Saturday, January 8, 2011

MRP सम्बन्धी जानकारी ईन्टरनेटमा

माइ सन्सारमा ब्लग लेख्नु अघि सम्म मैले केन्द्रीय राहदानी कार्यलयको वेब साइट छ भन्ने मलाइ थाहा थिएन । आजको कान्तिपुर (यस सम्बन्धी Advertise) पढे पछी थाहा भयो । योमरी ले बनाएको साइट रहेछ । राम्रो लाग्यो । राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु  र प्रक्रिया राम्रो सग लेखेको जस्तो लाग्यो । (साइटमा लेखे जसो गरी फारम भर्नेको अनुभव नसुनी वा आफैलाइ नपरी भन्न सकिने कुरा भएन  । ) फारम भर्ने प्रक्रिया / राहदानी वा यात्रा अनुमतिपत्रको लागि संलग्न गर्नु पर्ने फोटोको विवरण राखीएको रहेछ । राहदानी निवेदन फाराम प्रिन्ट गर्ने तरिका सचित्र रहेछ । अझ रमाइलो कुरा त फारम प्रिन्ट गर्नको लागि सफ्ट कपि डापनलोड गरेर कम्प्युटर टाइप गरी प्रिन्ट गर्न मिल्ने गरी दिएको रहेछ । मेरो बिचारमा यदी सम्पुर्ण इन्ट्रक्सन राम्रो सग पढेर आफैले कम्पुटर टाइप गरी फारम बुझाइने हो भने गल्ती हुने सम्भावना ज्यादै न्युन देखिन्छ ।

अन्तमा : - इस्वी सम्वत वाट बिक्रम सम्बतमा मिती रुपान्तरन गर्नको लागी भनेर राजन डट कम को लिङ्क दिएको रहेछ । सरकारी कार्यलयले नै यसरी लिङ्क सिफारिस गरे पछी राजन डट कमको भिजिट त बढ्ने नै भयो (बधाइ छ www.rajan.com ) तर त्यसै गर्नु पर्ने हो त सरकारले  । राजन डट कम लाइ रोयल्टी दिने कि नदिने ।  तर ठिकै छ राहदानी आवेदन गर्ने हरुको लागी को लागी सो साइट उपयगी देखिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।