आजको समयमा इन्टरनेट घरघरमा आवश्यक भइसकेको छ। तर, कहिलेकाहीँ घरका बच्चाहरूले जुनसुकै बेला इन्टरनेट प्रयोग गर्दा पढाइमा ध्यान दिन सक्दैनन् वा राति ढिलोसम्म मोबाइल चलाउँछन्। यस्ता समस्यामा Parental Control राउटरमै उपलब्ध समाधान हो। यस लेखमा हामीले नेपाल टेलिकमको राउटर प्रयोग गरेर Parental Control, Time Restriction, MAC Filter, र URL Filter कसरी प्रयोग गर्ने भनेर चर्चा गर्ने छौ ।


१. राउटरमा लगइन गर्ने तरिका

नेपाल टेलिकमको अप्टिकल फाइबर प्रयोगकर्ताहरूले आफ्नो राउटरमा लगइन गर्न http://192.168.1.1/login.html प्रयोग गर्नुपर्छ।

  • डिफल्ट लगइन:
    • Username: user
    • Password: user

यसले केवल बेसिक सेटिङहरू मात्र देखाउँछ। यद्पी यसै लगईन बाट पनि म्याक फिल्टर गर्न सकिन्छ । तर यसो गर्दा जति खेर फिल्टर ईनेबल डिसेबल गर्न चाहेको हो त्यसै बेला गर्न पर्छ । तर, यदि तपाईंलाई Parental Control वा URL Filter जस्ता एडभान्स सेटिङ प्रयोग गर्न मन छ भने support भन्ने युजरलगईन प्रयोग गर्नुपर्छ र लगइन गरेपछि तपाईंलाई विस्तृत मेनु र एडभान्स सेटिङहरू देखिन्छन्।


२. Router Admin/Support Password निकाल्ने तरीका

यदि तपाईं एडभान्स सेटिङ प्रयोग गर्न चाहनुहुन्छ भने तलका स्टेपहरू पालना गर्नुहोस्:

  1. Default user/user पासवर्ड प्रयोग गरेर राउटरमा लगइन गर्नुहोस्:
    http://192.168.1.1/login.html

  2. लगइन गरेपछि हालको सेटिङ्स डम्प गर्नुहोस्:
    http://192.168.1.1/backupsettings.conf

  3. डाउनलोड भएको फाइल backupsettings.conf खोल्नुहोस्।
    (साधारणतया यो तपाईंको Downloads फोल्डरमा हुनेछ)

  4. फाइलमा <AdminPassword><SupportPassword> खोज्नुहोस्।
    • हामीलाई चाहिएको support password हो जुन <SupportPassword> ट्यागको बीचमा हुन्छ।
    • यो base64 एन्कोडेड हुनेछ।

    उदाहरण स्वरूप फाइलको सान्दर्भिक भाग यस्तो देखिन सक्छ:

    <X_BROADCOM_COM_LoginCfg>
        <AdminPassword>YURtOEglTWRBAA==</AdminPassword>
        <SupportPassword>bkU3akElNW0A</SupportPassword>
    </X_BROADCOM_COM_LoginCfg>
    
  5. स्ट्रिङ decode गर्न:
    • https://www.base64decode.or मा जानुहोस्।
    • ट्याग भित्रको स्ट्रिङ पेस्ट गरेर decode गर्नुहोस्।
    • decode गर्दा अन्त्यमा “�” जस्तो character आएमा हटाउनुहोस्, यो केवल garbage trailing char हो।
    • decode गरेको पासवर्ड प्रयोग गरेर लगइन गर्नुहोस्: suport/${password you got}

३ . Parental Control र Time Restriction सेटअप

Support लगइन गरेपछि मेनुमा Advance Setup → Security → Time Restriction मा जानु पर्दछ ।
यहाँ तपाईंले:

  • कुन डिभाइस (MAC Address को आधारमा) इन्टरनेट प्रयोग गर्न दिने वा रोक्ने सेट गर्न सक्नुहुन्छ।
  • कुन दिन र कुन समयसम्म इन्टरनेट चल्ने भनेर तोक्न सक्नुहुन्छ।

उदाहरण:

यदि तपाईं चाहनुहुन्छ कि तपाईंको बच्चाको ट्याब्लेट राति १० बजेपछि इन्टरनेट नचलोस् भने:

