हिजो कान्तिपुर टि भीमा समाचार हेर्दै थिए नेपालमा लोड सेडिङ्ग घटेको सम्बन्धी समाचार प्रशारण भईरहेको वेला दैनिकी डट कम को वेभ पेज देखा पर्यो । विदेशी टेलिभिजन च्यानलमा समाचार हेर्दा कुनै वेव साईट को हवाला दिदै त्यसको समाचारलाई ब्रेकिङ्ग न्युज सम्म भनी प्रसारण भएको देखिएकै हो तर नेपालमा त्यस्तो था' थिएन (मलाई)।
जानकारहरु भन्दछन कान्तिपुरले आफ्नो विषेश प्रकारको समाचार सकलन गर्ने सन्यन्त्र हुदाँ हुदै बाक्लो दाल खान भनि (उसकै) घर त्यागेर हिडेका पत्रकारहरु ले सञ्चालन गरेको वेव साईटलाई त्यत्रो महत्व दिनुले धेरै ठुलो अर्थ राख्दछ । अनलाईन प्रत्रकारितामा समाचार सम्प्रेषणको मामला मा पाठक र समाचार दुवैलाई लाई न्याय गर्न सफल नेपाली न्युज पोर्टलमा दैनिकी डट कम अन्य भन्दा फरक स्थान राख्दछ ।
वेव ले - आउट र डिजाईनमा मध्यम स्तरको मानिने दैनिकीमा अन्य न्युज पोर्टलको तुलमा ताजा र अन्य कतै प्रकाशन नभएको समाचार पढन पाईन्छ । दैनिकी को यहि विशेशताको कारणले यसले पुराना स्थापित न्युज पोर्टलहरुको स्थान हडप्ने विश्लेण आकलन गर्न थालिएको छ । र अन्य स्थापित न्युज पोर्टल आफ्नो स्थान सुरक्षित गर्नको आव्श्यक रणनिती तर्जुमा गर्न लागेका छन । सुन्नमा के आएको छ भने ई-कान्तीपुर ले आफ्नो वेव साईट रिडीजाईन गर्दै छ रे त्यो पनि नयाँ वेभ प्रोग्राम्मरहरुलाई छ अङ्कले वनेको मुल्य तिरेर ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।