Monday, May 16, 2011

नेपाल सरकारको आधिकारीक वेबसाईट ह्याकरको नियन्त्रणमा

नेपाली ह्याकरहुको एक समुह  ले नेपाल सरकारको आधिकारिक वेबसाईट http://www.nepalgov.gov.np/ लाई आफ्नो नियन्रणमा लिएको छ । देशको बिध्यमान परिस्थीती प्रति असन्तोष जनाउदै सरकारको ध्यान आकर्षण गर्न सरकारको आधिकारिक वेबसाईट ह्याक गरेको बताउने उक्त समुले अर्को चरणमा माओवादी काग्रेश एमालेमधेशी जनआधिकार फोरमको वेबसाईट माथी आक्रमण गर्ने जनाएको छ ।


उक्त समुह द्वारा जारी बिग्यप्ती
नमस्कार,
हामी अज्ञात हौ| नेपालमा भईरहेका सामाजिक र राजनीतिक गतिबिधि, अन्यौल तथा ब्याप्त अब्यबस्था र भ्रस्टाचार, इन्टरनेटमा भईरहेको प्रतिबन्ध तथा जासुसीहरु प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ| नेपालमा भईरहेको यस्ता सामाजिक, राजनीतिक अस्थिरता, बढ्दो अपराधिक क्रियाकलाप र उनीहरुलाई प्राप्त राजनीतिक संरक्षणले गर्दा आज नेपाल एउटा असफल राष्ट्रमा परिवर्तन हुदै छ| त्यसमाथि नेपालमा भईरहेको इन्टरनेटको प्रतिबन्ध तथा जासुसीले गर्दा जनताहरुले आफु सूचित हुने हकबाट बन्चित हुनु परेको छ|

जनताको युग सङ्गत प्रविधि प्रयोग गर्ने अधिकारको सरकारले संरक्षण गर्नुको सट्टा उल्टै केहि ठुला ठालुको फाइदाको लागि यो हक वन्चित गराउन खोज्नु लोकतन्त्र को विपरित हो | नेपाली जनताको हक हितको लागि र नया संविधानको निर्माणको लागि उठेको जनताको अवाज निमोठ्न खोज्नु , कुनै प्रजातान्त्रिक सरकार लाई सुहाउदैन | अहिलेको युगमा जनताको माग , इच्छा , चाहना बिना कुनै नेता , सरकार र राजनैतिक पार्टीको अस्तित्व रहदैन भन्ने आशय बुझ्नु जरुरि छ | सचेत जनताले नै सफल राष्ट्र बनाउछ | जनतालाई अँध्यारोमा राखेर , नेता, ठुला ठालुहरुले धमिलो पानिमा माछा मार्ने कु-विचार गरेको प्रस्टिएको छ |

अज्ञात एउटा बिचार हो | विचार कहिले मर्दैन | यो एक सोच हो | यसैले समाजलाई अगाडी बडाउछ | इतिहास साछी छ, यो सोचलाई मार्न खोज्दा सोच झन् बलियो हुन्छ |

यो संदेश नेपाल सरकार को लाई ध्यानआकर्षण हो र सबै राजनैतिक पार्टीहरुको लागि खबरदारी हो | अज्ञातले बिर्सेको छैन जनताको आहुति | बिर्सेको छैन नेताहरुको धोका | आजको जनता लाटो छैन | माफी दिने छैन जनताले , अज्ञातले |

त्यसकारण हामीले बाध्य भएर नेपाल सरकारको यसतर्फ ध्यान आकर्षण गराउन नेपाल सरकारको आधिकारिक website: http://www.nepalgov.gov.np/ मा हमला गरेका छौ |

यस ध्यानाकर्षणलाई नजरअन्दाज गरिए , अर्को चरणमा निम्न लिखित राजनैतिक पार्टीहरुको websites मा हाम्रो गन्तब्य हुने छ |
  • http://www.ucpnm.org/
  • http://www.nepalicongress.org/
  • http://www.cpnuml.org/
  • http://www.mjfn.org/
हामी अज्ञात हौ|
हामी बिर्सिदैनौ|
हामी माफ गर्दैनौ|
हामी दस्ता हौ|
हाम्रो अपेक्छ्या गर्नुस |

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।