Sunday, December 28, 2014

नेपाल टेलिकमको ADSL इन्टरनेट सम्बन्धी केही जानकारी

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको ADSL इन्टरनेट सेवा आफैमा भरपर्दो छैन तर पनि कतिपय अवश्थामा सम्बन्धीत निकायले ग्राहकका गुनासो राम्रो सँग नसुनिदा ग्राहकलाई झनै हैरानी हुन्छ । सर्वसाधरणको जानकारिको लागी केही सुझावहरु प्रश्नोत्तरको रुपमा यहाँ दिईएको छ ।

ADSL भनेको के हो ?

ADSL (Asymmetric Digital Subscriber Line) PSTN टेलिफोन सेवा अन्तर्गत Copper wire मा आधारित इन्टरनेट सेवा हो । यसमार्फत एकैपटक इन्टरनेट र टेलिफोन (Data & Voice) सेवा उपभोग गर्न सकिन्छ । नेपाल टेलिकमले वि.सं. २०६५ साल बैशाख महिनादेखि काठमाडौं उपत्यकाबाट यो सेवा आरम्भ गरेको थियो । हाल यो सेवा नेपालका सबै जिल्लाहरुमा चालु रहेको बताईन्छ ।

नेपाल टेलिकमसँग हाल कस्ता कस्ता ADSL Package हरु छन ?

हाल कम्पनीले दइु पक्रारका प्याकजेबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

1) Volume based यो सेवा अन्तर्गत पहिल देखी नै निधार्रण गरिएका Data package खरिद गरी ताेकएको समयसम्म प्रयोग गर्न सकिन्छ । उक्त समयसम्म निश्चित गरिएको Data package पुरै उपभोग नभए पनि समय सकिए पछि सेवा स्वतः: समाप्त हुन्छ । Volume Based Package अन्तर्गत 512 kbps को क्षमतामा 15 GB डाटा प्रयोग गर्न सकिन्छ भने Data volume अनुसार 15 GB को कर बाहेक रु. १,९८०।–, 30 GB को रु. ३,१८०।– लाग्छ भने यसको अवधि ३ महिनासम्म कायम रहन्छ । उल्लिखित प्याकेजहरु २०७० बैशाखदेखी ३ महिना वा सो भन्दा बढी अवधिको प्याकेजकलो ग्राहक लिएमा सो बापत ग्राहकले खरिद गरेको डाटा को ४० प्रतिशत डाटा बोसन रूपमा उपलब्ध गराउँछ ।

2) Unlimited Monthly Plan : यो सेवा अन्तर्गत Home User ग्राहकले 192, 384, 512 Kbps तथा संस्थागत ग्राहकले अधिकतम २ Mbps क्षमता सम्मको सेवा खरिद गर्न सक्छ । तोकिएको मासिक महसुल भुक्तानी गरेपछि महिना दिन (३० दिन) सम्म सेवा प्रयोग गर्न सकिनेछ । यसमा Data Volume को कुनै सीमा तोकिएको छैन । यो सेवा बापत लाग्ने मासिक महसुलदर खरिद गरिएको Package अनुसार फरक–फरक रहेको छ । जसअनुसार 192 Kbps क्षमतामा मासिक कर बाहेक रु. ९००।– लाग्छ भने 384 Kbps र 512 Kbps क्षमतामा मासिक कर बाहेक क्रमश: रु. १,५००।– र रु. २७००।– लाग्छ । त्यसैगरी संस्थागत ग्राहकलाई 2 Mbps को मासिक शुल्क रु. ९,३००।– लाग्छ ।

ADSL सेवा लिन के गर्नुपर्छ ?

ग्राहकले सर्वप्रथम आफ्नो टेलिफोन लाइन लिएको कार्यलयमा ADSL सेवाको लागि निवेदन दिनुपर्छ । यसका लागी टेलिफोन जसको नाममा रहेको छ उक्त व्यक्तिले आफ्नो नागरिकताको फोटोकपि समेत उपलब्ध गराउनु पर्छ । फारम भरेर निवेदन दिईसकेपछि आवश्यक पोर्ट रहेछ भने छिटै नै यो सेवा उपलब्ध हुन्छ । यदि पोर्ट नभएमा प्राथमिकतामा राखी क्रमश सेवा उपलब्द गराईन्छ ।

ADSL सेवा सुचारु भैसकेपछी त्यसको Validity कसरी थापा पाउन सकिन्छ ?

