
नेपाली ब्याकरण त्यति राम्रो नभए पनि म कहिले काँही विभिन्न विषय सँग सम्बन्धित लेखहरू लेख्ने गर्दछु । माई संसार डट कम मा मेरा केही राजनैतिक र दैनिक जीवन शैली सँग सम्बन्धित लेखहरू प्रकाशित भएका छन् । पुर्वाञ्चल वाट निश्कने लोकप्रिय ब्लाष्ट दैनिकमा साईबर चौतारी भन्ने स्तम्भमा मेरा सूचना प्रविधि सम्बन्धी लेखहरू कहिले काँही प्रकाशन हुने गर्दछन ।
यस ब्लगलाई बिशुद्द सूचना प्रविधि सम्बन्धी गन्थन मन्धन गर्ने थलोको रूपमा प्रयोग गर्ने बिचार छ । त्यसैले मलाई कहिले यस भन्दा बाहेक पनि केही झिना मसिना कुरामा गनगन गर्न मन लाग्यो भने यो साइटमा (Tumblr) लेख्ने गरेको छु ।
यस वेबसाईटमा समावेश भएका अधिकांश तस्वीहरु गुगलबाट सर्च गरी लिएका हुन । तस्बिर विशेषको सम्बन्धित व्यक्तिलाई क्रेडीट दिने कुरामा म चुकेको छु । एकै प्रकारको तस्बिर एक भन्दा बढी साइटमा देखीदाँ पनि मैले यसलाई व्यवस्थित गर्न नसकेको हो ।
उसो त मेरो साथीहरूको सर्कलमा म सबभन्दा कान्छो उमेरको "फेसबुक आई डी" वाला भएता पनि मेरो फेसबुक गतिविधि सम्बन्धी आफ्नै खालको मत छ ।अन्य सामाजिक सञ्जाल वेब साइट मध्ये ट्वीटरको त म कुलतमा फसी सकेको छु । (यसबारे कारोबार दैनिकमा एउटा लेख प्रकाशित भएको पनि थियो ।) :P मलाई नेपाल टेलिकमको मोबाइल फोन नम्बर ९८४ २५ २५ १ २५ मा सम्पर्क गर्न सकिन्छ । म फोन भन्दा इमेलमा कुराकानी गर्न रुचाँछु ;) । मलाई मेरो इमेल ठेगाना कसैलाई दिन र इमेलमा कुराकानी गर्न कुन्नै आपत्ति छैन । तपाईँलाई मेरो बकवास पढेर दिक्क लाग्या भए गाली गर्नैको लागी भए पनि [email protected] मा इमेल गर्न सक्नु हुन्छ । मलाई तपाईँ गुगल प्लसको सर्कलमा पनि जोड्न सक्नु हुन्छ ।