Monday, November 5, 2012

सित्तैमा वेबसाईट (डोमेन र वेबस्पेश)

टप लेभल डोमेन दर्ता गर्नको लागी वार्षीक सालाखाला १० डलर भुक्तानी गर्नु पर्दछ । तर नेपालको कन्ट्रीकोड टप लेभल डोमेन दर्ता गर्नको लागी कुनै शुल्क लाग्दैन । यो स्वत: नबिकरणीय र निशुल्क पनि छ ।  यस पोष्टमा मर्कन्टायलले निशुल्क उपलब्ध गराएको डट एन पी डोमेनलाई  कसरी नेमसर्भरआईपी डिटेल उपलब्ध गराउने फ्रिहोष्टीङ्ग वेबसाईटको प्रयोग गरेर आफ्नै डोमेनको वेब साईट संचालन गर्ने भन्ने बारे दिईएको छ । यसो गरीदाँ ,यदी तपाई डट एनी डोमेन प्रयोग गर्नु हुन्छ भने दुबै सेवा प्रदायकले अर्को सुचना ननिकालुञ्जेल सम्म सधैभरीको लागि निशुल्क वेबसाईट सञ्चालन गर्न सक्नु हुन्छ । अझ तपाईलाई DNS सेटिङ्ग सम्बन्दी ज्ञान छ भने ब्लगर, टम्बलर आदी वेब प्लेटफर्ममा होष्ट भएका वेबसाईटलाई डट एन पी डोमेन प्रयोग गरेर निशुल्क र आफ्नै डोमेनमा प्रयोग गर्न सक्नु हुन्छ । आउनुहोस सबभन्दा पहिले डट एन पी डोमेन दर्ता गर्ने प्रक्रिया बुझौ ।


निशुल्क (.np) डोमेन दर्ता गर्ने तरिका


डट एनपी डोमेन एक्सटेन्सन भएको डोमेनमा आफ्नो साईट होष्ट गर्न चाहनु हुन्छ भने register.mos.com.np मा गएर आफुले दर्ता गर्न चाहेको डोमेन उपलब्ध छ छैन निक्योल गर्नु होला ।
तपाईले दर्ता गर्न चाहनु भएको डोमेन अहिले सम्म कसैले दर्ता गरेको रहेनछ भने तपाई नेपालको कन्ट्रकोड टप लेभल डोमेन (डट एनपी) दर्ता गर्ने आधिकारीक निकाय मर्कन्टायलको कम्युनिकेशले आफ्नो वेबसाईटमा उल्लेख गरेको प्रक्रिया पुरा गरेर सो डोमेन आफ्नो नाममा दर्ता गर्न सक्नु हुन्छ ।
माथि दिएको स्क्रीनसटमा जस्तै डट एनपी डोमेन रजिष्टर गर्दा जसको लागी डोमेन दर्ता गरिदै गरेको हो त्यो सो संस्था वा ब्यक्तीको सम्पर्क बिबरण एडमिनिस्ट्रेटिभ कन्ट्याक्ट र जो मार्फत गरीन लागेको हो सो संस्था बा ब्यक्तीको बिबरण टेक्नीकल कन्ट्याक्टमा राख्ने गरीन्छ । टेक्नीकल कन्ट्याक्टको ठिक मुनि पट्टी Primary Name Server र Secondary Name Server को Hostname र IP Address के राख्ने भन्ने कुरा चाँही आफुले दर्ता गरीदै गरेको वेबसाईट कुन सर्भरमा राख्न खोजेको हो त्यसको नेम सर्भर को डिटेल राख्नु पर्दछ ।

यो ब्लग पोष्टमा निशुल्क रुपमा वेबसाईट कसरी तयार गर्ने भन्ने कुरा लेखीन लागेको हुनाले डेडीकेटेड वा शेयर्ड सर्भरमा जस्तै बिना बिज्ञापन निशुल्क वेबस्पेश दिदै आएको 000webhost.com को नेमसर्भर डिटेल राखीएको छ । यस वेबसाईट मार्फत आफुले तयार गरेको वा कुनै CMS वा ब्लग टुल्स को प्रयोग गरेर तयार गरेको वेबसाईट अपलोड गर्न सकिन्छ । यदी तपाई पनि आफ्नो वेबसाईट निशुल्क रुपमा 000webhost.com मा होष्ट गर्न चाहनु हुन्छ भने तल दिए अनुसारको प्राईमरी नेमसर्भर र सेकेन्डरी नेमसर्भरको होष्टनेम र आईपी एड्रेस दिनु होला ।

ns01.000webhost.com 31.170.167.6
ns02.000webhost.com 64.120.10.10

माथी उल्लेख गरे अनुसारको प्रक्रिया पुरा गरे पछी अनलाईन डोमेन दर्ता पुरा भएको मानिन्छ । (डट एनपी डोमेन दर्ता सम्बन्धमा थप जानकारीको लागी http://register.mos.com.np/contact.asp मा दिएको सम्पर्क ठेगानामा सम्पर्क गरी बुझ्नुहोला । )

नेपालको कन्ट्रीकोड टपलेभल डोमेन दर्ता गरी प्रयोग गर्नको लागी अहिले सम्मको नियम अनुसार कसैलाई पनि कुनै पनि प्रकारको शुल्क भुक्तानी गर्नु पर्दैन ।