मोबाइलको म्यासेज बक्समा गएर ADSL स्पेश अनि एरिया कोड सहितको ADSL टेलिफोन नम्बर राखी १४०० मा SMS गर्दा यसको Validity फेरिोद थाहा हुन्छ । जस्तै ADSL 015544333 लेखेर 1400 मा SMS पठाउन सकिन्छ ।

ADSL Router कसरी setting गर्न सकिन्छ ?

Router निर्माता कम्पनी अनुसार यसको setting पनि फरक हुन्छ । यसमा नेपाल टेलिकमले लिएको USername र Password प्रयोग गरी setting गर्न सकिन्छ । अन्य अनिवार्य सेटिङ्ग डिटेल्समा देहाय अनुसार हुन्छ । VPI => 8 VCI => 8 Channel Mode => PPoE

ADSL मा कस्ता समस्या आऊन सक्छन ?

ADSL मोडेम का कारण पनि ADSL मा विभिन्न प्रकारका समस्या आउछन । ती समस्या यस्ता हुन सक्छन् ।
DSL लिङ्कको LED नबल्ने
Splitter मा तार जोड्दा उल्टो जोडिने । धेरै जस्तो ग्राहकमा यो समस्या देखिन्छ । Splitter खो ओुतपुर मा २ वटा प्वाईन्ट मध्ये टेलिफोन जोड्ने प्वाईन्ट र ADSL जोड्ने प्वाईन्ट फरक हुन्छ । तार उल्लटो जोडीमा ADSL / DSL मोडेममा बत्ती बल्दैन ।
ग्राहकहरुले Splitter मा लेखिएको सङ्केत अनुसार ADSL र टेलिफोन जोड्नुपर्छ ।
ADSL Modem को Setting नमिलेमा पनि समस्या आउछ ।

ADSL मार्फत ईन्टरनेट नचलेमा के गर्ने ?

ADSL Modem र फोन जोड्ने तार Splitter तरिकाले जोडेको छ कि छैन , चेक गर्ने ।
ADSL सेवाको समायावधि सकिएको छ कि छैन जाँच गर्नु पर्छ ।
घरमा रहेको तार कुनै ठाँउमा नाङ्गो भाग छ कि हे्रनु पर्छ । नाङ्गो तारको कारणले पनि इन्टरनेट नचल्ने हुन सक्छ ।
केही गरी पनि इन्टरनेट नचलेमा 198 मा नम्बर डायल गरी ADSL कम्प्लेन गर्नु पर्दछ ।

ADSL कहिलेकाँही मात्र चल्ने वा बेला बेलामा डिस्कनेक्ट हुने समस्या के कारणले हुन्छ ?

प्राय निम्न कारणले यस्ता समस्या आउन सक्छ ।
घरमा ल्याएको मेन लाइनमा स्पीटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउनदा इन्टरनेट डिस्कनेक्ट हुन्छ ।
इन्टरनेट चलाउदा प्रयोग गरिने मोडेम को कारणलेल पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने मोडेम को गुणस्तरको कारण पनि समस्या हुन सक्दछ।
उपलब्ध बिध्युत लाइनमा भोल्टेज अति फल्चुएट हुने अर्थात् कम बढी भोल्टेज आउने र मोडेमको कमअसल एडेप्टरको कारणले राउटर आफै रिस्टार्ट हुन्छ र इन्टरनेट घरीघरी डिस्कनेक्ट हुन्छ ।

ADSL सम्बन्धमा थप केही गुनासो भए कहाँ सम्पर्क गर्ने?

थप जानकारीको लागी ADSL Maintenance Center को ०१ ४२४४४००, पुल्चोकस्थीत साझा भवन रहेको ADSL Support Center को ०१ ५०१००७२२ वा ५०१०७२६ मा सम्पर्क गर्न सकिन्छ । मोफसलको हकमा सम्बन्धित क्षेत्रको टेलिकम अफिसको ADSL शाखामा सम्पर्क गर्न सकिन्छ ।

नेपाल टेलिकमले प्रकाशन गर्ने न्युजलेटरमा आधारित सामग्री

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।