  1. MAC Address भेरिफाइ गर्नुहोस्।
  2. Time Restriction मा नयाँ नियम (Rule) बनाउनुहोस्।
  3. ब्लक गर्ने समय सेट गर्नुहोस् (उदाहरण: 10:00 PM – 6:00 AM)।
  4. Save गर्नुहोस्।
    अब त्यो डिभाइसमा तोकिएको समयमा इन्टरनेट स्वतः बन्द हुन्छ।

४. MAC Filtering प्रयोग गरेर डिभाइस कन्ट्रोल गर्नु

MAC Filtering भन्नाले तपाईंको राउटरमा कनेक्सन भएको प्रत्येक डिभाइसलाई MAC Address को आधारमा इन्टरनेट अनुमति दिने वा रोक्ने सुविधा हो।

  • Allow List Mode: तपाईंले मात्र अनुमति दिएको डिभाइसमा इन्टरनेट चल्छ।
  • Deny List Mode: तपाईंले रोक्नु चाहेको डिभाइसमा मात्र इन्टरनेट बन्द हुन्छ।

यो फिचर विशेष गरी तब प्रयोग हुन्छ जब तपाईं चाहनुहुन्छ कि तपाईंको मोबाइल बाहेक अरू कुनै डिभाइसले इन्टरनेट प्रयोग गर्न नपाओस्।


५. IP Filtering

IP Filtering ले तपाईंलाई कुनै डिभाइसलाई Static IP असाइन गरेर त्यसको इन्टरनेट एक्सेस नियन्त्रण गर्न दिन्छ।

  • तपाईंले नियम बनाउनु भयो भने, त्यो नियम अनुसार मात्र IP पाउने डिभाइसले इन्टरनेट प्रयोग गर्न सक्छ।
  • यो फिचर विशेष गरी कार्यालय वा होम–अफिस नेटवर्कमा बढी उपयोग हुन्छ।

६. URL Filter प्रयोग गरेर वेबसाइट ब्लक गर्ने

यदि तपाईंलाई लाग्छ कि केही वेबसाइटहरू (जस्तै TikTok, Game Site, आदि) बच्चाहरूका लागि उपयुक्त छैनन् भने, URL Filter प्रयोग गरेर तिनीहरूलाई ब्लक गर्न सक्नुहुन्छ।

  1. Security → URL Filter मा जानुहोस्।
  2. नयाँ नियम बनाउनुहोस् र ब्लक गर्न चाहेको वेबसाइटको URL लेख्नुहोस्।
  3. Save गर्नुहोस्।

अब त्यो वेबसाइट तपाईंको घरको नेटवर्कमा खोल्न मिल्दैन।


७. फाइबर टु द होम (FTTH) – नेपाल टेलिकम

नेपाल टेलिकमको फाइबर टु द होम (FTTH) सेवामा परम्परागत तामा नेटवर्कको सट्टा ग्राहकको परिसरसम्म अप्टिकल फाइबर पुर्याइन्छ। यस सेवाबाट एउटै फाइबरमार्फत् ब्रोडब्यान्ड इन्टरनेट, भ्वाइस सेवा र टेलिभिजन सेवा जस्ता सुविधा उपलब्ध हुन्छन्। ग्राहकले आफ्नो क्षेत्रमा सेवा उपलब्ध छ कि छैन भन्ने जानकारी नजिकैको टेलिकम कार्यालयमा सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन्। सेवा लिन इच्छुक व्यक्तिहरूले FTTH का लागि सेवा दर्ता फारम भर्नु पर्छ, जुन नेपाल टेलिकमको वेबसाइट बाट डाउनलोड गर्न सकिन्छ। त्यसपछि उपयुक्त प्याकेज चयन गरी नजिकैको टेलिकम कार्यालयमा फारम बुझाउनुपर्छ।

नेपाल टेलिकमले देशका विभिन्न क्षेत्रहरूमा FTTH सेवा वितरण गरिरहेको छ र सेवा सम्बन्धी कुनै गुनासो वा समस्या भएमा १९८ मा डायल गरेर सम्पर्क गर्न सकिन्छ। यस प्रकार, FTTH सेवाले घर वा अफिसमा उच्च गति इन्टरनेट र अन्य डिजिटल सुविधाहरू सहज र स्थिर तरिकाले उपलब्ध गराउँछ, जसले डिजिटल जीवनलाई अझ प्रभावकारी र सुविधाजनक बनाउँछ।