5/27/2012

फेसबुक संस्थापकको सोसियल स्टाटस #facebook

सामाजिक संञ्जाल वेबसाईट फेसबुकका संस्थापक मार्क जुकरवर्गले गत सप्ताह बिहे गरेको खबरले सनसनी मच्चाई रहदाँ अमेरिका र बेलायतका केही अनलाईन न्युज पोर्टलहरुले फेसबुकको कारणले मात्र अमेरिका र बेलायतमा संबन्ध बिच्छेद गर्नेहरुको संख्या बढेर पच्चीस प्रतिशतको हाराहारीमा  रहेको उल्लेख गरेका छन । सिलिकन भ्यालीका राजकुमार मानिन थालिएका जुकरवर्गको नौ वर्ष लामो प्रेम सम्बन्ध बिबाहमा परिणत भएकै समयमा उनको प्रेम सम्बन्धकै उमेरको उनको सामाजिक वेब साईटको बारेमा यस किसिमको टिप्पणी गरीनुलाई एउटा संयोग मान्न सकिन्छ । भलै सामाजिक संञ्जाल वेब साईटको असुरक्षित प्रयोग सम्बन्ध बिच्छेदको एउटा कारण हुन सक्छ तर फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुले नजिकीयाएको सम्बन्ध विबाह सम्म पुगेको धेरै उधारण हाम्रै समाजमा पनि छ ।

अनलाईनहरुको खबरहरुले दिएको अमेरिकी तथा बेलायती नागरीकहरुको वैबाहीक सम्बन्ध सम्बन्धी नयाँ तथ्याङ्क लाई आधार मान्ने हो भने धेरैले फेसबुक प्रोफाईलमा आफ्नो रिलेशन स्टाटस "डिभोर्स" भनेर परिवर्तन गरीरहदाँ जुकबर्गले आफ्नो स्टाटस प्रेसिला चान सँग "म्यारिड"  भनेर अपडेट गरेका थिए । यहाँ रमाईलो कुरा त के छ भने हावा झै फैलिएका जुकरवर्गको बिबाहको खबरलाई उनकै फेसबुक पेजमा लाईक गर्नेहरुको संख्या आधा घण्टामै सवा एक लाख भन्दा बढी थियो अहिले सवा पन्ध्र लाख पुगेको छ । कमेन्ट गर्नेहरुको संख्य झण्डै आठ सय ।  यो चाही जुकरबर्गको फेसबुक पेजको कुरा भो । प्रेसिला को पेजमा पनि लगभग सतसठ्ठी हजारले लाईक गरेका छन ।

5/20/2012

ईन्टरनेट सेन्सरसीपको प्रभाव #internet #censorship

अमेरिकी संसदमा सोपा (स्टप अनलाईन प्राईभेसी एक्ट) पिपा (प्रोटेक्टेड आई पि एक्ट) किस्पा (साईबर ईन्टलीजेन्स एण्ड प्रोटेक्सन एक्ट)  कानुन बन्ने चर्चा भई रहदाँ मौन देखिएका अन्य देशहरुमा त्यस आशय कानुनहरुको प्रभाव बिस्तारै देखीन थालेको छ । भलै कुनै एक देशको कानुन अर्को देशको लागी बाध्यकारी  वा  त्यसै अनुसार लागु हुनै पर्ने हुदैन तर अन्तराष्ट्रीय जनसरोकार त्यस किसिमको कानुनको प्रभावक्षेत्र अकल्पनिय हुने गरेको देखीएको छ  । सोपा र पिपाको चर्चा भैरहदा अमेरिकामा मेगाअपलोड भन्ने फाईल सेयरिङ्ग साईट प्रतिबन्धीत भयो । भर्खरै बेलायतमा पाईरेटबे भन्ने टोरेन्ट फाईल सेयर गर्ने अर्को साईट बन्द भयो । चिनमा त गुगल मात्र हैन फेसबुक सम्म लाई पुर्ण वा आंशीक ब्लक गर्न खोजेको समाचार बारम्बार आई नै रहेको हुन्छ । एक हप्ता पनि भएको छैन भारतमा कोर्टको अर्डर भन्दै थप केही टोरेन्ट तथा फाईल सेयरिङ्ग साईट हरु  ब्लक गरीए । अनलाईन प्राईभेसी र कपिराईटको बारेमा मौन रहेका हामीहरु कहाँ समेत अदालतले निर्णय गरे अनुसार भन्दै ति साईटहरु ब्लक गरीए । भलौ त्यो अदालत भनेको नेपाल हैन भारतको अदालत थियो  । सोसल मिडीया प्रसिद्दी कमाएका ब्लगर आकार अनिल घिमिरेले आफ्नो ब्लगमा उल्लेख गरे अनुसार अहिले तपाई नेपाल टेलिकम, एनसेल, वल्डलिंक, वेवसर्फर को ईन्टरनेट प्रयोग गर्नु हुन्छ र आइसोहन्ट डट कम , पाइरेट वे डट ओआरजी, किकएसटोरेन्ट डट कम लगायतका टोरेन्ट साइटहरु तथा भिमियो  डट कम र डेलिमोसन डट कम जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन डट कम एक्समार्क्स डट कम आदी साईटहरु खुल्दैनन । यो भिन्दै कुरा हो कि तपाईले प्रयोग गर्नु भएको बेला सम्बन्धीत आई एस पीले अल्टरनेटीभ ब्याकअप सर्भर प्रयोग गरेको छ र त्यसले भारतिय आईएसपी को गेटवे प्रयोग गरेको छैन भने माथी उल्लेख गरेका साईटहरु खुल्न सक्छन ।

