन्न ।)

गिट फोल्डर भित्र आफ्ना सबै फाईल घुसाउनको लागी तल दिएको कमान्ड टाईप गरी ईन्टर थिच्न पर्छ । यहाँ - - all भन्नाले माथि उल्लेखति mysite भन्ने फोल्डर भित्र रहेको सबै फोल्डर , सबफोल्डर र फाईलहरु बुझाउछ । सबै फोल्डर पुस गर्न छैन भने - - - all को सट्टामा फाईलको मान्तर नाम दिए हुन्छ । उदारणको लागी git add index.php भन्नाले index.php भन्ने फोल्डर मा्तर अपलोड गरीयोस भन्ने बुझिन्छ । थप जानकारिको लागि यहाँ क्लिक गर्नुहोस ।

git add --all

माथि एड गरेका फाईलहरु कमिट गर्नको लाई तल दिएको कमाण्ड प्रयोग गर्नु पर्दछ । यहाँ कमिट भन्नाले कुनै पनि फाईलहरुमा के परिवर्तन गरिएको हो पछी याद रहोस भनि त्यो परिवर्तन जनाउने कुनै एक वाक्य वा शब्द भन्ने जाउछ । यस सम्बन्धी बिस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस ।

git commit -m "working file"

अब सबै फाईलहरु गिटहब सर्भरमा तपाईको www(html)फोल्डर भित्र रहेको mysite भन्ने फोल्डरमा जे जुन अवश्थामा फाईल फोल्डर छन त्यसै अनुसार गिटहब सर्भरमा अपलोड गर्नको लागि तल दिएको कमाण्ड प्रयोग गर्नु पर्दछ । git-remote कमाण्डबारे बिस्तृत जानकारीको लागि यो लिक्ङ्क खोल्नु होला ।

git remote add origin https://github.com/githutusername/repository.git

र अन्तमा सबै फाईल अपलडो गर्नको लागी तल दिए अनुसार कमान्ड प्रयोग गर्नु पर्दछ । git push कमाण्ड बारे बिस्तृत जान्नको लागी यहाँ क्लिक गर्नुहोस ।

git push -force origin master

मोडिफाई गरेको फाईल मात्र कसरि हाल्ने

गिटहबमा पुस गरी सकेको फाईलहरु मध्ये कुनै एउटामा केहि मोडिफाई गर्नु भो र त्यो मोडिफिकेशन मात्र पुस (अपलोड) गर्ने हो भने तल दिएको कमाण्ड प्रयोग गर्नु पर्दछ ।

git add -u

अब यो मोडिफाई गरेको फाईलमा के चेन्ज गरेको हो त्यसलाई ‘कमिट’ गर्नु पर्दछ ।

git commit -m "correcting placeholder"

यती गरेको पछी सो फाईल(हरु) लाई पुस (अपलोड) गर्नको लागि तल दिएको कमाण्ड प्रयोग गर्नु पर्दछ ।

git push origin master - force

प्रो टिप्स : मानि लिनुस , तपाई फाईल अपडेट गर्दै सर्भरमा पुस गर्दै हुनुहुन्थ्यो । कारणबस पछिल्लो तेस्रो कमिट (पुस गर्नु अगाडी) को अवश्थामा पुग्न पर्ने (अनडु गर्न पर्ने) भयो रे । के गर्ने ?? सिम्पल छ - सबै भन्दा पहिले git log कमाण्डको साहायताले सुरुमा जुन कमिट सुधार्ने हो, त्यो फेला पार्ने र त्यस कमिटको ह्यास कपी गर्ने अनि git revert लेखेर अगि कपि गरेको ह्यास पेष्ट गर्ने । अब फाईल पछिल्लो तेस्रो कमिट अगाडीको अवश्थामा पुग्छ ।

कुनै फोल्डर / फाईल कसरी हटाउने

गिटहबमा यदी कुनै फाईल वा फोल्डर डिलिट गर्नु परेमा git rm कमाण्डको प्रयोग गरिन्छ । स्मरण रहोस git rm - ले वर्किङ्ग डाईरेक्ट्रीको फाईल हटाउने काम गर्दछ ।

git rm --cached filename

यो कमान्डले लोकल डाईरेकट््रीमा रहेको फाई सुरक्षित रहन्छ भने गिट रिपोजटरीको फाईल मात्र डिलिट हुन्छ ।