Friday, January 27, 2012

समाचार टिप्पणी : नेपाली वेबसाइट अमेरिका होस्टिङ #nagariknews

नागरीक दैनिक मा प्रकाशित यस लेखको शिर्षक देखी लेख पढी सक्दा लेखकलाई डट एन पी (.np) डोमेन भनेको नेपालको डोमेन डट कम (.com) भनेको अमेरिका डोमेन हो भन्ने भ्रम रहेछ भन्ने प्रष्ट हुन्छ । यस लेखलाई ध्यान दिए पढ्ने हो लेखकको बिषयबस्तु प्रतिको ज्ञान देखेर दया लाग्छ । लेखको बारेमा बिष्तृत टिप्पणी तल ईटालिक अक्षरमा दिएका छन ।

प्रधानमन्त्रीको निजी वेबसाइट 'बाबुराम भट्टराई डट कम' दिनको ८ सयदेखि १ हजार ५ सयले हेर्छन्। वेबसाइट व्यवस्थापन गर्दै आएका गोकुल श्रेष्ठका अनुसार भट्टराई प्रधानमन्त्री भएयता वेबसाइट हेर्नेहरूको संख्या ह्वात्तै बढेको छ।
तपाईंले पनि भट्टराईको निजी वेबसाइट हेर्नुभएकै होला। प्रत्येक चोटि क्लिक गर्दा महँगो डलर विदेशिएको हुन्छ।
बस्तुत: बेवसाईट को मुल्य प्रत्येक क्लीकको भरमा बढ्ने कदापी हैन । वेबसाईट धेरैले हेर्दा धेरै ब्याण्डविथ खपत हुन्छ त्यस मानेमा धेरै ब्याण्डविथ किन्नु पर्ने हुन्छ तर  ब्याण्डविथ (? वेबस्पेश) को ब्यपार प्रति क्लिकको आधारमा गरिने भने हैन । अझ कुन पेज (वा वेबसाईट) मा क्लिक गर्दा कति ब्याण्डविथ खर्च हुन्छ भन्ने कुरा पेजको कन्टेन मा पनि भर पर्दछ । प्रत्येक चोटी क्लिक गर्दा महङ्गो डलर विदेशिएको हुन्छ भनेर लेखकले पाठकलाई मिसगाईड गर्ने खोजेका छन ।

यो वेबसाइटको डोमेन विदेशमा दर्ता भएको छ। होस्टिङ पनि नेपाल बाहिरैबाट हुन्छ। कम्पनी खोल्न कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएजस्तै इन्टरनेट सञ्जालमा आबद्ध हुन डोमेन दर्ता गर्नुपर्छ ।
पुरा लेख पढ्दा लेखकले बिदेशमा दर्ता भएको डोमेन भन्नाले टप लेभल डोमेन (डट कम) र स्वदेशमा दर्ता भएको डोमेन भन्नाले कन्ट्रीकोड टप लेभल डोमेन (डट कम डट एनपी) भन्न खोजेको भने जस्तो लाग्छ  यसबाट लेखकलाई ICANN सम्बन्धी मात्र हैन डोमेन रजिष्ट्रारडोमेन रिसेलिङ्ग प्रक्रिया र यसको बजार प्रति ज्ञान नभएको प्रष्ट देखिन्छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वेवसाइट 'माधव नेपाल डट कम' पनि विदेशमै डोमेन दर्ता भएर उतैबाट होस्टिङ भएको साइट हो। नेपालभित्र साइट खोल्दा प्रयोग भएको ब्यान्डविथका आधारमा होस्टिङ गर्ने कम्पनीलाई पैसा जान्छ।
नेपालमा मात्र हैन बिश्वभरि नै जुनसुकै देशमा पनि डोमेन रजिष्ट्रेशन गर्ने काम भनेको कुनै डोमेन रजिष्ट्रार वा त्यसको रिसेलरले रिसेलिङ्ग गर्ने काम हो भन्ने ज्ञानको कमि देखिन्छ लेखकमा । त्यस्तै वेब होष्टीङ्ग कार्यमा ब्याण्डविथ महत्वपुर्ण कुरा भए पनि चलनचल्तीको  वेबहोष्टीङ्गको ब्यपारमा वेबस्पेश महत्वपुर्ण छ ।
के नेपालमा दर्ता हुँदैन?
नेपालमै वेबसाइटको डोमेन दर्ता र होस्टिङ सुरु भएको धेरै भइसक्यो ।
नेपालको कन्ट्रीकोड टप लेभल छोडेर नेपाल बाट दर्ता गरीएका डोमेन दर्ता फगत डोमेन रजिष्ट्रेशनको मार्केटमा फगत 'रिसेलिङ्ग' हो भन्ने कुरा लेखकले बुझे जस्तो देखीन्न । नेपालमा जेनेरिक टपलेभल डोमेनका रजिष्ट्रार छैनन डोमेन रिसेलर मात्र छन (यस बारे बुझ्न आधिकारिक निकायको लिष्ट यहाँ हेर्नुहोस ।) नेपालबाट होष्टिङ्ग अधिकाँशले बिदेशकै सर्भर प्रयोग गर्ने र नेपालबाट वेब स्पेश रिसेलिङ्ग गर्ने मात्र हो ।
तर, अझै अधिकांश वेबसाइटले यी दुवै काम विदेशबाटै गराइरहेका छन्। प्रधानमन्त्री भट्टराई र पूर्वप्रधानमन्त्री नेपाल यसका उदाहरण हुन्।