5/13/2012

लिनक्स अपरेटिङ्ग सिष्टम #Linux #OS

धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने माईक्रोसफ्टको विन्डोज एक्स पी, भिष्टा र विन्डोज सेभेन आदी जस्तै लिनक्स पनि एक प्रकारको अपरेटिङ्ग सिष्टम हो । यस अपरेटिङ्ग सिष्टमलाई हाल मोबाईल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर तथा उपकरणमा राख्ने गरेको पाईन्छ । विश्वका महत्वपुर्ण र ठुला डाटा प्रशोधन गर्ने भनिएका सुपरकम्प्युटर मा समेत यसै अपरेटिङ्ग सिस्टमको प्रयोग गर्ने गरीएको छ ।  अझ बर्तमान वेब होष्टीङ्गको बजारमा दश मध्ये लगभग नौ वटा वेब सर्भरहरुमा लिनक्स अपरेटिङ्ग ईन्सटल गर्ने गरीएको पाईएको छ । यस सफ्टवेयर निर्माणमा प्रयोग गरीएको सोर्सकोड निशुल्क रुपमा बितरण गरीने हुदाँ यसलाई  प्रयोगर्ताको आवश्यकता अनुसार दक्ष ब्यक्ती द्वरा समग्र प्रणाली नै परिमार्जन गर्न सकिन्छ । यस अपरेटिङ्ग सिष्टममा प्रयोग गर्न भनि कयौ एप्लीकेशनहरु समेत निर्माण गरिएको छ जसलाई समेत निशुल्क पाउन सकिन्छ तर यसो भन्दा लिनक्स अपरेटिङ्ग सिस्टममा प्रयोग हुने सबै सफ्टवेयरहरु  निशुल्क छन भन्ने हैन । विन्डोजमा जतिको मात्रामा निशुल्क सफ्टवेयर भेटिन्छन लिनक्स अपरेटिङ्ग सिष्टममा संचालन गर्ने भनेर त्यतीको संख्यामा पनि सप्टवेयरहरु खरिद गर्नु पर्दैन ।

5/12/2012

ट्वीटर र फेसबुकमा ब्लक #facebook #twitter #block

ट्वीटरमा ब्लक गरे के हुन्छ ?

ट्वीटरमा कसैलाई ब्लक गरे पछी तपाईले ब्लक गरेको ट्वीटर खातावालाको टाईमलाईनमा तपाईको कुनै ट्वीट देखीदैन । धेरै दिन सम्म तपाईको ट्वीट उसको टाईमलाईनमा नदेखीदाँ झुक्कीएर अनफलो पो भयो कि भनेर तपाईलाई फेरी फलो गर्न चाह्यो भने उसले तपाईलाई फलो गर्न सक्दैन । बरु ट्वीटरले तपाई द्वरा उसलाई ब्लक गरीएको छ भन्ने पपअप म्यासेज देखाई दिन्छ । उसले तपाईलाई रिफलो गर्नु अगी सम्म तपाईले उसलाई ब्लक गर्नु भएको कुरा उसले थाहा पाउदैन किन भने तपाईको पब्लीक प्रोफाईल हेर्न सक्छ र तपाईलाई मेन्सन गरेर ट्वीट गर्न सक्छ । यती सबै भई सक्दा पनि उसलाई ट्वीटले चाँही कुनै नोटिफिकेसन दिदैन । अँ पब्लीक प्रोफाईल पढ्न सक्छ भन्नाले उसको टाईमलाईनमा तपाईको ट्वीट पढ्न सक्छ भन्ने चाही हैन नि ! किन भने यसो गर्न सकिदैन भनेर मैले माथी नै भनि सके नि  :p

फेसबुकमा ब्लक गरे पछी के हुन्छ ?

फेसबुकमा कुनै (फेसबुक) फ्रेण्डलाई ब्लक गर्नुको मतलब उसको टाईमलाईनमा तपाईको स्टाटस अपडेट नदेखीनु हो । उसकोमा मात्र हैन तपाईको टाईमलाईनमा पनि उसको स्टाटस देखीदैन । फेसबुकमा कुनै फ्रेण्डलाई एक पटक ब्लक गरे पछी तपाई सँगको उसको सबै कनेक्सन टुट्छ । अर्थात तपाँई र उ बिचको म्युचुवल फ्रेण्डसिप नदेखीने मात्र हैन सर्च गर्दा पनि एक अर्काको नाम देखिदैन ।

ब्लक गरेको फेसबुक फ्रेण्डलाई अनब्लक गरे पनि तपाँई र उ बिचको कनेक्सन रिस्टोर हुदैन तपाईले फेरी उसलाई फ्रेण्ड रिक्वेश्ट पठाउनु पर्छ जसलाई उसले एसेप्ट गरे पछी मात्र टाईमलाईनमा देखीन थाल्छ ।

5/06/2012

गुगलमा सर्च गर्ने केही महत्वपुर्ण तरिकाहरु #google #search

गुगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी  सजिलै र छिट्टै पाउन सकिन्छ । जस्तो :
  1. कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा ‌+ अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun ‌+ Moon लेखेर सर्च गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ ।
  2. कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ ।
  3. ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा "" को प्रयोग गरिन्छ । जस्तो कि "the sun lights up the moon" लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा "the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ ।
  4. कुनै शब्द वा वाक्यलाई हटाएर सर्च गर्नु पर्दा घटाउ चिन्हको प्रयोग गर्नु पर्दछ ।  उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्स को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ।