नेपाल टेलिकमले सञ्चालन गरेको एडिएसएल इन्टरनेट जति चलायो त्यत्ति पैसा तिर्ने (लिमिटेड) सुविधा अब सबैले पाउने भएका छन् । टेलिकमले दूरसञ्चार प्राधिकरणसमक्ष प्रस्ताव गरेको लिमिटेड एडिएसएल सेवाको शुल्क प्राधिकरणले शुक्रबार स्वीकृत दिएको हो । शुल्कलाई दुई वटा सर्तसहित स्वीकृति दिइएको हो ।
न्यूनतम शुल्क ६ सय ६० रुपैयाँ तोकिएको छ । यो पैसाबाट ५ सय १२ केभिपिएसको गतिमा २ गिगावाइट डाटा डाउनलोड गर्न सकिन्छ । लिमिटेड एडिएसएल चलाउनेले डाउनलोड गरेको आधारमा पैसा बुझाउनुपर्छ । केही महिनाअघि नै लिमिटेड एडिएसएल ल्याउने घोषणा गरेको टेलिकमलाई शुल्क प्रस्ट पार्न गत महिना प्राधिकरणले भनेको थियो ।
'शुक्रबार टेलिकमले प्रस्ताव गरेको एडिएसएल सेवाको महसुल ससर्त पारित गरिएको छ,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने । उनले अहिले प्रदान गरिरहेको अनलिमिटेड सेवा भने बन्द गर्न नपाइने सर्त राखेको बताए । 'टेलिकमले लिमिटेड सेवा सञ्चालन भएपछि पनि अनलिमिटेड सेवालाई निरन्तर सञ्चालन गर्नुपर्छ,' उनले भने, 'ब्यालेन्सको पूर्वजानकारी गराउनुपर्छ ।'
टिप्पणी : नेपाल टेलिकमले ग्राहकलाई सुविभा दिन भन्दा पिन पैसा बढी कमाउन यो स्किम ल्याएको हो । हाल बिध्यमान अनलिमिटेड सेवा चालु राखेर पनि त्यस प्रति ग्राहकको बितृष्णा जागोस भनेर सेवा गुणस्तरियतामा पनि कमी ल्याईन सकिन्छ । त्यसैले यो अनलिमिटेड सेवा को गुणस्तरियता प्रति निश्चित गराईनु पर्छ ।
टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले प्राधिकरणले भनेको दुवै सर्त मानेर वैशाखभित्रै यो सेवा सुरु गर्ने बताए । 'केही प्राविधिक तयारीपछि हामी यसै महिना सुरु गर्छौं,' उनले भने । यसबाट तीव्र गतिमा कम डाटा डाउनलोड गर्न चाहनेले फाइदा लिन सक्ने उनको तर्क छ ।
टिप्पणी : टेलिकमले प्रति सेकेण्डमा मेगावाईटमा डाटा डाउनलोड को लोभ देखाएर ग्राहकबाट बढी पैसा उठाउन खोजेको देखिन्छ । भिडीयो स्ट्रमिङ्ग गर्न मिल्ने गरीको डाउनलोड अपलोड स्पिड दिनै लागेको हो भने नेटमा झुम्मीरहने ग्राहकहरु अब ईन्टरनेटमै भिडीयो हेरेर अल्मल्ली रहने सम्भावना प्रवल छ । यसले ग्राहकको ईन्टेरनेट कल्चलर लाई अन प्रोडक्टीभ त बनाउने नै छ यसको साथ साथै ईन्टरनेट बाट ज्ञान ज्ञुनका कुरा सिक्ने / पढ्ने प्रयोगकर्ताको बानिलाई निरुत्साहित पार्ने छ । टेलिकमको ब्यबशायिक स्थिरताको लागी यस किसिमको प्रोफेशनल प्लान जरुरी नै भएको ठानिएको भए पनि नेट बाट सिक्न चाहनेहरुलाई (एजुकेशनल परपोजको लागी) लक्ष्यित गरी कुनै प्याकेज ल्याईनु राम्रो हुन्थ्यो । उदारणको लागी अडियो र भिडीयो फाईल डाउनलोड गर्नै नमिल्ने गरीको सस्तो प्याकेज । यसको बाट एक किसिमका प्रयोग कर्ता बिना सँकोच र डर (बढी पैसा उठ्ने) ढुक्कले ईन्टरनेट बाट अनलाईन ट्युटोरियलका सामग्री डाउनलोड गर्न सक्थे । भिडीयो फाईल डाउनलोड नै नहुने भए पछी त्यस किसिमको गतिबिधी वाट टाढै रहन्थे ।लिमिटेडअन्तर्गत ५ सय १२ केबिपिएसको एडिएसएलबाट १० गिगावाइट डाटा डाउनलोड भए मासिक १ हजार ९ सय ७० रुपैयाँ शुल्क तिर्न टेलिकमले प्रस्ताव गरेको हो । १ एमबीको गतिमा २ गिगावाइट डाउनलोड गर्दा ७ सय ७० रुपैयाँ लाग्ने र १० गिगावाइट डाउनलोड भए २ हजार २ सय २८ रुपैयाँ लाग्नेछ । २ एमबी गतिको बाट २ गिगावाइटसम्म डाउनलोड भए ९ सय ४० रुपैयाँ र १० जिबी डाउनलोड भए २ हजार ७ सय ८० रुपैयाँ लाग्नेछ । थिकेका अनुसार यो सेवा पि्रपेड भएकाले लिएको सेवाको पैसा सकिएपछि पुनः रिचार्ज गर्नुपर्नेछ ।
टिप्पणी : अहिले म मेरो अफिसमा 256 KBPS र घरमा 128 KBPS को ईन्टरनेट चलाउछु । र जो सुकै सर्वसाधरणले बुझ्ने भाषामा भन्दा मेरो घरको ईन्टरनेट स्पिड भन्दा अफिसको ईन्टरनेट दोब्बर हुनु पर्ने हो तर डेढी पनि छैन । ग्राहको लाई NTC ले दिने ईन्टरनेटको स्पिड नाप्ने मापदण्ड प्रष्ट पारिनु पर्छ ।अहिले अनलिमिटेडमा १ सय २८ केबिपिएस गति भएको एडिएसलको मासिक शुल्क ९ सय रुपैयाँ
लाग्छ । अनलिमिटेडअन्तर्गत टेलिकमले घरायसी प्रयोजनका लागि हाल २ सय ५६ केबिपिएस क्षमताको एडिएसएल मासिक १४ सय रुपैयाँमा दिइरहेको छ ।
टेलिकमले दुई वर्षअघि यो सेवा सुरु गरेको थियो ।
टिप्पणी : टेलिकमको किताबमा २० जिल्ला होला तर ब्यबहारमा त्यस्तो छैन किन भने धरान सँगै धनकुटामा पनि ADSL बितरण गर्ने भनेर कान्तिपुरमा सुचना प्रकाशित भएको हो तर मैलै धरानमा ADSL चलाएको झण्डौ ६ महिना पुग्न लागी सक्यो धनकुटामा २०६७ को जेठ देखी सेवा (चालु हुन सक्छ) रे ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।