Friday, January 1, 2010

ईन्टरनेटको भविष्य - १


नब्बेको दशक वाट शुरु भएको भनिएको ईन्टरनेट सन २०१० मा आईपुग्दा यसको भविष्यको वारेमा रमाईला कल्पना गर्न थालिएका छन । भोली के होला भनेर ठ्याक्कै मिलाउन त असम्भव नै छ तर पनि अनुमानको कुरा............
  1. आजभोली तपाई हामीले चलाउने वर्ड, एक्सेल जस्ता अफिस एप्लिकेशनलाई माईक्रोसफ्टले अनलाईन बनाई दिन्छ । तपाईले क्लिप आर्टमा पिक्चर सर्च गर्दा गुगल वा माईक्रोसफ्टकै कुनै "ईमेज सर्च ईन्जिन"  प्रयोग गरी रिजल्ट देखाई दिन्छ । यस्तो मा नयाँ भर्सनका माईक्रोसफ्ट एप्लिकेशन सस्ता त होलान तर पाईरेटेड चलाउन असम्भव नै होला । किन भने त्यतिखेर सफ्टवेयर अनलाईन ईन्सटल हुने छन (हिजो आज याहु म्यासेन्जर ईन्सटल गरे झै ) ।
  2. ईन्टरनेट एक्सप्लोर सिक्स त पुरै बन्द हुन्छ । मान्छेले यसलाई विर्सि सक्छन । यसलाई सम्झीरहने हरु पछुताउने छन किन भने Java Script HTML CSS लगायतका ल्याङ्गवेज यति अपग्रेडेड हुनेछन कि ति आई ई सिक्समा चल्ने छैन । यस्तोमा माईक्रो सफ्ट ले गुगल क्रोमलाई टारगेट गरेर नयाँ व्राउजर बनाउने छन । 
  3. गुगल ले त्यसपछी भ्वाईस सर्च गर्न थाल्ने छ । तपाई ईन्टरनेटमा रहेका सिनेमा को कुनै डायलग (वा त्यसलाई ईन्डिकेट गर्ने कि  वर्ड) सर्च गरेर भेट्नु हुनेछ । (गुगल ले यसको विटा सस्करण त ल्याई नै सक्यो नि । भविष्य त्यसकै अपग्रेडेड भर्सनको हो ।)  ।  के थाहा त्यतीखेर एप्पले बोलेर नै सर्च गर्न मिल्ने कुनै प्रविधि नै पो ल्याई दिने हो कि !
  4. वेवसाईट बनाएर होष्ट गर्ने काम सस्तो हुनेछ तर माईक्रोसफ्ट (विन्डोज) सर्भर लोप हुनेछन । त्यस्तोमा ASP जस्ता विन्डोज प्लेटफर्ममा चल्ने सर्भर साईट स्क्रीप्टको प्रयोग बन्द हुनेछ । PHP जस्ता लिनक्स प्लेटफर्ममा चल्ने सर्भर साईट स्क्रीप्ट को फ्रेमवर्कले बजार लिने छ ।
  5. एडोब फ्लास बाट बनेका बेव साईट मुस्किल ले भेटिने छन त्यसको सट्टा MooTools AJAX jQuery वाट बनेका एप्लिकेशनको तमासा हेर्न लायकको हुनेछ ।



  6. न्युज साईटहरु अनलाईन टिभीमा परिणत हुनेछन ।
  7. अहिलेका ल्यापटप कम्प्युटर डेक्सटप कम्प्युटर जस्ता हुनेछन । भविष्य PDA को नै हो । खासमा त ईन्टरनेट मोवाईल वाट सर्फ गरिनेछ ।
  8. डट कम डोमेन को अभावले कि यो जस्तै चर्चित कुनै  एक डोमेन एक्सटेन्सनको उदय हुनेछ वा अर्थ न वर्थका डोमेनको प्रयो वढ्ने छ । यस्तोमा सोसल नेटवर्किङ्ग साईट वा बुकमार्किङ्ग साईटको बजार वढ्ने छ ।
  9. तर नेपालमा .....

  10. मर्कन्टायल कम्युनिकेसनले डट एन पी डोमेन शशुल्क बनाउने छ । जुन अन्य TLD भन्दा धेरै महङ्गो हुनेछ ।
  11. निजी क्षेत्रवाट केही भो भने ठिकै छ नत्र NTC ले नेपालको ईन्टरनेट प्रयोग कर्ताको आवश्यकता पुरा गर्न सक्ने छैन । विश्व बजारको तुलनामा नेपालमा ईन्टरनेट महङ्गो हुनेछ जसवाट समाजको तल्लो तहको वर्गमा यसको पहुँच पुग्ने छैन । 
  12. नेपालका सरकारी कार्यलयमा सफ्टवेयरको खर्च वढ्ने छ । विश्व बैक जस्ता दातृ निकायको नेपाललाई ऋण दिने पहिलो शर्त "सरकारी काम काज कम्प्युटराईज हुनु पर्नेछ" भन्ने हुनेछ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।