Sunday, August 23, 2009

Digital Camera किन्दा याद राख्नु पर्ने कुरा

मन लागेको वेला वेवक्याम मा फोटो हेर्दै च्याट गरिएला, फोटो पनि खिचिएला भन्ने सोचेर त्यो सवै गर्न मिल्ने तत्कालिन समयमा धेरै सुविधा भएको भनेर किनीएको ल्यापटप वाट त्यस्तो केही नगरेको हुनाले वर्षै देखी किन्छु भनेर विचार गरीरहेको क्यामरा किनेर पनि खासै केही लछारपाटो लाग्ला जस्तो त लागेको छैन तर पनि काठमाण्डौ गएको वेला अझ भनौ न्युरोड गएको वेला डिजीटल क्यामरा किन्ने चाहना तिव्र भए आउँछ ।
काठमाण्डौमा क्यामरा भनेर ठ्याक्कै क्यामरा मात्र बेच्ने पसल नभएको हुनाले (छ भने पनि मलाई थाहा भएन ।) मोवाईल देखी घडी सम्म पाईने न्युरोडका क्यामरा पसलका साहुजीको कुन क्यामरा राम्रो भन्ने कुरामा दुविधा देखेर मैले गुगल दाईलाई यस सम्बन्धमा सोधेको थिए । धेरै खालका रिजल्ट देखा परे धेरैको धेरै कुरा पढियो त्यस वाट मैले के निष्कर्ष निकाले भने क्यामरा किन्दा मुख्यत: तिन कुरा याद राख्नु पर्छ ।
  1. मेगा पिक्सल : धेरै मेगा पिक्सल भयो भन्ने फोटो राम्रो आँउछ भन्ने कुरा क्यामरा चलाउने सवैलाई थाहा छ त्यसैले यसको वारेमा धेरै भनिरहनु पर्दैन क्यारे !
  2. अप्टीकल जुम : क्यामरामा अप्टीकल र डिजीटल गरी दुई किसिमका झुम हुदाँ रहेछन । फोटोको गुणस्तर लाई ख्याल राख्ने हो भने अप्टीकल जुम जति धेरै भयो त्यती राम्रो हुदो रहेछ । साधारणतय अप्टिकल जुम धेरै हुने वित्तिकै डिजीटल जुम पनि धेरै हुदो रहेछ । त्यसैले डिजीटल क्यामरा किन्दा डिजीटल जुमलाई विर्सेर अप्टिकल जुमको वारे सोध्नु पर्दो रहेछ ।
  3. ब्याट्री : कम्तीमा मेरो विचारमा पेन टर्च स्टाईलका रिचार्जेवल ब्याट्री भन्दा रिचार्ज गर्न मिल्ने मोबाईलका ब्याट्री जस्ता लिथियम ब्याट्री उत्तम हुदाँ रहेछ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।