Sunday, August 21, 2011

सुरक्षित ईन्टरनेट बैंकिङ #secure #internet #banking

ईन्टरनेटको माध्यमबाट हप्तामा सातै दिन, चौबिसै घण्टा आÏनो बैंक खाता प्रयोग गरी कारोबार गर्न सकिने प्रक्रियालाई ईन्टरनेट बैंकिङ भनिन्छ । ईन्टरनेटमा पहुँच भएका र सहरकेन्द्रित ग्राहकलाई लक्ष्यित गरी नेपालका लगभग सबैजसो बैङ्कले ईन्टरनेट बैंकिङ सेवा प्रयोगमा ल्याएका छन् । नेपाली बैंकहरुले उपलब्ध गराएको यस किसिमको सेवाको माध्यमबाट घरमै बसेर आÏनो बैंक स्टेटमेन्ट चेक गर्न, एउटै बैंकमा खाता भएकाहरु बीच फण्ड ट्रान्सफर गर्न, नेपाल टेलिकमको प्रिपेड मोबाइल रिचार्ज गर्न र ल्याण्डलाइन तथा पोष्टपेड मोबाइलको महशुल भुक्तानी गर्न सकिन्छ । नेपालमा कतिपय बैंकहरुको ईन्टरनेट बैङक खाता प्रयोग गरी बुद्ध तथा यती एयरलाईन्सको आन्तरिक उडानको हवाई टिकट समेत किन्न सकिन्छ ।

यो सेवा प्रयोग गर्नको लागि तपार्इंको कम्प्युटरमा ईन्टरनेट कनेक्सन भएको हुनु पर्दछ र आÏनो खाता भएको बैंकले दिने ईन्टरनेट बैंकिङ सेवा सक्रिय गरेको हुनु पर्दछ । यसका लागि तपाईको कम्प्युटरमा कुनै पनि विशेष प्रकारको सÏटवेयरको आवश्यकता पर्दैन । ईन्टरनेट ब्राउजर भए पुग्छ । सुरक्षाको दृष्टिकोणबाट ईन्टरनेट बैंकिङ सेवा प्रयोग गरिने कम्प्युटरमा ईन्टरनेट सेक्युरिटी सफ्टवेयर ईन्सटल गरेको उत्तम मानिन्छ ।
तर नेपालमा यो सेवाको माध्यमले एउटै बैंकमा खाता भएकाहरु बीच एउटा खाताबाट अर्को खातामा मात्र फण्ड ट्रान्सफर मात्र हुने भएकोले यदि कसैले पासवर्ड थाहा पाइहाले पनि आÏनो पैसा कसले झिक्यो भनेर थाहा पाउन सकिने भएकोले डर मान्नु पर्दैन । यो सेवा प्रदान गर्ने बैंकले ग्राहकको हरेक बैंकिङ ट्राञ्जेक्सनको जानकारी दिने एसएमएस सेवा प्रदान गर्ने गरेको छ भने ईन्टरनेट बैंकिङको साथै सो सेवा पनि एक्टिभेट गरेर तपाई ढुक्क हुन सक्नुहुन्छ । ईन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने बैंकले पनि ग्राहकको बैंकिङ कारोबारको सुरक्षाको लागि सो प्रणालीको सुरक्षाजन्य गतिविधि नियाल्नुको साथै प्रयोगकर्ताको हरेक अनलाईन बैंकिङ एक्टिभिटीको रेकर्ड गर्ने गर्दछ ।

यो सेवा प्रयोग गर्ने प्रयोगकर्ताले लग ईन डिटेल गोप्य राखेर, सार्वजनिक कम्प्युटरबाट यो सेवा एक्सेस नगर्ने, पासवर्डलाई आफूले सम्झन सक्ने गरी नियमितरुपमा परिवर्तन गर्ने र कम्प्युटको एन्टिभाईरस प्रोग्राम सधैं अपडेट राखेर पनि आफूलाई सुरक्षित राख्न सक्दछ ।
यो लेख मिती २०६८ भाद्र ४ गतेको पुर्वाञ्चलको लोकप्रिय दैनिक ब्लाष्ट टाईम्स मा प्रकाशित भएको हो । पत्रिका मा छापीएको आकारमा हेर्न यहाँ क्लीक गर्नु होस ।  

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।