Friday, March 5, 2010

आफ्नो कम्प्युटरमा कुनै पनि साईट ब्लक गर्ने तरिका

यदी तपाईको आफ्नो कम्प्युटरमा कोही आएर दिक्क लाग्ने गरी घण्टौ एउटौ साईटमा अलमलि रहन्छ  र तपाँई त्यसलाई हटाउन चाहनु हुन्छ वा नियतवस  (कुनै) कम्प्युटरमा ( कुनै  ) साईट नखुलोस भन्ने चाहनु हुन्छ भने आफ्नो कम्प्युटरको होष्ट फाईल मोडीफाई गरी दिनुहोस । टन्टै साफ ! यसो गर्नलाई कुनै ठुलो ज्ञानको जरुरत पर्दैन । दिए अनुसार गर्नुहोस ।
  • C:\Windows\System32\Drivers\etc भन्ने फोल्डरमा पुग्नुहोस ।
  • त्यहाँ hosts भन्ने फाईल हुनु पर्छ त्यसलाई openwith गरेर नोटप्याडमा खोल्नुहोस ।
  • 127.0.0.1 localhost लेखेको ठिक्क मुनी 127.0.0.1 लेखेर आफुले ब्लक गर्न चाहेको साईटको ठेगाना लेख्नुहोस । (e.g. www.domain.com)
  • अब त्यहाँ यस्तो लेखेको देख्न सक्नु हुन्छ ।
    127.0.0.1 localhost
    127.0.0.1 www.domain.com
    यदी यस्तो लेखेको देख्न भो भने सम्झीनुस भयो । अब यसलाई सेभ गर्नुहोस ।
अब तपाईको कम्प्युटरलाई रिस्टार्ट गर्नुहोस । www.domain.com (भन्नाले तपाईले ब्लक गर्न चाहनु भएको साईट) भन्ने (साईट) तपाईकोमा कहिले खुल्दैन ।

    No comments:

    Post a Comment

    तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।