Friday, July 31, 2015

अन्तीम पोष्ट

यस ब्लगमा अब तपाईहरुले नयाँ पोष्ट पढ्न पाउनु हुने छैन । यो नै अन्तीम पोष्ट हो  । यद्दपी काम लाग्ने कुरा केही भेटि हाल्छ कि भन्ने सोच्नु भएको भए यहाँ क्लिक गर्नुहोस

Sunday, July 5, 2015

भारतमा डिजिटल ईण्डीया

गत हप्ता झण्डै साढे एघार हजार फलोवर भएको बेला प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर खाता सरकारी नियन्त्रणबाट बाहिर गयो ।  धन्य ह्याकरहरुले त्यसलाई जधाभावी गरेनन । आधिकारिक भनिएको प्रधानमन्त्री कोइरालाको उक्त ट्वीटर खाता खोलेको तिन महिना पनि पुगेको थिएन । यसबिचमा एक पटक ह्याक भएर पुन: सञ्चालनमा आएको छ । उता छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्वीटर खाता मा पौने छ लाख फलोवर छन् । कम्तीमा आज सम्म सरकारी नियन्त्रण बाहिर गएको सुनिएको छैन । त्यसो त सामाजिक, राजनैतिक र  कतिपय अवस्थामा आर्थिक रूपमा पनि नेपाल जस्तै भनिने भारत र भारतीय प्रधानमन्त्रीको कार्यशैली सँग नेपालका प्रधानमन्त्रीको कार्यशैलिको तुलना गर्दा कम्तीमा नेपालको पक्षमा सन्तोषजनक नतिजा हात पर्देन । प्रधानमन्त्री कोइराला भर्खरै एक वरिष्ठ पत्रकारलाई राज्यमन्त्री स्तरको पद दिएर प्रेस सल्लाहकार नियुक्त गरे पछि सामाजिक सञ्जालमा देखा परे भने मोदिले आफू प्रधानमन्त्री बन्ने कुरालाई सामाजिक सञ्जालमै ठुलो चर्चाको विषय बनाए । ट्वीटर फेसबुक जस्ता सामाजिक सञ्जालमा उपस्थितिको हिसाबले भारतीय प्रधानमन्त्रीको तुलना अमेरिकी राष्ट्रपति सँग गरिन्छ ।

Friday, June 19, 2015

SLC को Result डाउनलोड गर्नुहोस

२०७१ सालको SLC परिक्षाको नतिजा प्रकाशन भएको छ । यस वर्षको रेगुलर तर्फको नतिजा डाउनलोड गर्न यहाँ र एक्जाम्टेड तर्फको नतिजा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

वेव ठेगानावेबसाईट सञ्चालन गर्ने संस्था
www.moe.gov.npशिक्षा मन्त्रालय, नेपाल
www.doe.gov.npशिक्षा बिभाग
www.soce.gov.npपरिक्षा नियन्त्रण कार्यलय, सानोठिमी
www.educationsansar.comएडुकेशन संसार
slc.ntc.net.npनेपाल टेलिकम

Monday, June 8, 2015

नेपालमा स्टार्टअप बिजनेश

पुरातन व्यबशायिक सोचलाई उपल्ब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी फरक तरिकाले कार्यन्वयन गर्ने व्यबशायिक सोचलाई चलनचल्तीको भाषामा "स्टार्टअप बिजनेश आईडिया" भनिन्छ । नेपालमा खासगरी सूचना प्रविधिको क्षेत्रमा नजिक रहेका  युवा अवस्थाका युवा युवातीहरुले आफ्नो करियरकाई एक चोटि स्टार्टअप बिजनेशको रूपमा परीक्षण गर्ने गरेका छन् । कति यसमा सफल भएका छन् भने कति असफल ।  हुनलाई कुनै पनि ब्यबशायिक सोचलाई सफल र असफल भनेर व्यवसाय सुरु गर्नु अगाडीनै ठोकुवा गर्न सकिदैन । प्रारम्भमा असफल देखएका स्टार्टअप बिजनेशहरु कालान्तरमा सफल भएका पनि देखीन्छन भने सफल र सरल देखिने स्टार्टअप बिजेनेश आईडियालाई लक्ष्यीतवर्गले रुचि नदेखाउदा असफल पनि भएका प्रशस्त उदारणहरु छन् ।  कतिले आफ्नो स्टार्टअप आईडियालाई ठुला ठुला कम्पनीलाई बेच्दै रातारात लखपती बनी रहेका छन् भने कोही आफ्नो व्यपार फैलाएर करोडपती बन्ने धाउन्नमा छन् । एक पछि अर्को असफलता भोग्नेहरु पनि प्रशस्त छन् । बिकासोउन्मुख एसियाली राष्ट्रका केही सफल स्टार्टअप बिजेनेशलाई अमेरिकी ठुला कम्पनीहरूले समेत खरिद गरी त्यसकेका छन्   । नेपालमा हाल सम्म कुनै पनि स्टार्टअप कम्पनीलाई विदेशीहरूले खरिद गरीसकेको सुन्नमा नआएको भए पनि स्थानीय बजारमै राम्रो गरी रहेका युवाहरू प्रशस्त छन् ।  बिज्ञहरुको बुझाइमा धेरै पैसा कमाउने स्टार्टअप कम्पनी मात्र सफल कम्पनी हैन । लक्ष्यीत वर्गलाई अकल्पनीय रूपमा सेवा पुर्याउने स्टार्टअप कम्पनीहरू पनि सफल कम्पनीहरू हुन । जस्तो कि :

Wednesday, May 27, 2015

भूकम्प पीडितलाई इन्टरनेट बाट सहयोग सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्नेहरुको नामावली सरसर्ती हेर्ने हो भने नागरिक सहभागिता त्यस्तो बिघ्न उत्साहवर्धक देखीदैन । कोषको रकममा संस्थागत सहभागिता उल्लेखनीय छ । त्यसमा पनि धेरै कर्मचारीहरू कार्यरत सस्थामा सामूहिक यती दिनको तलब भनेर कट्टा गरिएको रकम विशेष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामबाट राहतकोषमा एक करोड सत्ताईस लाख जम्मा भएको छ ।  राष्ट्रसेवक होस वा सर्वसाधरण, कोषमा स्वच्छीक सहभागिता जति मात्रमा हुनुपर्ने हो त्यस्ती नभएको जस्तो देखिन्छ । कोषमा तिन अर्ब उनान्चालिस करोड रुपयाँ हुदाँ स्वेच्छीक सहभागितामा सर्वसाधरण नागरिकबाट प्राप्त रकम कति हो भन्ने प्रश्न गहन छ । कोषमा जम्मा भएको रकमको हिसाबकिताब दुरुष्त राखीए पनि अन्य मन्त्रालयमा निकासा भै खर्च भैजाने रकमको पारदर्शिताको बारेमा साधिएको मौनताले नागरिकलाई कोष प्रति उत्साह जगाउन नसकिएको हुन सक्छ । हुनपनि दाता जहिले पनि आफूले दिएको रकमको सम्बन्धमा बिश्वास्निय हुन खोज्छ । राज्यले सर्वसाधरणलाई विश्वास दिलाउनुको साटो कोषको बारेमा प्रश्न उठाएकै भरमा सर्वसाधरणलाई प्रहरी लगाएर पक्रिएर लगेकै भरमा कोषमा पैसा उठ्ने हैन ।