निशुल्क वेबस्पेश र DNS बिबरण प्राप्त गर्ने तरीका

अब निशुल्क वेबस्पेश प्रयोग गर्नको लागी  000webhost.com मा दर्ता भएर लगईन गरी तल दिए अनुसारको प्रक्रिया पुरा गर्नु पर्दछ । 000webhost.com मा दर्ता पुरा गरे पश्चात यसै साईटको मेम्बर एरियामा लगईन गरी तल दिए अनुसार आफुले दर्ता गर्न चाहेको वेबसाईटको बिबरण उपलब्थ गराउनु पर्छ । यसको लागी तल स्क्रीनमा देखाए जस्तै गरी क्रियट न्युमा क्लीक गर्नुहोस ।
त्यसपछी आउने पेजमा तल दिए जस्तै गरी डोमेनको बिबरण उपलब्ध ग खराउनु होस ।
अब तपाईको खाता तयार भयो । तपाईले आफै डिजाईन गर्नुभएको वेबसाईट तथा रेडीमेड ब्लग , कन्टेन्ट मेनेजमेन्ट सिस्टम अपलोड गर्नको लागी तल देखाए जस्तै "गो टु सिप्यानल" मा क्लीक गर्नुहोला ।

अब आउने पेजमा तल स्क्रीनसटमा देखाए जस्तै मेनमेनु / डोमेन भन्ने मेनु अप्सनमा डोमेन मेनेजमेन्ट गर्ने अप्सन देखा पर्छन ।

त्यस्तै वेब कन्टेन्ट अपलोड  गर्न , डाटाबेस क्रियट गर्न को लागी तल देखाए जस्तो मेनुहरु भेट्नु हुन्छ । सोही अनुसार गर्नुहोला ।  नोट : वेबसाईटको खाता बनाउने बित्तिकै सो साईटमा एफ टि पी बाट कन्टेन्ट अपलोड गर्नको लागी एफ टि पी को डिटेल भएको बिबरण तपाईको ईमेलमा आँउछ ।

माथी उल्लेख गरे अनुसार DNS रेकर्ड परिमार्जन गरेर वेब होष्ट गर्नको लागी होस वा नयाँ डट एन पी डोमेन रजिष्टर गर्नको लागी मेन मेनु (माथी उल्लेख गरे अनुसार) को को भ्यु एकाउण्ट डिटेलमा जानु पर्दछ त्यस पछी तपाईले तल स्क्रीनसटमा दिएको बिबरण हात पार्नु हुनेछ ।
माथी स्क्रीनसटमा दिईएका जानकारीहरु डोमेन रजिष्टर गर्नको लागी र FTP बाट कन्टेन्ट अपलोड गर्नको लागी जरुरी हुन्छन ।

माथी उल्लेख गरिएको प्रक्रियमा केही दुबिधा भएमा तल दिएको भिडियो हेर्नु होला ।


यो ब्लगपोष्ट पढी सके पछी तपाईको मनमा आउने सम्भावित प्रश्न

के म पनि मेरो नामको वेबसाईटखोल्न सक्छु ?
अवश्य, जो सुकैले पनि तोकिएको प्रक्रिया पुरा गरी आफ्नो नामको डोमेन दर्ता गरी वेबसाईट सञ्चालन गर्न सक्छन । यदी तपाई डट एन पी डोमेन लिएर आफ्नो वेबसाईट सञ्चालन गर्न चाहनु हुन्छ भने मर्कन्टायलले तोकेको पक्रिया पुरा गरी डोमेन दर्ता गर्न सक्नु हुन्छ भने 000webhost.com मा निशुल्क वेबस्पेश पाउन सक्नु हुन्छ । त्यसमा तपाईले आफुले बनाएको वेबपेज ईन्सटल गर्ने देखी वर्डप्रेस, जुम्ला , ड्रुपाल जस्ता कन्टेन्ट मेनेजमेन्ट सिस्टम ईन्सटल गर्न सक्नु हुन्छ । ओपन सोर्स कन्टेन्ट मेनेजमेन्ट सिस्टम प्रयोग गर्नको लागी कुनै शुल्क भुक्तानी गर्नु पर्देन भने त्यो प्रयो गर्न तपाईलाई वेब डिजाईन सम्बन्धी जानकारी पनि हुनु पर्छ भन्ने हुदैन ।

मेरो डोमेन पहिल्यै नै दर्ता भैसकेको छ । के म अझै पनि माथी भने जसरी मेरो वेबसाईट सञ्चालन गर्न सक्छु ?
अवश्य , तपाईले डट एन पी डोमेन पहिले नै दर्ता गरि सक्नु भएकोहो भने  000webhost.com मा गएर खाता खोल्नुहोस ।अनि तपाईले आफ्नो डोमेन होष्ट गर्नको लागी नेमसर्भर र आईपी एड्रेस प्राप्त गर्नुहोस त्यसपछी मर्कन्टायलले तोकेको प्रक्रिया पुरा गरी आफ्नो डोमेनको नेमसर्भर र आईपी ठेगाना परिवर्तन गर्न सक्नुहुन्छ । तपाईको डोमेन 000webhost.com मा प्वाईन्टभए पछी 000webhost.com कै सर्भर वाट चल्न थाल्नेछ , र 000webhost.com ले तपाईलाई उपलब्ध गराएको खातामा आफ्नो वेब कन्टेन्ट अपलोड गरी आफ्नो वेबसाईट सँञ्चालन गर्न सक्नु हुनेछ ।
थप केही जिज्ञासा भए कमेन्ट बक्समा लेख्नुहोला ।