मर्कन्टाइल कम्युनिकेसनले नेपालमै वेवसाइट दर्ता गर्न थालेको ११ वर्ष भयो। डट एनपीका लागि अन्तर्राष्ट्रिय निकायबाट नेपालमा डोमेन दर्ता गर्ने स्वीकृति पाएको एउटैमात्र निकाय यही हो। डट एनपी डोमेन दर्ता गर्न एक पैसा शुल्क लाग्दैन। विदेशमा दर्ता गर्न शुल्क तिर्नुपर्छ ।
लेखकले कन्ट्रीकोड जेनेरिक टप लेभल डोमेन र टप लेभल डोमेनको फरक बुझेका रहेनछन । मर्कान्टायल ले फगत कन्ट्रीकोड डोमेन दर्ता गरी दिन्छ र कन्ट्रीकोड दर्ता गरे जस्तो गरी निशुल्क टपलेभल डोमेन दर्ता गर्दै गर्दैन । नेपालमा डोमेन रजिष्ट्रेशन गर्ने भनेर डट एन पी को कुरा निकाल्दा लेखकले सबै गोरो छाला भएकाहरु अमेरिकन नै हुन भन्न खोजेको जस्तो (भनेको) भान हुन्छ :P  
मर्कन्टाइल कम्युनिकेसनका वेब सर्भिस इन्चार्ज सुरज अधिकारीका अनुसार अहिलेसम्म २७ हजार ६ सय १२ वेब डोमेन दर्ता भइसकेका छन्। सबभन्दा बढी डटकम डट एनपी साइट दर्ता भएका छन्। डोमेनमा पछिल्लो अक्षर 'एनपी' भएका साइटहरू सबै मर्कन्टाइलमै दर्ता भएका हुन्।
महत्वपुर्ण कुरा भनेको मर्कन्टायले डट एनपी रजिष्टर गरी दिने मात्र हो । यो एक स्पोन्सरीङ्ग अर्गनाईजेशन मात्र हो। 
नेपालमै दर्ता भएर यहीँ होस्टिङ हुने साइट हेर्दा विदेशसम्मको ब्यान्डविथ खपत हुँदैन। ब्यान्डविथ भनेको इन्टरनेटको राजमार्ग हो, जहाँबाट डाटा आदानप्रदान हुन्छ। विदेशमा डोमेन दर्ता भए पनि यहीँ होस्टिङ भएका साइटहरू भिजिट गर्दा ब्यान्डविथ बचाउन सकिन्छ। यसतर्फ नेपालमा चासो बढेको छैन ।
समाचारदाता लाई डेडिकेटेड वेब सर्भर र यसको सञ्चालन गर्ने तरिका बारे ज्ञान भएको भए यति सारो लाज लाग्ने बाक्य लेख्दैन थिए कि ?
मिडिया चौतारीका निर्देशक प्रविण सुवेदीका अनुसार वर्तमान प्रधानमन्त्री भट्टराई र पूर्व प्रधानमन्त्री नेपाल दुवैका वेवसाइट अमेरिकाको गोड्याडी सर्भरमा होस्टिङ गरिएका छन्। नेपालका धेरैजसो वेवसाइट यही सर्भरमा छन्।
नेपालका अधिकाशं वेभ साईट द प्लानेटमा होष्ट गरीएका छन । (यस सम्बन्धमा मेरो खोज यहाँ हेर्नुहोस ।)
सुवेदीका अनुसार सेयरिङ होस्टेज सस्तो पर्छ। मासिक ५ देखि १० डलरमा होस्टिङ हुन्छ। भिजिटर बढ्दै गएको अवस्थामा भने 'डेडिकेटेड' सेवा लिनुपर्छ। डेडिकेटेड होस्टिङ निकै महँगो पर्छ। गुगलले नेपालमा क्याचे सर्भर राखेपछि एक जिबी ब्यान्डविथ बचत भएको छ।


नेपालमा वेव होस्टिङको काम गर्ने दर्जनौं कम्पनी छन्। तैपनि नेता, सरकारी र गैरसरकारी निकायका वेवसाइट विदेशमै दर्ता हुन्छन्, त्यहीँबाट वेव होस्टिङ हुन्छन्। 'विदेशमा होस्टिङ गर्नुको फाइदा सस्तो भए पनि सुरक्षा दृष्टिले जोखिमपूर्ण छ,' सुवेदीले भने। डाटा नष्ट भएको अवस्थामा यहाँदेखि मुद्दा लड्न अमेरिका जाने, केस फाइल गर्ने क्षमता नहुने भएकाले समस्या हुनसक्छ।
सर्भरको सञ्चालन प्रक्रिया बारे अनुसन्धान गरेर लेख तयार पारेको भए लेख पढी सके पछी यति सारो कुतुकुती लाग्दैन थियो कि । र डेडीकेटेड सर्भर हुने हरुले मिरर सर्भर राखेका हुन्छ । नेपाल कै कतिपय बैकंहरुको वेबसाईट होष्ट गर्ने नेपालका आई एस पीहरुले नेपालमा मिरर सर्भर नेपालमा राखेर अर्को सर्भरको ब्याबश्थापन राम्रो सँग गर्ने बिदेशको कम्पनीमा राखेका छन भन्ने थाहा भयो भने यस लेखका लेखकले के भन्दा हुन कुन्नी ? 
माथीको अनलाईन सस्करण
माथी दिएको समाचारको मुल लेख