
कारण ब्यक्तीगत समय समायोजन भन्दा बाहेक केही नभएर हुन सक्छ मलाई मैले कयौ पटक ट्वीटर फेसबुक जस्ता सामाजिक सन्जालका वेबसाइटका खाताहरु खोल्दै बन्द गर्दै गरेको छु भन्न मलाई रत्तीभर सन्कोज लाग्दैन ।
मैले यस पालीको ट्वीटर अकाउन्ट दुई वर्ष जस्तो अगाडी जस्तो खोलेको थिए । यस विचको पछिल्ला चरणमा समय परिस्थिती नै त्यस्तो परो म अनलाईन भएको बेला ट्वीटर र केही गुनेचुनेका साईट बाहेक केही हेरीन । ईन्टरनेटमा तपाँईले के भन्न पाउने के भन्न नपाउने अलि पछी बहस नै गरुला तर मैले त्यो समयक्रममा आफ्ना कुरा निस्फिक्री साथ राखे । मनको कुरा कसैलाई भने पछी मन हल्का हुन्छ भनिन्छ नि त्यो भन्दा पनि बढी मैले आफ्ना कुरा राखे पछी साहानुभुती पुर्वक मेरो कुरामा सहमत जनाउने मान्छे भेटेँ । असमत जनाउनेहरु पनि उनिहरुको टाईमलाईमा मेरो ट्वीट बेवस्ता गर्न वा अति लागे अनफलो गर्न पाउथे । मलाई मेरो ट्वीटर यात्रमा रमाईला कुरा गर्ने साथीहरु , आत्मीय रुपमा दाजुभाईको साईनो गास्ने प्रवासी नेपालीहरुको कुरा बढो "मिस" हुन सक्छ तर पनि मैले मेरो ट्वीटर खाता बन्दा गरी सकेपछी फेरी नखोल्ने बिचार गरेको छु ।
मलाई बोल्न मन लागेको बेला कसैको जागीरको लागी मेरो मुखाम लगाम लगाउनु पर्ने अवश्थालाई अस्वीकार गर्छु । नेपाली ब्याकरण र शब्दको सही चयन र प्लेशमेन्ट गर्ने सकेकै भरमा म कसैको बिचारको दास हुन सक्दीन । मेरो बिश्वास के हो भने धेरै मानिस कयौ पटक जवाफदेही भएर बोल्न जरुरी सम्झदैनन । कसैलाई हानी नपुर्याई उसले बोलेकै कारणले उसको ईच्छा बिरुद्द कसैले उसको गोपनियताको वा भनौ उसको स्वच्छन्द बिचारको ब्यपार गर्छ भने कम्तीमा मेरो लागी त्यो सही हैन । म तिनीहरु साक्षीको रुपमा छड्के बस्न सक्दीन ।
यदी कोही स्वनामधन्य पत्रकार " पत्रकारिता आम पाठकका लागि गरिन्छ तर सत्य के हो भने समाचार के छाप्ने/नछाप्ने निर्णय पाठकले गर्दैनन् । त्यो पत्रकारले गर्छन् । " भनेर भावनाको ब्यपार गर्न खोज्छ भने म खुम्चीएर लुकेर बोल्न सक्दीन । मलाई उनको अहँ र भ्रमको दास हुनु छैन । " पाठकले सल्लाह दिन पाउछन् तर,धाकै सही, पत्रकार ज्ञाता/विशेषज्ञ हुन् । " भन्छन भने म पनि भन्छु अरु बिषयमा तिम्रो ज्ञानको स्तर तिम्लाई नै था होला तर कम्तीमा सामाजिक सन्जाल वेबसाईट प्रतिको तिम्रो ज्ञानको स्तर देखेर मलाई ठिट लागेर आयो । ईन्टरनेट र प्रबिधी तिम्रो खेतको मुला हैन हाम्रो पनि बारी छ हाम्लाई था छ कसरी रोपेर फलाउने अनि खाने । म नपुँसक भएर त्यो खेतमा पाईलो टेक्न राजी छैन । मलाई मेरो अभिब्यक्ती स्वतन्त्रता प्यारो छ ।
अन्य सामग्रीहरु (ट्वीटर अकाउन्ट बन्द गर्ने निर्णय मेरै हो तर मैले यसो गर्नु अघि यि पोष्टहरु पनि पढेको थिए .
म ट्वीटर बाट निस्कीए पनि मेरो मन निक्लीएको छैन । घरी घरी के के भईरहेको होला भनेर हेरी रहन मन लाग्छ । मेरो सजिलोको लगी म यो पेज हेर्ने गर्छु ।
- Thoughts On Ongoing Issue on Nepali Tweetosphere
- बाँच अनि बाँच्न देऊ
- Why I Quit Twitter
- I want to believe
- Taking Twitter for granted – Hello Sukrabar
- Letter to Kantipur publication
- Debate Summary – Sneaky Journalism
- Tweet less, live more
- 5 Reasons You Should Quit Twitter Right Now
- An incompetent talks Twitter, Kantipur, ethics and the law
- ट्वीटरकाण्ड र अनुत्तरित प्रश्नहरू