Tuesday, November 11, 2008

फेसबुक महिमा - १

केही दिनअघि मात्र लन्डनबाट प्रकाशित हुने एक म्यागेजिनले सोसल नेटवर्किङ साइट 'फेसबुक' कुलत भएको सर्वेक्षण प्रतिवेदन प्रकाशित गर्‍यो । मानिसलाई साथी बनाउने कुलत बस्ने बताएको थियो त्यस प्रतिवेदनले । विश्वमा उक्त प्रतिवेदनको चर्चा भइरहेकै समयमा नेपालका एक वरिष्ठ मन्त्री 'फेसबुक' अपडेट गर्न आफ्ना सहयोगीलाई अह्राउँदै थिए ।

पत्रकारितामा प्रवेश गर्न लागेका र यसप्रति चासो राख्ने युवा-युवती फेसबुकका 'साथी' हुन् ।, पत्रकारिता जगत्का डनहरूको दैनिकीमाथि चासो राख्ने जो-कोही इन्टरनेट प्रयोगकर्ता फेसबुकको वालमा वार्ता गर्छन् । वाग्लेले आफ्नो आउँदै गरेको पत्रिकाको 'चाहियो' समेत फेसबुकमा छापे निवेदन दिन अनुरोध गरेर । कुन पत्रकारले कहाँ जागिर छोडे र सुरु गरेदेखि कहाँ जाँदै छन् सम्मका जानकारी पाइन्छ यहाँ । यतिसम्म कि कुनै पत्रकारलाई रुघा लाग्यो भने फेसबुकमा सहानुभूति खोज्छन् ।

पत्रकारका बीचमा लोकप्रिय बनेको छ फेसबुक । कसैलाई रुघा लाग्यो भने फेसबुकबाट सहानुभूति खोज्नसमेत पछि पर्दैनन् ।
नेपाली पत्रकार विशेष गरी केन्द्रका पत्रकारका लागि त फेसबुकले दैनिक चिया पसलको काम गरेको छ । दिनको सुरुवातदेखि रातको अन्त्य कसरी भयो अपडेट गर्न भ्याउने गरेका छन् । आउँदै गरेको पत्रिका दैनिकीका सम्पादक नारायण वाग्लले छोरी पाए । त्यो धेरैलाई थाहा नहुन सक्थ्यो तर उनले छोरी र श्रीमतीसहितको फोटो फेसबुकमा पोस्ट गरेपछि उनको घरमा नपुगी बधाई दिन भ्याए उनका शुभचिन्तक पत्रकारहरूले । स्वतन्त्र फोटोग्राफर उषा तितिक्षुले आफूले बिहे गर्ने सोच बनाएको 'राज' पनि फेसबुकमा खोलिन् ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।