Saturday, September 15, 2012

outlook.com मा आफ्नै डोमेनको ईमल कसरी चलाउने

गुगलको गुगल एप्समा जस्तै माईक्रोसफ्टको वेब बेष्ड ईमेल सेवा हटमेल, लाईभ हुदै अहिले आएको आउटलुकमा आफ्नै डोमेन बाट ईमेल चलाउन सकिन्छ । यसमा पनि गुगलको जस्तै आफुले ईमेल प्रयोग गर्न चाहेको डोमेनको MX रेकर्ड, CNAME रेकर्ड, TXT रेकर्ड आदी सेटिङ्ग मिलाउनु पर्छ । अझ भनै तपाईको डोमेन होष्ट भैरहेको सर्भरमा माथी उल्लेखित DNS रेकर्डहरु आउटलुक (माईक्रोसफ्ट एकाउण्ट) ले तोके अनुसारको  DNS रेकर्डहरु राख्नु पर्दछ । टप लेभल डोमेन (e.g .com, .org, .net ) हुनेहरुको हकमा डोमेन कन्ट्रोल प्यानल बाट वा वेब सर्भर बाट यो रेकर्ड मिलाउदा हुन्छ तर कन्ट्रीकोड टप लेभल डोमेन (e.g. .com.np, .org.np, .net.np ) हुनेहरुको हकमा डोमेन कन्ट्रोल प्यानल नहुने हुनाले (कन्ट्रीकोड टप लेभल) डोमेनलाई कुनै सर्भरमा होष्ट वा पार्क गरेर त्यो सर्भरमा माईक्रोसफ्ट सर्भरको DNS म्यापिङ्ग गर्नु पर्छ ।

गुगल एप्सको बिपरित आउटलुक मा कष्टम डोमेन सेटिङग मिलाउनको लागी पहिले नै आफु सँग एउटा आउटलुकको ईमेल एड्रेस (माईक्रोसफ्ट खाता) छ भने राम्रो हुन्छ । नहुदाँ पनि हुन्छ तर नयाँ डोमेन भेरिफाई गर्नु पर्ने झन्झट हुन्छ ।


  1. सबभन्दा पहिले http://www.outlook.com खोलेर आफु सँग भएको MSN आई डी बाट आउटलुक लगईन गर्नुहोस ।
  2. अब http://domains.live.com खोल्नुहोस । त्यसपछी तल देखाए जस्तै आफुले जुन डोमेनको लागी ईमेल सेटअप गर्न लागेको हो । त्यसको नाम दिनु पर्छ । डोमेन नेम दिई सके पछी यदी तपाईले No mail for my domain (You can add later) मा चेक गर्नु भयो भने डोमेन भेरीफिकेशनको झन्झटिलो प्रोसेस पुरा गर्नु पर्छ त्यसैले आफूले पहिले नै दर्ता गरेको ईमेल प्रयोग गर्ने गरी Set up Windows Live Hotmail for my Domain मा चेक गर्नुहोस ।
  3. माथील्लो स्टेप पुरा गरे पछी तपाईको एडमिनिस्ट्रेटर ईमेल र डोमेन ठिक छ छैन कन्फर्मेशन माग्नु का साथै तपाईले आफ्नो डोमेन प्रयोग गरेर माईक्रोसफ्ट खाताले पाउने ईमेल सुबिधा लिन खोज्नु भएको छ त्यसैले माईक्रोसफ्टले तोकेको टर्म एण्ड कण्डीशन मान्ने कि नमान्ने भनेर सोध्छ अगाडी बढ्नको लागी I Accept मा क्लीक गर्नु पर्छ ।
  4. माथीको स्टेप पुरा गरे पछी तपाईको डोमेन दर्ता भयो भन्ने मान्दा हुन्छ तर ईमेल पठाउन आदीको लागी तपाईले तपाईको सर्भरमा MX Record, TXT Record आदी म्यापीङ्ग गर्नु पर्ने हुन्छ । कम्तीमा तपाईको MX Record राम्ररी सेटअप नहुञ्जेल सम्म तपाईले तल चित्रमा देखाए जस्तो ईरर म्यासेज देखि रहनु हुन्छ । र यो ईरर म्यासेज देखीदाँ तपाईले नयाँ युजर थप्ने, ईमेल पठाउने , रिसिभ गर्ने आदी काम गर्न सक्नु हुन्न ।
  5. DNS म्यापिङ्ग कसरी गर्ने भन्ने कुरा तपाईको डोमेन रजिष्ट्रार अथवा तपाईको डोमेन होष्ट गर्ने सर्भरले कुन कन्ट्रोल प्यानल चलाउछ त्यसमा भर पर्छ । नबुझीकन DNS रेकर्ड चलाउदा तपाईको वेबसाईट नचल्ने पनि हुन सक्छ त्यसैले MX, TXT कसरी परिवर्तन गर्ने भन्ने राम्रो सँग बुझेर मात्र आफ्नो डोमेनको MX , TXT आदी रेकर्डमा तल दिए अनुसारको भ्यालु राख्नु होला ।
तपाईको डोमेनको MX रेकर्ड लाई तल दिए अनुसार परिर्वतन गर्नु होला
    DNS record type: MX
    Host: yourdomain.com
    MX server: <RAMDOMLETTER>.pamx1.hotmail.com.
    TTL: 3600 or 1 hour
    Priority: 10 (or High priority)

MX रेकर्ड परिवर्तन गरीदै गरेको डोमेन तपाँईकै हो भन्ने पक्का गर्नको लागी तल दिए अनुसार TXT रेकर्ड परिवर्तन गर्नुहोस ।
    DNS record type: TXT
    Host: yourdomain.com
    Value: v=msv1 t=<RAMDOMLETTERRRRR>

वा तल दिए अनसारको MX रेकर्ड परिवर्तन गरेर डोमेन वनरसिप कन्फर्म गर्नुहोला
    DNS record type: MX
    Host: yourdomain.com
    Value: <RTTERRRRR>.msv1.invalid
    Priority: Higher value than existing records, or Low priority.

तल दिए अनुसार TXT रेकर्ड परिवर्तन गरेर सर्भर ट्रष्ट फिचर ईनेबल गर्न सकिन्छ । तपाईले आउटलुक मार्फत पठाएको ईमेल पाउन ब्यक्ती को स्पाम नजावोस भन्ने आदी प्रयोजन को लागी यो रेकर्ड राख्नु पर्छ ।
    DNS record type: TXT
    Host: yourdomain.com
    Value: v=spf1 include:hotmail.com ~all
    TTL: 3600 or 1 hour (if requested)

DNS रेकर्डहरु सक्रिय हुनको लागी केही समय लाग्न सक्छ । यो समय भनेको आधा घण्टा देखी ७२ घण्टा सम्मको हुन सक्छ ।  माथी उल्लेख गरे जस्तो गरी गर्दा केही समस्या परेको खण्डमा तलको कमेण्ट बक्समा लेख्नु होला । - धन्यबाद